Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

वन कार्यालयले भत्कायो रेडियो धादिङ

धादिङबेसी ,७ असोज  । धादिङबेसीस्थित अमरावती सामुदायिक वन अतिक्रमण गरेर बनाईएको रेडियो धादिङ र सेफ हाउसको घर जिल्ला वन कार्यलय धादिङले भत्काएको छ । आज बिहान ४ बजे नै अमरावती सामुदायिक वन क्षेत्रमा ससस्त्र जनपथ प्रहरी र वन सुरक्षाकर्मीसहित वन कार्यालय धादिङका प्रमुख इमनाथ पौडेल उपस्थितिमा उक्त भवन भक्ताइएको हो । जिल्लामा केही महिनादेखि सामुदायिक वन क्षेत्र खाली गराउने अभियानमा लागेको वन कार्यालय रेडियो धादिङको भवनमा आएर रोकिएको थियो । रेडियो धादिङको भवन रक्षार्थ सामुदायिक रेडियोहरुको छाता संगठन अकोराबले बिज्ञप्ती निकालेको थियो । त्यसपछि अकोराव र अमार्कको कार्यालय नै पुगेका धादिङका डिएफओ इमनाथ पौडेलले रेडियो धादिङ सामुदायिक वन मै बनाउनु पर्ने कारण देखाउन आग्रह गरेका थिए । अकोराब प्रतिनीधिसँग कुरा गर्दै वन प्रमुख पौडेलले रेडियो अन्त कहि कतैबाट आएको अलौकिक शक्ति नभएको र रेडियोले पनि कानुन मान्नु पर्ने बताएका थिए । आफु वन क्षेत्रको रक्षाको लागि अघि बढिसकेकोले कानुन भन्दा बाहिर अकोराब नजाने आशा व्यक्त गदै अकोराबबाट बाहिरिएको बताएका थिए । सामुदायिक रेडियोहरुको विश्व संगठन अमार्कले पनि लालपूर्जा अनिवार्य चाहिने प्रावधानविपरित सामुदायिक वनभित्र भवन बनाउन गैरकानुनी ढंगले अनुदान दिएका थिए । अमार्कका एसिया प्यासिफिक प्रमुख सुमन बस्नेतले गैरकानुनीरुपमा भवन बनाउन रेडियोलाई विदेशी दातामार्फत सहयोग गराएका थिए । धादिङबाट निर्वाचित एमालेका सांसदहरुले पनि वन अतिक्रमण गरी भवन बनाउन अवैधानिकरुपमा सहयोग गरेको भन्दै स्थानीय प्रशासनले दुःखेसो गर्दै आएको छ । स्थानीयहरुले वन अतिक्रमण गर्ने संस्थासँगै लालपूर्जाबिना वन अतिक्रमण गरेर घर बनाउन सघाउने अमार्क, सांसदहरु र जिविसमाथि पनि कारवाहीको माग गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending