Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

प्रचण्डकै कार्यकालमा काठमाडौंलाई मेलम्चीको पानी !

\"sthalgat-melamchi-pm\" मेलम्ची (सिन्धुपाल्चोक), ७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै कार्यकालमा मेलम्चीको पानी काठमाडौं आउने संकेत गरेका छन् । राष्ट्रिय गौरवका आयोजनाहरुको आफैले निरीक्षण गर्ने प्रतिवद्धतापछि पहिलो पटक मेलम्ची खानेपानीलाई छानेका प्रचण्डले आयोजनास्थलमै पुगेर शुक्रबार निरीक्षण गरेका थिए । आफ्नै कार्यकालमा मेलम्ची आयोजना सम्पन्न गर्नका लागि छिटो सम्पन्न गर्ने गरी बजेट थप गर्नसमेत प्रधानमन्त्री प्रचण्ड तयार देखिए । उनले आफ्नै कार्यकालमा सम्पन्न गर्ने गरी काम सम्पन्न भएमा प्राेत्साहन स्वरूप पुरस्कृत गर्ने समेत आश्वासन दिए । मेलम्ची खानेपानी आयोजनाको शुक्रबार स्थलगत अनुगमन गरेपछि आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले आयोजना छिटो सम्पन्न गर्न सरकारले पुरस्कृत गर्ने बताए । ‘अन्य देशहरुमा कम्पनीहरुले छिटो काम गरेर प्रतिष्पर्धा गर्छन,’ प्रचण्डले भने, ‘तर हाम्रो देशमा ढिलासुस्ती हुने गर्दछ, त्यसको अन्त्य हुनुपर्छ ।’ सात किलोमिटर टनेल खन्ने काम मात्रै बाँकी रहेको अरु धेरै काम सम्पन्न भइसकेको आफूले पाएको पनि उनले बताए । आगामी २०७४ को शुरुतिरै मेलम्चीको पानी काठमाडौं पुग्ने उनले विश्वास ब्यक्त गरे । स्थानीयवासीको समस्या बुझ्न पनि आफू मेलम्ची आएको भन्दै प्रचण्डले स्थानीयको माग पूरा गर्ने आश्वासन पनि दिए । प्रधानमन्त्रीसँगै मेलम्ची पुगेका सरकारका कार्यबाहक मुख्यसचिव टंकमणि शर्माले प्रधानमन्त्री प्रचण्डको महिमागान गाए । प्रधानमन्त्रीको भ्रमणले यस क्षेत्रमा नयाँ तरंग आउने उनले बताए । यस्ता राष्ट्रिय गौरवका योजनाहरु प्रधानमन्त्री आफैले निरीक्षण गर्दा काम छिटो र प्रभावकारी हुने उनको विश्वास छ । कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य अग्नि सापकोटा, सिन्धुपाल्चोक ३ नम्बर क्षेत्रका सांसद शेरबहादुर तामाङ, खानेपानी अयाोजनाका बोर्ड सदस्य चन्द्र थापा लगायतले पनि मेलम्ची आयोजनाका समस्याबारेमा धारणा राखेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending