Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

फेसबुक सम्बन्ध लिभिङ टुगेदर हुँदै मृत्युसम्म !

काठमाडौ ६ असोज । सामाजिक सञ्जालमार्फत चिनजान हुने र त्यो सम्बन्ध बाक्लिदै गएर विवाहमा परिणत हुने लहर यतिबेलाका युवा पिँढीमा बढिरहेको छ । सामाजिक सञ्जालबाट जोडिएका सम्बन्धहरु टिकाउ र विश्वासी हुदैनन् भन्ने विषयमा पछिल्ला घटाहरुले पुष्टी गरिरहेकाबेला त्यसैलाई पुष्टी गर्ने एउटा घटनाले काठमाडौंका संचारमाध्यमहरु यतिबेला गर्माएका छन् । गोरखाकी कृष्णा गिरी (एन्जिला) फेसबुकमा अपरिचित ब्यक्तिसँग कुरा गर्दागर्दै गहिरो माया जालमा परिन् । मायामा विश्वास गर्दै उनी लिभिङ् टुगेदर सम्म पुगेकी थिइन् । अकस्मात विहीबार उनको हत्या भएको घटनाले सबैलाई स्तब्ध पारेको छ । [caption id=\"attachment_93785\" align=\"alignleft\" width=\"478\"]\"मृतक मृतक कृष्णा गिरी \'एन्जिला\' काे फाइल तस्विर[/caption] गोर्खा पालुङटार नगरपालिका ७ कदलीकी २१ वर्षीया कृष्णा गिरी (एन्जिला) शंकरदेव क्याम्पसमा अध्ययन गर्ने सर्लाही कडहिया ६ का अविनाश भारतीको फेसबुक प्रेममा परेपछि उनीहरु केही समयअघिदेखि एउटै कोठामा बस्दै आएका थिए । स्रोेतकाअनुसार पहिले प्रेम सम्बन्ध मात्र थियो, अविनाशले उनलाई आफू बस्ने घरमा नै लगेर अलग्गै बसाएका थिए । उनी आफैले आफैले सुरज आर्केड कम्पनीमा रिसेप्सनको काममा लगाएका थिए । तर पछि उनीहरु एउटैकोठामा बस्न थालेका थिए । मायाँ जालमा फसाएका भारतीले एन्जिलालाई कीर्तिपुरको ट्याङ्लाफाँटामा आफूसँगै राख्न थाले । स्रोतकाअनुसार केही दिन पहिले अविनाशले नै कम्पनीका म्यानेजरलाई फोन गरी कृष्णाले भोलिदेखि काम नगर्ने र उनको हिसाब गरिदिन भनेका थिए । मृतकका परिवारजनले खबरडबलीसँग भने, ‘मृत्युको खबर आउनु भन्दा दुई घण्टा पहिले कृष्णाले घरमा आमालाई फोन गरेर सबैको बारेमा सोधेकी थिइन् । त्यतिबेला साँझको ७ः२५ जति भएको थियो । उनको आवाजमा कुनै त्यस्तो भाव थिएन्, तर एक्कासी प्रहरीले मृत्यू भएको खबर गरेपछि हामी आतंकित र संशंकित भएका हौ । प्रहरी र अस्पताल पनि घटना दबाउनतिर लागेकाे परिवारको आरोप अचानक राति उनी झुण्डीएर मरेको खबर पाएपछि आफूहरु काठमाडौं आएको बताउँदै मृतकका परिवारजनले उक्त घटनामा प्रहरी र अस्पताललेसमेत वास्तविकता लुकाउन खोजेको आरोप लगाएका छन् । घटना लगत्तै परिवारका सदस्यहरु प्रहरीमा उजुरी गर्न गएका थिए, तर प्रहरीले उनीहरुको उजुरी दर्ता गर्न मानेन । पछि प्रधानमन्त्री कार्यालयबाट प्रहरीलाई फोन आएपछि मात्र उजुरी दर्ता भएको परिवारको दाबी छ । मृतकका आफन्तले अविनाश पक्षकाले गृहमन्त्रीदेखि शक्तिमा रहेका धेरैसँग आफ्नो पहुुुँच पुगाएर घटनालाई ढाकछोक गर्न लागेको आरोप लगाएका छन् । उनीहरुले पिडा खोल्दै भने, झ्यालबाट भित्र हेर्दा वियरका बोतल र रोयल स्टगका बोतलहरु देखिन्थे । सामुहिक बलात्कारपछि हत्या गरिएको दावी घटनाको दिन अविनाशको कोठामा दुई जना अरु उसका साथीहरु पनि आएको नजिकका मानिसहरु बताउँछन् । सबै कुराको आधारमा परिवारजनले उनको सामुहिक बलत्कारपछि घटना गरिएको दावी गरेका छन् । ‘प्रहरीले र अस्पतालले उनलाई झुण्डिएर मरेको भनेको छ’, मृतकका भाइ किरण गिरीले भने, ‘तर हामीलाई त्यसमा विश्वास लागेको छैन ।’ झुण्डीएर मरेको भए अविनाशले तत्काल प्रहरीलाई किन फोन गरेन ? त्यहि स्थानमा लास प्रहरीलाई किन बुझाएन भन्ने परिवारको तर्क छ । राती नै अविनाशले कृष्णालाई एम्बुलेन्समा राखेर बल्खुस्थित वयोधा अस्पतालमा पुर्याएका थिए । उनको मृत्यु भएको खबर पनि प्रहरीले त्यो अस्पतालबाटै दिएको थियो । यसले घटनामा धेरै प्रकारका आशंकाहरु उठेका छन् । घटनालाई प्रहरी अस्पताल र माथिल्लो निकायबाटै दबाउन भनिएको किरणले आशंका गरे । [caption id=\"attachment_93776\" align=\"alignleft\" width=\"750\"]\"हत्यारालार्इ हत्यारालार्इ कारबाहीकाे माग गर्दै राजधानीमा भएकाे प्रदर्शन[/caption] अस्पतालको रिपोर्टमा झुण्डिर हत्या शिक्षण अस्पताल महाराजगंजको पोष्टमार्टम रिपोर्टमा गिरीले झुण्डिएर हत्या गरेको उल्लेख छ । अस्पतालले झुण्डिएर मरेको जनाउँदै झुण्डाइएको हो वा झुण्डिएको हो त्यो रिपोर्ट आउन हप्ता दिन लाग्ने बताएको छ । ‘कोल्ड स्टोरबाट लाश झिक्दा पनि नाकबाट रगत बगिरहेको थियो, शरीरभरी रगतले ढाकिएको थियो,’ मृतकका भाइ किरणको प्रश्न छ, ‘झुण्डिएर मर्दा रगत कसरी लत्पतिन्छ ? उनले उनको खुट्टामा पनि चोट लागेको देखेपछि अस्पताललाई सोध्दा पुरानै घाउ हो भन्ने जवाफ दिएको भन्दै सबै प्रक्रियामा शंकास्पद महशुस भएको छ । उनले अविनाशका आफन्तहरु सरकार र पहुँचवालाको मानिस भएको कारण आफूहरुलाई न्याय नदिने षड्यन्त्रमा लागेको बताएका छन् । घटनामा संलग्नलाई कारबाहीको माग गर्दै महिला विद्यार्थीहरुले विहीबार राजधानीमा प्रदर्शन गरेका थिए । पीके क्याम्पसका विद्यार्थीहरुले हत्यारालाई फाँसीको सजायँ हुनुपर्नेसमेत माग गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending