Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

गाउँकै दिदीले सभामुख बनेर देश चलाउँदा आफूलाई घर चलाउनै गाह्रो

\"Onsari-Gharti-Magar-750\"रोल्पा, ११ असोज । “गाउँकै दिदी ओनसरी घर्तीमगरले व्यवस्थापिका–संसद्को सभामुख बनेर देशको जिम्मेवारी सम्हालीरहँदा आफूलाई घर चलाउनै गाह्रो छ” जङ्कोट–१ माडीचौर रोल्पाकी रसिला केसीले भनिन् । कक्षा ६ उत्तीर्ण भएसँगै १६ वर्षको कलिलो उमेरमा वैवाहिक बन्धनमा बाँधिएकी केसीलाई आजभोलि अध्ययन बीचमै रोकिएकोमा निकै ठूलो पछुतो परेको छ । ओनसरी दिदीले जस्तै देश चलाउन नसके पनि पढेको भए जागिर खाएर आफ्नो खुट्टामा उभिने थिएँ, उनले भनिन् । त्यतिबेला बालविवाहको बारेमा केही पनि नबुझेको बताउने केसीले ह्वामा–१ कर्तम, रोल्पाका १६ वर्षकै विक्रम केसीसँग आजभन्दा करिब चार वर्ष पहिले प्रेम विवाह गरेकी थिइन । भने १७ वर्षको उमेरमा उनी आमा बनिसकेकी थिइन । हाल केसीको परिवार बसाइँसराइ गरेर जङ्कोट–१ माडीचौर, रोल्पामा बस्दै आएको छ । घरपरिवार र श्रीमानाबाट बराबर माया पाउँदै आएको भएपनि विवाह भएको एक वर्षभित्रै आमा बन्नुपर्दा उनको अध्ययन बीचमै रोकिएको हो । “पढ्ने चाहना भएर के गर्नु बच्चा गर्भमा भएपछि स्कुल जान गाह्रो भयो । चाहेर पनि स्कुल जान सकिएन । घरपरिवारले मेरो पढाइका बारेमा सधैँ चिन्ता गथ्र्यो, तरपनि आमा भएपछि जिम्मेवारी थपिएको महसुस हुँदोरहेछ । साथीहरुका अगाडि किताब बोकेर स्कुल जान लाज लाग्यो, अनि पढाइ बीचमै रोक्न बाध्य भएँ,” केसीले भनिन् । साथीहरु किताब बोकेर स्कुल जाँदै गर्दा केसी आमा बनेर बच्चाको स्याहार सुसारमै ब्यस्त बन्नुपरेको छ, हिजोआज । उनलाई पढेर डाक्टर बन्ने रहर थियो, तर सपना सपनामै सीमित रह्यो । हतारमा विवाह बन्धनमा बाँधिएकी केसीलाई फर्सदमा पछुतो परेको छ । “मसँग सबैकुरा छ । आमाबुबा जत्तिकै माया गर्ने सासूससुरा हुनुहुन्छ । आवश्यकता अनुसार खर्च पनि गरेकै छु । श्रीमान्को मायामा पनि कमी आएको छैन, तर आफ्नो खुट्टामा उभिन सकिएन, त्यसमै चिन्ता लाग्छ,” उनले भनिन् । उनका अनुसार चार वर्षको बीचमा जिल्लामा धेरै परिवर्तन आइसकेको छ । त्यतिबेला गाउँमा बालविवाहको बारेमा कसैलाई कुनै किसिमको जानकारी थिएन । यस विषयमा चर्चा पनि चल्दैनथ्यो । तर अहिले हरेक दिन रेडियोले बालविवाहका बारेमा केही न केही बोलिरहेको हुन्छ, पत्रपत्रिकामा पनि बालविवाहका कुरा पढ्न पाइन्छ । “अब त बालविवाह गरे कानुन लाग्छ भन्ने विषयमा पनि बुझेकी छु । बीस वर्षपछि अध्ययन पूरा गरेर विवाह गरे आफ्नो खुट्टामा उभिन सकिन्छ । त्यसैले पछिल्लो पुस्ताका सबैलाई विवाहका बारेमा हतार नगर्न अनुरोध गर्छु”, केसीले भनिन् । जिल्लामा बाल विवाह न्यूनीकरणका लागि अभियान थालिएसँगै पछिल्ला दिनमा बालविवाह न्यूनीकरणमा केही कमी आउँछ कि भन्ने अभिभावकले आशा सङ्गालेको बताएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending