Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

सपनाबाट ब्युँझेपछि तरबार फ्याँके काजीबाले....

\"dream\"काठमाडौँ, ९ असोज । दसैं भन्ने भन्ने बित्तिकै हामी प्राय: पंक्षीको काटमार सम्झन्छौँ । खसीबोका, राँगाभैंसी , कुखुरा, हाँसलगायत प्राणीको बध र त्यसबाट प्राप्त मासुलाई उत्सव–प्रसादका रुपमा लिनेको सङ्ख्या नेपाली समाजमा धेरै छ तर शास्त्रहरूले निहत्था र कमजोर पशुपक्षीको हत्याबाट प्राप्त हुने कुरालाई उपयोग गर्न निषेध गरेको छ । वेद र उपनिषद्का दर्जनौँ पङ्क्तिले हिंसालाई निषेध गरेका छन् । तर पनि धर्म र संस्कारका नाममा हिन्दू मात्र होइन, संसारका प्रायः सबै धर्म÷सम्प्रदायले हिंसा र हिंसाबाट प्राप्त हुने भोजनलाई आफ्ना पर्व र संस्कारको अङ्ग बनाएका छन् । मासु र पशुबधको सन्दर्भ जोडिएको दसैं पर्व आउनै लाग्दा राजधानीको थिएटर मल ९काठमाडौँ मल, सुन्धारा०मा त्यस्तै प्रेम, पशुहिंसा र संस्कारको सन्दर्भ जोडिएको नाटक प्रस्तुत भयो शनिबार । दुर्गा दाहालको कथा र परिकल्पनामा रचिएको यो नाटकका निर्देशक हुन् अजय अधिकारी सुशील । दसैँको सन्दर्भ पारेर मात्र एक दिनका लागि मञ्चन गरिएको नाटक शनिबार दुई सो चलाइएको थियो । एकै दिन मात्र प्रदर्शन भएका कारण होला, कतिपय दर्शक टिकट नपाएर घर फर्केका थिए । कथा सामान्य छ, गाउँमा एक सज्जन र सम्पन्न काजीबा छन् । उनी आफ्नो छुकछुके नातिसँग गफिन र खेल्न मन पराउँछन् । कसैको दुःख देख्न चाहँदैनन् । तर उनलाई काटमारको भने खुब सोख छ । उनी आफ्नो अति नै प्यारो नातिसँग तरबारमा धार लगाउनसमेत आफैँ आरन पुग्छन् । तर एक रात काजीबा डरलाग्दो सपना देख्छन् । उनी यमराजको द्वारमा लगिएका हुन्छन् । यमराजको द्वारमा पहिले बलि दिएका र हत्या गरिएका प्राणीसमेत हुन्छन् र काजीबाले आफूहरुको हत्या गरेकाले काजीलाई उचित सजाय दिन भन्दै यमराजसँग जनावरले माग गर्छन् । तर काजीबाले आफ्नो जीवनकालमा सत्कर्म र सेवासमेत गरेकाले यमराज उनलाई तत्काल कठोर सजाय दिनु उचित ठान्दैनन् र उनलाई बाख्राकै पाठो बनाएर काजीबाकै घरमा जन्म दिने निर्णय गरिन्छ । काजीबा आफ्नो नातिसँग पाठोकै रुपमा मात्र भए पनि भेट्न पाइने भयो भन्दै रमाउँछन् । बाख्राको पाठो बनेर आफ्नै घरमा जन्मेपछि काजीबा अब आफ्नो नातिसँग रमाउँदै खेल्छन् । उनलाई त्यसमा बडो आनन्द आउँछ । बडादसैँको महाष्टमीको दिन आउँछ र बोकाको रुपमा जन्मेका काजीबालाई उनका आफ्नै छोराले मार हान्न तयार हुन्छन् । यो देखेर काजीबा आत्तिन्छन् र ‘मलाई नमार– नमार’ भन्दै कराउँछन् । ओछ्यानमा सुतेका काजीबा नमार नमार भनेर बर्बराएपछि घरमा कोहोलो मच्चिन्छ । अल्लिबेर श्रीमती र बुहारीले चिच्याएर बोलाएपछि मात्र काजीबा ब्युँझन्छन् र आफूले देखेको अचम्मलाग्दो सपनाको व्याख्या गर्छन् । नाटकलाई बिट मार्दै काजीबा बोल्छन् ‘हतियारप्रतिको मेरो मोह, हिंसाप्रतिको मेरो रुचि अनावश्यक रहेछ । उस्तै माया, दया र प्रेमका भोका प्राणीलाई मारेर हामी गल्ती गर्दैछौँ ।’ यसो भन्दै काजीबा सिरानमा राखिएको तरबार फ्याँकिदिन्छन र उद्घोष गर्छन्, “हे जगतजननी दुर्गा, यो जगत्का तिम्रा सबै सन्ततिलाई उत्तिकै प्रेम, करुणा र दयाको भाव जगाइदेऊ । म तिमीले नै सिर्जना गरेका निमुखा प्राणीलाई मारेर कहिल्यै खान्न । म मासु अबदेखि खान्न ।” हल र व्यवस्थापनको चुनौती रहेकाले नाटक एक सो मात्र चलाइएको तर सम्भव भएसम्म दसैँअघि अरू केही सो समेत चलाउन सकिने नाटकका परिकल्पनाकार दुर्गा दाहालले बताएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending