Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

सडकमै सुतेर प्रदूषणको विरोध

\"protest-750\"पर्सा, ७ असोज । पर्यावरण संरक्षणको माग गर्दै प्रकृतिप्रेमी र विद्यालयका छात्रछात्राले सडकमै सुतेर विरोध जनाएका छन् । प्रकृति सेवा प्रतिष्ठान नेपालको अगुवाइमा शुक्रबार बिहान पर्यावरण संरक्षणको माग गर्दै वीरगन्जको इनर्वास्थित भन्सार कार्यालय अगाडिको मूल सडकमै सुतेर विद्यार्थी तथा प्रकृतिप्रेमीले विरोध जनाएका हुन् । प्रतिष्ठानको अगुवाइमा भन्सार कार्यालय क्षेत्रमा भेला भएका सर्वसाधारण तथा प्रतिष्ठानका सदस्य र विद्यार्थीले मूल सडकमा बिहान ११ः१५ देखि ११ः३० बजेसम्म सडकमै सुती साङ्केतिक विरोध गरेका थिए । सबैभन्दा बढी प्रदूषण हुने वीरगन्जको भन्सार क्षेत्रका बासिन्दाको स्वास्थ्यप्रति सरोकारवाला निकायलाई गम्भीर बन्न पटक पटक लिखित तथा मौखिक आग्रह गर्दासमेत कुनै सुनुवाइ नभएपछि शुक्रबार सडकमै सुती विरोध जनाएको प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष सरदार जशपाल सिंहले बताए । वीरगन्जको शङ्कराचार्यद्वार नजिकैको दशगजा क्षेत्रमा उपमहानगरपालिकाले अव्यवस्थित रुपमा फाल्दै आएको फोहरलाई व्यवस्थापन गर्न र भन्सार क्षेत्रको सडकमा नियमित सफाइ गराउन उपमहानगरपालिका कार्यालय तथा स्थानीय प्रशासनलाई महिनौँदेखि गुहार गर्दा पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर स–साना नानीसहित सांकेतिक विरोध जनाएको अध्यक्ष सिंहको भनाइ छ । नेपालको मुख्य प्रवेशद्वारका रुपमा रहेको वीरगन्ज नाकाको दशगजा क्षेत्रमा उपमहानगरपालिकाले अव्यवस्थित रुपमा फाल्दै आएको फोहरका कारण सो क्षेत्र पूरै दुर्गन्धित भई स्थानीय बासिन्दा सहित आवतजावत गर्ने बटुवा पनि ठूलै सास्ती खेपेको जानकारी सम्बन्धित कार्यालयलाई गराउँदासमेत कुनै सुनुवाइ नभएको अध्यक्ष सिंहले गुनासो गरे। प्रकृति सेवा प्रतिष्ठानले गराएको अनुसन्धानबाट जिल्लाको सबैभन्दा बढी प्रदूषित क्षेत्र नै भन्सार क्षेत्र भएको र सो क्षेत्रको सफाइका लागि दर्जनौँ पटक लिखित पत्र उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई बुझाउँदै अनुरोध गरे पनि कुनै सुनुवाइ नभएको अध्यक्ष सिंहले बताए । उनले आजको सांकेतिक विरोधपछि पनि भन्सार क्षेत्रको समस्याप्रति स्थानीय निकाय र उपमहानगरपालिका गम्भीर नभए अब यसभन्दा पनि कडा विरोध गर्ने चेतावनी दिए । यसै विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेसँग बुझ्दा उहाँले प्रतिष्ठानको विरोध प्रदर्शनलाई स्थानीय प्रशासनले सकारात्मक रुपमा लिएको र भन्सार क्षेत्रमा फालिएका फोहरलाई चाँडोभन्दा चाँडो उचित स्थानमा व्यवस्थापन गर्न उपमहानगरपालिका कार्यालयलाई निर्देशन गरिने जानकारी दिए । नेपालको मुख्य प्रवेशद्वारमै फोहर थुपारेर राख्दा वीरगन्ज नाकाबाट नेपाल प्रवेश गर्ने विदेशी पर्यटकमा नकारात्मक सन्देश प्रवाह हुने भएकाले फोहर व्यवस्थापन गर्न तत्काल नगरपालिकालाई निर्देशन गरिने प्रजिअ घिमिरेले प्रतिबद्धता जनाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending