Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

खानाका पारखी मेसी फिल्म हेर्दैनन्

\"mesii-750\"काठमाडौं, १२ असोज । कोपा अमेरिकामा आफ्नो टिम अर्जेन्टिनालाई फाइनलमा जिताउन असफल भएपछि फुटबल स्टार लियोनल मेसीले तत्कालै सन्यासको घोषणा गरे । तर, उनको यो घोषणा लामो समयसम्म टिकेन । अर्जेन्टिनाका राष्ट्रपतिदेखि प्रशंसकको आवाज सुन्दै उनले अहिले सन्यासको घोषणा फिर्ता लिइसकेका छन् । यसलाई मेसीको अस्थिरता पनि भन्ने गरिएको छ । तर, मेसी खानपिनको च्वाइसमा भने बाल्यकालदेखि नै स्थिर छन् । उनी सानैदेखि गुलियो भनेपछि हुरुक्क हुन्थे । गुलियोप्रतिको उनको मोहलाई कोचले उपयोग गर्ने गर्थे । मेसीले हरेक गोलबापत कोचले उनलाई प्रोत्साहनस्वरूप चिनी प्रशस्त मिसाइएको बिस्कुट दिने गर्थे । राम्रो खेल्ने लालसामा गुलियो बिस्कुटको आकर्षण थपिएपछि मेसी पनि गोल गर्न मरिमेटेर लागिपर्ने गर्थे । उनी खानाका पारखी पनि हुन् । उनको सबैभन्दा मन पर्ने परिकार बोनलेस मिटबाट बन्ने इस्केलोप मिलानिज नाम गरेको अर्जेन्टिनामा प्रचलित परिकार हो । मेसी सानो छँदा उनकी आमाले हप्तामा दुई अथवा तीनपटक सो परिकार बनाउनै पथ्र्यो । मेसी ठूलो भएपछि पनि मन परेको खाना खान मरिमेट्थे । खानपानमा परहेज नअपनाउने उनको स्वभावमा अंकुश लगाउन कोचलाई हम्मेहम्मे पर्ने गथ्र्यो । सागपात र सलाद भने मेसीको रोजाइमा हत्तपत्त पर्दैन थियो । तर, खानाका पारखी मेसी किताब पढ्न र फिल्म हेर्न त्यति रुचाउँदैनन् । उनले अत्यन्तै कम किताब पढेका छन् । उनको सबैभन्दा मनपर्ने किताब ‘एल मार्टिन फिरो’ नामक कवितासंग्रह हो, जसलाई अर्जेन्टिनाको ‘मुनामदन’ भन्दा हुन्छ । यो किताब विद्यालयस्तरको पाठ्यक्रममा समेत समावेश छ । अर्जेन्टिनामा फुटबलर म्याराडोनाको आत्मवृत्तान्त पनि बढी बिक्री हुने किताबमा पर्छ । अझ अर्जेन्टिनी फुटबलरले त म्याराडोनाको आत्मवृत्तान्तलाई ठूलो श्रद्धा र उत्साहका साथ पढ्ने गर्छन् । तर, मेसीले जति गर्दा पनि म्याराडोनाको किताब पढ्न सकेनन् । फिल्म हेर्न बस्दा कथा थोरै घुमाउरो हुनासाथ टिभी बन्द गरिहाल्छन्, मेसी । ‘लस्ट’ र ‘प्रिजन ब्रेक’ फिल्म उनले कहिल्यै पूरै हेर्न सकेनन् । यद्यपि, उनले ‘एल हिजो डी ला नोभिया’ फिल्म निक्कै ध्यान दिएर हेरे । ‘त्यो फिल्मले मलाई मोहित बनायो, किनकि त्यसकी नारी पात्रले मलाई मेरी हजुरआमाको स्मरण दिलाएकी थिइन्,’ एक अवसरमा उनले भनेका थिए । फुर्सदमा फुटबल हेरेर उनले समय काट्ने गरेका छन् । केही काम नभएको वेला टिभी हेर्नु, पढ्नु अथवा गीत सुन्नुको सट्टा उनी सुत्न रुचाउँछन् । –नयाँ पत्रिका दैनिकबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending