Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

वन कार्यालयले भत्कायो रेडियो धादिङ

धादिङबेसी ,७ असोज  । धादिङबेसीस्थित अमरावती सामुदायिक वन अतिक्रमण गरेर बनाईएको रेडियो धादिङ र सेफ हाउसको घर जिल्ला वन कार्यलय धादिङले भत्काएको छ । आज बिहान ४ बजे नै अमरावती सामुदायिक वन क्षेत्रमा ससस्त्र जनपथ प्रहरी र वन सुरक्षाकर्मीसहित वन कार्यालय धादिङका प्रमुख इमनाथ पौडेल उपस्थितिमा उक्त भवन भक्ताइएको हो । जिल्लामा केही महिनादेखि सामुदायिक वन क्षेत्र खाली गराउने अभियानमा लागेको वन कार्यालय रेडियो धादिङको भवनमा आएर रोकिएको थियो । रेडियो धादिङको भवन रक्षार्थ सामुदायिक रेडियोहरुको छाता संगठन अकोराबले बिज्ञप्ती निकालेको थियो । त्यसपछि अकोराव र अमार्कको कार्यालय नै पुगेका धादिङका डिएफओ इमनाथ पौडेलले रेडियो धादिङ सामुदायिक वन मै बनाउनु पर्ने कारण देखाउन आग्रह गरेका थिए । अकोराब प्रतिनीधिसँग कुरा गर्दै वन प्रमुख पौडेलले रेडियो अन्त कहि कतैबाट आएको अलौकिक शक्ति नभएको र रेडियोले पनि कानुन मान्नु पर्ने बताएका थिए । आफु वन क्षेत्रको रक्षाको लागि अघि बढिसकेकोले कानुन भन्दा बाहिर अकोराब नजाने आशा व्यक्त गदै अकोराबबाट बाहिरिएको बताएका थिए । सामुदायिक रेडियोहरुको विश्व संगठन अमार्कले पनि लालपूर्जा अनिवार्य चाहिने प्रावधानविपरित सामुदायिक वनभित्र भवन बनाउन गैरकानुनी ढंगले अनुदान दिएका थिए । अमार्कका एसिया प्यासिफिक प्रमुख सुमन बस्नेतले गैरकानुनीरुपमा भवन बनाउन रेडियोलाई विदेशी दातामार्फत सहयोग गराएका थिए । धादिङबाट निर्वाचित एमालेका सांसदहरुले पनि वन अतिक्रमण गरी भवन बनाउन अवैधानिकरुपमा सहयोग गरेको भन्दै स्थानीय प्रशासनले दुःखेसो गर्दै आएको छ । स्थानीयहरुले वन अतिक्रमण गर्ने संस्थासँगै लालपूर्जाबिना वन अतिक्रमण गरेर घर बनाउन सघाउने अमार्क, सांसदहरु र जिविसमाथि पनि कारवाहीको माग गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: