Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने संशोधन विधेयक संसदमा

\"publicकाठमाडौं, ९ असोज । सार्वजनिक यातायातलाई ब्यवस्थित गर्न भन्दै सरकारले सवारी तथा यातायात ब्यवस्था ऐनको दोस्रो संशोधन सरकारले संसदमा पेश गर्दैछ । व्यवस्थापिका संसदको आइतबार बस्ने बैठकमा भौतिक पुर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखकले उक्त संशोधन ऐन पेश गर्न लागेका हुन् । मन्त्री लेखकले दफावार छलफलका लागि सवारी तथा यातायात व्यवस्था दोस्रो संशोधन ऐन २०७२ पेश गर्ने कार्यसूचि छ । उक्त बिद्येयकमाथि परेको संशोधनलाई आजको बैठकमा निर्णायार्थ प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ । बढ्दो सवारी दुर्घटनालाई न्युनिकरण गर्न भन्दै सरकारले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न दोस्रो संशोधन बिधेयक संसदमा ल्याउन लागिएको हो । यातायात क्षेत्रको विकृति तथा दुर्घटना न्यूनीकरण गर्न भन्दै सरकारले दोस्रो पटक ऐन संशोधन गर्न लागेको हो । संशोधित ऐनको यातायात व्यवसायीहरुले भने विरोध जनाउँदै आएका छन् । यस्तै, आइतबार बस्ने बैठकमा चार वटा विधेयक पनि पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । चिकित्सा शिक्षा बिद्येयक, श्रम बिद्येयक, सामाजिक सुरक्षा विधेयक र जलस्रोत तथा सिंचाइ विधेयक पेश गर्ने आजको बैठकको कार्यसूची छ । शिक्षामन्त्री धनीराम पौडेलले राष्ट्रिय चिकित्सा शिक्षा बिद्येयक २०७३ मा विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने छन् भने श्रम तथा रोजगारमन्त्री सुर्यमान गुरुङले श्रम बिधेयक २०७२ र सामाजिक सुरक्षा बिद्येयक २०७२ प्रस्तुत गर्ने कार्यक्रम छ । भूमिगत जलस्रोत र सिंचाई सम्बन्धि बिद्येयक पनि प्रस्तुत गर्ने कार्यसुचि छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: