Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

धादिङ रेडियो भत्काइएकोमा एमालेको चर्को विरोध

\"radio-dhading-1\" काठमाडौं, ७ असोज । धादिङको वन क्षेत्रमा निर्माण गरिएको स्थानीय रेडियो धादिङ एफएमको भवन जिल्ला वन कार्यालयले भत्काइदिएकोमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गम्भीर आपत्ति जनाएको छ । शुक्रबार बिहान ४ बजे नै अमरावती सामुदायिक वन क्षेत्रमा सशस्त्र, जनपथ प्रहरी र वन सुरक्षाकर्मीसहित वन कार्यालय धादिङका प्रमुख इमनाथ पौडेल उपस्थितिमा रेडियो धादिङ भत्काइएको थियो । सामुदायिक वन क्षेत्रमा सञ्चालन गरिएको रेडियोको कारण सामुदायिक वन क्षेत्र खाली गराउने जिल्ला वन कार्यालयको अभियान सफल हुन नसकेपछि बलपूर्वक वन कार्यालयले भवन भत्काएको हो । \"radio-dhading-2\"वन क्षेत्रमा निर्माण गरिएको रेडियो भत्काइएपछि एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले शुक्रबार विज्ञप्ति जारी गरी गम्भीर आपत्ति जनाएका छन् । स्थानीय समुदाय र अमरावती सामुदायिक वन उपभोक्ता समूहको सहमतिमा निलकण्ठ नगरपालिका– ८ साँगुटारमा बनाइएको उक्त सामुदायिक रेडियोको कार्यालयमा मध्यरातमा आक्रमण गर्नुले सरकारी निकायको गैरजिम्मेवारी र जिल्लाका अधिकारीहरुको पूर्वाग्रही भएको भट्टराईको आरोप छ । सामुदायिक वन उपभोक्ता समूहको सहमतिमा देशैभर विभिन्न सामाजिक संघ–संस्था, विद्यालय, क्याम्पस, अस्पतालका साथै सरकारी कार्यालयहरुसमेत निर्माण भएको भन्दै एमाले प्रचार विभाग भ्रमुख भट्टराईले रेडियो पनि सञ्चालन गर्न पाइने मत राखेका छन् । ‘वन क्षेत्रमा बनाइएका ती कार्यालयहरुका बारेमा के गर्ने र कसरी व्यवस्थित गर्ने भन्ने कुनै नीति नबनाएरै स्थानीय समुदाय, वन उपभोक्ता समूह, राजनीतिक दल र जिल्लास्थित सरकारी कार्यालयहरुकै सहमति र सहयोगमा भूकम्पपछि निर्मित उक्त भवन मध्यरातमा डोजर लगाएर भत्काइनुले थप प्रश्न खडा गरेको छ ।’ भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एनले सञ्चारमाध्यमहरुलाई आतंकित पार्ने काममा संलग्न सरकारी अधिकारीहरुमाथि कडा कारबाही गरी फेरि यस्ता गलत क्रियाकलाप नदोहो¥याउने व्यवस्था मिलाउनसमेत माग गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending