Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

२५ बुँदे विज्ञप्ति राष्ट्रहित विपरित भएको भन्दै नयाँ शक्तिको आठ बुँदे आपत्ति

\"naya-shakti-flag\"काठमाडौं, ६ असोज । नयाँ शक्ति नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको क्रममा जारी भएको २५ बुँदे संयुक्त विज्ञप्तिप्रति आपत्ति जनाएको छ । नेपाल र भारतको तर्फबाट जारी २५ बुँदे संयुक्त विज्ञप्तिमा राष्ट्रहित विपरितका केही गंभिर विषयबस्तु रहेको भन्दै नयाँ शक्ति नेपालले गंभिर चासो व्यक्त भएको जनाएको हो । २५ बुँदे विज्ञप्तिको विभिन्न आठ बुँदामा आलोजना गर्दै भनेको छ, नयाँ शक्तिले भनेको छ , १)  संयुक्त प्रेस विज्ञप्तीको बुँदा नं। ७ मा नेपाल(भारत सम्वन्धका वारेमा गठित प्रवुद्ध व्यक्ति समूहको कार्यादेशका बारेमा दुई देश बीचका विगतका असमान सन्धी(सम्झौताहरुको पुनरावलोकन गर्ने, समयानुकुल परिमार्जन तथा खारेज गर्ने भन्ने मूल मर्मका विपरित दुई देश बीचको सम्वन्धलाई सुदृढ र प्रगाढ वनाउन सुझाव दिने कार्यसम्ममा मात्र सीमित गर्ने कार्य गरेको छ । यस कार्यले पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई नेतृत्वको सरकारले अघि सारेको प्रवुद्ध समूहको कार्यादेशलाई सीमित गर्दछ र नेपाल(भारत सम्बन्धलाई समयानुकुल पुनर्परिभाषित र विकसित गर्ने अवसर परित्याग गर्दछ, जुन नेपाली राष्ट्रिय हित विपरित छ । २) संयुक्त प्रेस विज्ञप्तीको बुँदा नं। १० मा नेपालको संविधान निर्माण प्रक्रिया र संविधानको कार्यान्वयनको लागि सवैको स्वीकार्यता वढाउन नेपाल सरकारले गरेको प्रयत्नको भारत सरकारले स्वागत गर्ने भन्ने उल्लेख छ । यसबाट हाम्रो आफ्नै मौलिक संविधान लेखन प्रक्रिया तथा संविधान संशोधन गरी यसको कार्यान्वयन गर्ने जस्तो विल्कुल आन्तरिक मामलालाई अन्तर्राष्ट्रियकरण गर्ने काम भएको छ, जुन विल्कुल अवाञ्छनीय र गलत छ । ३) संयुक्त प्रेस विज्ञप्तीको बुँदा नं। ११ मा संयुक्त राष्ट्र संघ लगायत अन्य अन्तर्राष्ट्रिय संस्थाहरुमा नेपाल र भारत आपसी समन्वयमा काम गर्ने प्रतिवद्धता गरिएको छ, जसबाट नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई वस्तुतः परित्याग गर्ने अत्यन्त गम्भीर र दूरगामी प्रकृतिको महाभूल हुन गएको छ । यसप्रति हाम्रो गम्भीर आपत्ति र विरोध छ । ४) संयुक्त प्रेस विज्ञप्तीको बुँदा नं। १२ मा नेपाल(भारत खुल्ला सिमानाले सिर्जना गरेका द्विपक्षीय समस्याको वैज्ञानिक समाधान खोज्नुसट्टा त्यसलाई विशिष्ट प्रकारको सम्बन्धको परिभाषा गर्दै सीमा नियमन गर्ने विगतदेखिको मान्यता परित्याग गरिएको छ । यसप्रति हाम्रो गम्भीर आपत्ति छ । ५) संयुक्त प्रेस विज्ञप्तीको बुँदा नं। १३ मा नेपाल भारत बीच सञ्चालित परियोजनाहरुको अनुगमन गर्ने संयन्त्र गठन गर्ने प्रस्ताव गर्दै नेपाल सरकार र भारतीय दूतावासका वरिष्ठ अधिकारी संयन्त्रमा रहने कुरा उल्लेख गरिएको छ । एकातिर नेपालमा सञ्चालित परियोजनामा वाह्य अनुगमन विल्कुल आपत्तिजनक त छँदैछ त्यसमा पनि नेपालको तर्फबाट नेपाल सरकार स्वयं रहने र भारतीय सरकारको तर्फवाट दूतावासका वरिष्ठ अधिकारी रहने गरी उल्लेख गरिएको छ । जसबाट नेपालको हैसियत भारतीय सरकारका तुलनामा दूतावासका वरिष्ठ अधिकारीको स्तरमा झारिएको छ, जो विल्कुल आपत्तिजनक छ । ६) संयुक्त प्रेस विज्ञप्तीको बुँदा नं। १४ मा दुई देश बीचको व्यापार वृद्धिमा दुवै प्रधानमन्त्री सन्तुष्ट छन् भनिएको छ, जवकि सुगौली सन्धीअघिको अवस्थामा नेपाल भारततर्फ पाँच गुणा सामान निर्यात गर्दथ्यो भने आज भारतबाट दश गुणा सामान आयात गर्ने अवस्थामा पुगेको छ । नेपालको भारतसँगको वर्षेनी बढ्दो व्यापार(घाटा सर्वाधिक चिन्ताको विषय हो तर हाम्रा प्रधानमन्त्रीले त्यसलाई अन्त्य गर्नुसट्टा भारतीय प्रधानमन्त्रीसँगै सन्तोष व्यक्त गर्ने कुराले विल्कुल अनर्थ हुने काम भएको छ, यसमा हाम्रो गम्भीर आपत्ति छ । ७) संयुक्त प्रेस विज्ञप्तीको बुँदा नं। २० मा प्रस्तावित रक्सौल(अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको स्वागत गरिएको छ । उक्त पाइपलाइन निर्माण आवश्यक छ तर त्यसबारे गतवर्ष भएको सम्झौताले भारतीय एकाधिकारलाई वैधानिक वनाउने र नेपाल भारत वाहेकको अन्य विकल्प खोज्न स्वतन्त्र नहुने कुरा गरेको छ । त्यो गल्तीलाई सच्याएर नेपालले आफ्नो व्यापार विविधीकरण गर्न पाउने अवस्था सिर्जना गर्नुसट्टा उल्टै स्वागत गरिनु अनर्थ हुन गएको छ । यसमा हाम्रो आपत्ति छ । ८) हाम्रो पार्टी नयाँ शक्ति पार्टी, नेपालले प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रस्तुत गरेको १० बुँदे सुझावबारे कुनै सार्थक पहल नहुनु अत्यन्त खेदजनक छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending