Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

यी हुन्, संविधान संशोधनका जटिलता

\"Map-sanghiyata1\"काठमाडौं, ९ असोज । संविधान सर्वस्वीकार्य बनाउनेतिर एमाले नेतृत्व नलागेको आरोप लगाउँदै सरकार परिवर्तन गरिएको झण्डै दुई महिना भएको छ । कांग्रेस–माओवादी गठबन्धनमा नयाँ सरकार गठन गरिएपछि संविधानप्रति मुख्यरुपमा असन्तुष्ट देखिएको मधेसी मोर्चासँग तीन बुँदे महत्वपूर्ण सम्झौता भयो । तीन बुँदेको पहिलो बुँदामा नै मधेसी मोर्चाको माग पूरा गर्ने उल्लेख छ । मोर्चाले भने संविधान जारी हुनुअघि नै सीमांकनमा असन्तुष्टी जनाएको छ । प्रदेशको सीमांकनमै असन्तुष्ट जनाएको मोर्चाले सहमतिका लागि २६ बुँदे मागसहितको आफ्नो अवधारणा अघि सार्दै आएको छ । संविधान जारी हुनुअघि प्रमुख तीन दलकै सहमतिमा ६ प्रदेश कायम गरिएपछि थारु, मधेसी तथा अखण्ड पक्षधरको आन्दोलन एक्कासी उठेको थियो । आन्दोलन मत्थर पार्न त्यसलाई संशोधन गर्दै ७ प्रदेश कायम गरियो । सात प्रदेश कामय गरिएपछि अखण्ड पक्षधरको आन्दोलन रोकिए पनि मधेसी तथा थरुहट आन्दोलन रोकिएन । आन्दोलन नरोकिए पनि दलहरु जर्बजस्त अघि बढ्दै गएर सात नामविहिन सात प्रदेशको सीमांकनलाई आधार मानेर असोज ३ मा नयाँ संविधान जारी भयो । संविधानसभा निर्वाचन प्रक्रियामै भाग नलिएका मोहन वैद्य र नेत्रविक्रम चन्द पक्षबाहेक मधेसवादी दलहरु संविधान जारी गर्ने प्रक्रियामा सहभागी भएनन् । तर पनि मोर्चाले आफ्ना मागहरु समेटेर संविधान संशोधन गरिएमा संविधान स्वीकार गर्ने बताउँदै आएको छ । मधेसी दलहरु मात्र होइन, आदिवासी जनजातिसहितका विभिन्न समुदाय तथा संविधान जारी गरिसकेपछि माओवादीबाट छुट्टिएका बाबुराम र उनको नेतृत्वको नयाँ शक्ति तथा नागरिक समाज, बुद्धिजीवीहरुले पनि संविधान संशोधन गरी संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्नेमा जोड दिँदै आएका छन् । संविधान संशोधनको पक्षमा सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र पनि सहमत छ । त्यसैले उसले संशोधनका लागि सहमतिको प्रयास पनि गरिरहेको छ । संविधान संशोधन त गर्ने तर सीमांकनलाई कसरी मिलाउने भन्ने मुख्य जटिलता छ । एक मधेस प्रदेशको अवधारणामा रहेको मधेसी मोर्चा मधेसमा दुई प्रदेश भन्नेमा सहमत छ । तर मधेसलाई छुट्याएर दुई प्रदेश मात्र दिने पक्षमा अरु दल तथा पक्ष सहमत छैनन् । पहिलो संविधानसभामा राज्य पुनःसंरचना समितिले अघि सारेको संरचनामा अधिकांश समुदाय सहमत थिए तर कांग्रेस एमाले नै त्यसलाई भाँजो हाल्ने काम गरेको थियो । राज्य पुनःसंरचना आयोग मार्फत वा संविधान जारी हुनुअघि कांग्रेस एमालेले ल्याएको सात प्रदेशको एजेन्डामा झापा, मोरङ, कैलाली र कञ्चनपुरलाई विवादास्पद जिल्ला मान्ने, बाँकी नवलपरासीदेखि बर्दियासम्म प्रदेश बनाउनेबारे अवधारणामासहमति गर्ने संकेत मधेसी दलले अहिले पनि दिएका छन् । तर कांग्रेस–एमाले त्यसरी सहमति गर्ने पक्षमा अहिले छैन । जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, नागरिकता, सामाजिक न्यायको हकमा क्लस्टर घटाउने लगायतका मुद्दामा भने समझदारी हुन सक्ने देखिए पनि मधेसलाई खुशी पार्ने गरी सीमांकन गरिएमा फेरि अन्य पक्ष असन्तुष्ट भइ अर्को भीषण आन्दोलनको सम्भावना उत्तिकै रहन्छ । जसका कारण संविधान कार्यान्वयनको सम्भावना पनि तुहेर जानेछ । त्यसैले सत्ताका लागि राजनीतिक प्रतिसोध हटाएर प्रमुख तीन वटै राजनीतिक दल एक मधेस र अन्य पक्षलाई समेत समेट्ने गरी अघि बढ्न जरुरी छ । यन्यथा अहिलेसम्म कमजोर रहेको संविधान नै अस्वीकार गर्ने पक्ष बलियो भएर आउनेछ, जसले अर्को भीषण आन्दोलन निम्त्याउने खतरा रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending