Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

विद्यालयका हेडसर पार्टीका अध्यक्ष !

\"Teacher\" गुल्मी, १० असोज । विद्यालयमा मात्र होइन, कलेजहरुमा पनि राजनीतिले गर्दा विद्यार्थीहरुको पढाइमा असर परेको भन्दै विद्यार्थीलाई राजनीतिबाट टाढा राख्नुपर्ने बहस चलिरहेको छ । तर विद्यार्थीका गुरुहरु भने पठनपाठन भन्दा बढी राजीति गर्छन् । गुल्मीको पराल्मीस्थित त्रिभुवन माध्यमिक बिद्यालय अध्यापन गराउने शिक्षक खिमवहादुर रजाली पराल्मी नेपाली कागे्रस गाउँ कमिटीका पार्टी सभापति छन् । गाविस सचिवका अनुसार उनी सर्वदलीय वैठकमा पार्टीको तर्फवाट उपस्थित हुने गर्छन् । रजाली मात्र होइन, यस्ता धेरै धेरै शिक्षकहरु छन्, जो गाउँमा पार्टीको जिम्मेवार पदमा छन् । कोरेङ निम्न माध्यमिक बिद्यालय खड्गकोटका प्रधानाध्यापक कबिराज ढकाल पनि नेकपा एमाले खड्गकोटका गाउँ कमिटीका अध्यक्ष छन् । विद्यालयका प्रधानाध्यापक र एमाले गाउँ कमिटीका अध्यक्षको रुपमा सर्वदलीय बैठकहरुमा ढकालको उपस्थित हुनेगरेको खड्गकोट गाबिस कार्यलयले जनाएको छ । उता नेकपा माओवादी केन्द्रको सर्वदलीय वैठकमा जाने र गाउँमा खुलेरै राजनीति गछन्, त्रिभुवन माध्यमिक विद्यालय मुसिकोटमा निम्नमाध्यमिक तहमा अग्रेजी विषयका शिक्षक सुुरेन्द्र न्यौपाने । विद्यार्थीलाई राजनीतिबाट मुक्त गर्नुपर्छ भनिरहँदा शिक्षकहरु नै पार्टीको जिम्मेवार तहमा बसेर राजनीतिक गरिरहेका छन् । यता जिल्ला शिक्षा कार्यलय गुल्मीका जिल्ला शिक्षा अधिकारी मित्रमणि खनालले भने विद्यालयमा शिक्षकहरुले राजनीति गर्न नपाउने कानुनी प्राबधान रहेकोले कतै त्यस्तो पाईएमा कानुन अनुसारको कारवाही हुने वताउँछन् । अव यी शिक्षकहरुलाई के गर्नुहुन्छ त भन्ने प्रश्नमा खनालले भने, ‘यस्तो भएको प्रमाण भएमा उक्त शिक्षकहरुलाई अवकासका लागि क्षेत्रमा सिफारिस गर्ने र बिभागीय कारवाही हुन्छ ।’ यस बिषयमा जिल्ला शिक्षा समितिका संयोजक एवम् स्थानिय बिकास अधिकारी डिलाराम पन्थीले भने शिक्षकहरुले राजनीति गर्न पाउने कानुनमा नै नभएकाले त्यस्तो पाईएमा कानुन अनुसार उनीहरुलाई सेवावाट बर्खास्त गर्न सक्ने प्रावधान रहेकाले कानुनअनुसार अगाडी वढ्ने बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending