Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

माओवादी केन्द्र रसुवाको अध्यक्षमा जगतजंग

रसुवा, ९ असोज । नेकपा (माओवादी केन्द्र) रसुवाको पाँचौ जिल्ला सम्मेलनले इन्द्र गौतम ‘जगतजंग’को अध्यक्षतामा ७५ सदस्यीय जिल्ला समिति निर्बिरोध चयन गरेको छ । दुई दिनसम्म चलेको बन्द—सत्रले कार्य समितिको बरिस्ठ उपाध्यक्षमा माधब लामिछाने ‘समिर’, उपाध्यक्षमा पासांग थोक्रा र उद्धब रिजाल, सचिबमा फुर्बा तेन्जेन तामांग , सह—सचिबमा भगबती न्यौपाने र कोषध्यक्षमा निमावाङ्गदि तामांग निर्वाचित गरेको छ । नव–निर्वाचित अध्यक्ष इन्द्र गौतम ‘जगतजंग’ ले रसुवा जिल्लालाई आर्थिक रुपले सम्बृद्ध बनाउने कामको नेतृत्व अब माओबादीले गर्ने बताएका छन् । असोज ७ र ८ गते सदरमुकाम धुन्चेमा सम्पन्न (माओवादी केन्द्र) रसुवाको पाँचौ जिल्ला सम्मेलनको बन्द—सत्रमाप्रतिनिधि र पर्यवेक्षकहरुलाई सम्बोधन गर्दै उनले प्राकृतिक स्रोत र साधनमा स्थानीय जनताको पहुँचलाई बढाउन माओवादी पार्टीले बिगतमा ठुला ठुलाआन्दोलनहरु गरेको स्मरण गराउदै उनले अब गाउपालिकाहरु बनाउँदा पहिचान र सामर्थ्यका आधारहरुलाई आत्मसात गर्दै त्यसैको जगमा टेकेर सम्बृद्ध रसुवा निर्माण गर्ने बताए । उनले चिलिमे जलबिद्युत कम्पनीको १० प्रतिसत सेयर स्थानीय जनतालाई दिलाउने कामको नेतृत्व पनि माओवादीले नै गरेको र त्यसैकाकारण अहिले राज्यले नीति गततहमै १० प्रतिसत जलबिधुतको सेयर स्थानीय जनतालाई दिने निर्णय गर्न बाध्य भएको जानकारी दिए । त्यस्तै, उनले रसुवाजिल्लामा रहेकाअथाहजल भण्डार, जडिबुटी , बनसम्पदा , रसुवागढी नाका लगायतमा स्थानीय जनताको पहुँचलाई बिस्तार गरि त्यहाका जनतालाई आर्थिक रुपले शक्तिशाली बनाउनु पर्ने र त्यसका लागि सहि राजनीतिक कार्यदिशा सहितको सक्षम नेतृत्व हुनुपर्ने बताए । बन्द—सत्रमा इन्द्र गौतम ‘जगतजंग’ ले प्रस्तुत गरेको राजनीतक प्रतिबेदन , माधब लामिछाने ‘समिर’ र मेघनाथ घिमिरे ‘प्रभाकर’ ले प्रस्तुत गरेको खर्च विवरण र इन्द्र गौतमले प्रस्तुत गरेको आम्दानी विवरण सर्बसम्मतिले पारित गरेको थियो । मधेसी जनजाति लगायत संविधानप्रति असन्तुस्टहरुको जायज मागलाई सम्बोधनगरि संविधानको कार्यन्वयन गरिनु पर्ने, सहिद र बेपत्ता परिवारलाई दिने भनिएको १० लाख मध्येको बाँकि राहत तत्काल उपलब्ध गराउनु पर्ने , राज्यद्वारा बेपत्ता पारिएका रसुावाका नरेन्द्र तामांगलगायत देसै भरिका बेपत्ताहरुको अबस्था सार्बजनिक गरिनु पर्ने , पासांगल्हामु सडकको स्तर उन्नतिगरिनु पर्ने लगायतका प्रस्ताबहरु पारित गरिएको अध्यक्ष गौतमले बन्द—सत्र पछी आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending