Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

एउटा खसी : स्कुल समयमा आइपुग्छ र छुट्टि भएपछि फेरि आफ्नो बासस्थानमा जान्छ !

[caption id=\"attachment_93871\" align=\"alignleft\" width=\"750\"]\"khashi-750\" file photo[/caption] मोरङ, ७ असोज । विद्यालयको कक्षाकोठामा को बस्ला ? तपार्इंलाई कसैले सोध्यो भने तपार्इं सहजै भन्न सक्नुहुन्छ विद्यार्थी बसेर पढ्छन् । तर मोरङको कद्माहा–५ मा अवस्थित रोज इन्टरनेसनल इङ्लिस बोर्डिङ स्कुलको हकमा भन्नुपर्दा कक्षाकोठामा विद्यार्थी र खसीसंगै बसेर कक्षाकोठामा पढ्छन् । कक्षा पाँचसम्म रहेको सो विद्यालयमा यतिखेर अचम्मको एउटा खसी बस्छ । सो विद्यालयका प्राचार्य रामप्रसाद बर्माका अनुसार विद्यालय खुल्ने समय भएपछि खसी विद्यालय आइपुग्छ र छुट्टी भएपछि फेरि आफ्नो बासस्थानमा जान्छ । जामुनपारि जातको खसी अहिले ९० किलोको छ । सो खसी विद्यालय नजिकैको छिमेकीले पालेको हो । प्राचार्य बर्मा भन्नु हुन्छ, “ खसी छाडा नछोड्नु भनेर खसीधनीलाई भनियो, तर टेरेनन् । त्यो खसीले विगत एक वर्षदेखि निरन्तर विद्यार्थीसँग दिन बिताएको छ । त्यो खसीले विद्यार्थीलाई कुनै अप्ठ्यारो पारेको छैन ।” प्राचार्य बर्माका अनुसार शिक्षक कक्षाकोठामा पढाउन जाँदा खसीले अटेर गरेर बस्न थालेपछि शिक्षकले पनि कक्षाकोठामा बस्न दिएका हुन् । बर्मा भन्छन, “जति धपाएपनि फेरि कक्षाकोठामा आइहाल्छ, पशु हो, के गर्नु ?” विद्यार्थीले समेत खसीलाई सुम्सुम्याउने, माया गर्ने गर्दछन् । सो स्कुलमा कक्षा ५ मा पढ्दै आएका रमेश उरावका अनुसार नियमित आउने÷जाने कक्षाकाठामै बस्ने भएकाले विद्यार्थीले फुर्सदको बेलामा सुमसुम्याउने, मुसार्ने र माया गर्ने गर्दछन् । उराव मात्र होइन धेरै विद्यार्थीका लागि सो खसी माया गर्ने पशु बनेको विद्यार्थी उरावको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: