Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

फेसबुक सम्बन्ध लिभिङ टुगेदर हुँदै मृत्युसम्म !

काठमाडौ ६ असोज । सामाजिक सञ्जालमार्फत चिनजान हुने र त्यो सम्बन्ध बाक्लिदै गएर विवाहमा परिणत हुने लहर यतिबेलाका युवा पिँढीमा बढिरहेको छ । सामाजिक सञ्जालबाट जोडिएका सम्बन्धहरु टिकाउ र विश्वासी हुदैनन् भन्ने विषयमा पछिल्ला घटाहरुले पुष्टी गरिरहेकाबेला त्यसैलाई पुष्टी गर्ने एउटा घटनाले काठमाडौंका संचारमाध्यमहरु यतिबेला गर्माएका छन् । गोरखाकी कृष्णा गिरी (एन्जिला) फेसबुकमा अपरिचित ब्यक्तिसँग कुरा गर्दागर्दै गहिरो माया जालमा परिन् । मायामा विश्वास गर्दै उनी लिभिङ् टुगेदर सम्म पुगेकी थिइन् । अकस्मात विहीबार उनको हत्या भएको घटनाले सबैलाई स्तब्ध पारेको छ । [caption id=\"attachment_93785\" align=\"alignleft\" width=\"478\"]\"मृतक मृतक कृष्णा गिरी \'एन्जिला\' काे फाइल तस्विर[/caption] गोर्खा पालुङटार नगरपालिका ७ कदलीकी २१ वर्षीया कृष्णा गिरी (एन्जिला) शंकरदेव क्याम्पसमा अध्ययन गर्ने सर्लाही कडहिया ६ का अविनाश भारतीको फेसबुक प्रेममा परेपछि उनीहरु केही समयअघिदेखि एउटै कोठामा बस्दै आएका थिए । स्रोेतकाअनुसार पहिले प्रेम सम्बन्ध मात्र थियो, अविनाशले उनलाई आफू बस्ने घरमा नै लगेर अलग्गै बसाएका थिए । उनी आफैले आफैले सुरज आर्केड कम्पनीमा रिसेप्सनको काममा लगाएका थिए । तर पछि उनीहरु एउटैकोठामा बस्न थालेका थिए । मायाँ जालमा फसाएका भारतीले एन्जिलालाई कीर्तिपुरको ट्याङ्लाफाँटामा आफूसँगै राख्न थाले । स्रोतकाअनुसार केही दिन पहिले अविनाशले नै कम्पनीका म्यानेजरलाई फोन गरी कृष्णाले भोलिदेखि काम नगर्ने र उनको हिसाब गरिदिन भनेका थिए । मृतकका परिवारजनले खबरडबलीसँग भने, ‘मृत्युको खबर आउनु भन्दा दुई घण्टा पहिले कृष्णाले घरमा आमालाई फोन गरेर सबैको बारेमा सोधेकी थिइन् । त्यतिबेला साँझको ७ः२५ जति भएको थियो । उनको आवाजमा कुनै त्यस्तो भाव थिएन्, तर एक्कासी प्रहरीले मृत्यू भएको खबर गरेपछि हामी आतंकित र संशंकित भएका हौ । प्रहरी र अस्पताल पनि घटना दबाउनतिर लागेकाे परिवारको आरोप अचानक राति उनी झुण्डीएर मरेको खबर पाएपछि आफूहरु काठमाडौं आएको बताउँदै मृतकका परिवारजनले उक्त घटनामा प्रहरी र अस्पताललेसमेत वास्तविकता लुकाउन खोजेको आरोप लगाएका छन् । घटना लगत्तै परिवारका सदस्यहरु प्रहरीमा उजुरी गर्न गएका थिए, तर प्रहरीले उनीहरुको उजुरी दर्ता गर्न मानेन । पछि प्रधानमन्त्री कार्यालयबाट प्रहरीलाई फोन आएपछि मात्र उजुरी दर्ता भएको परिवारको दाबी छ । मृतकका आफन्तले अविनाश पक्षकाले गृहमन्त्रीदेखि शक्तिमा रहेका धेरैसँग आफ्नो पहुुुँच पुगाएर घटनालाई ढाकछोक गर्न लागेको आरोप लगाएका छन् । उनीहरुले पिडा खोल्दै भने, झ्यालबाट भित्र हेर्दा वियरका बोतल र रोयल स्टगका बोतलहरु देखिन्थे । सामुहिक बलात्कारपछि हत्या गरिएको दावी घटनाको दिन अविनाशको कोठामा दुई जना अरु उसका साथीहरु पनि आएको नजिकका मानिसहरु बताउँछन् । सबै कुराको आधारमा परिवारजनले उनको सामुहिक बलत्कारपछि घटना गरिएको दावी गरेका छन् । ‘प्रहरीले र अस्पतालले उनलाई झुण्डिएर मरेको भनेको छ’, मृतकका भाइ किरण गिरीले भने, ‘तर हामीलाई त्यसमा विश्वास लागेको छैन ।’ झुण्डीएर मरेको भए अविनाशले तत्काल प्रहरीलाई किन फोन गरेन ? त्यहि स्थानमा लास प्रहरीलाई किन बुझाएन भन्ने परिवारको तर्क छ । राती नै अविनाशले कृष्णालाई एम्बुलेन्समा राखेर बल्खुस्थित वयोधा अस्पतालमा पुर्याएका थिए । उनको मृत्यु भएको खबर पनि प्रहरीले त्यो अस्पतालबाटै दिएको थियो । यसले घटनामा धेरै प्रकारका आशंकाहरु उठेका छन् । घटनालाई प्रहरी अस्पताल र माथिल्लो निकायबाटै दबाउन भनिएको किरणले आशंका गरे । [caption id=\"attachment_93776\" align=\"alignleft\" width=\"750\"]\"हत्यारालार्इ हत्यारालार्इ कारबाहीकाे माग गर्दै राजधानीमा भएकाे प्रदर्शन[/caption] अस्पतालको रिपोर्टमा झुण्डिर हत्या शिक्षण अस्पताल महाराजगंजको पोष्टमार्टम रिपोर्टमा गिरीले झुण्डिएर हत्या गरेको उल्लेख छ । अस्पतालले झुण्डिएर मरेको जनाउँदै झुण्डाइएको हो वा झुण्डिएको हो त्यो रिपोर्ट आउन हप्ता दिन लाग्ने बताएको छ । ‘कोल्ड स्टोरबाट लाश झिक्दा पनि नाकबाट रगत बगिरहेको थियो, शरीरभरी रगतले ढाकिएको थियो,’ मृतकका भाइ किरणको प्रश्न छ, ‘झुण्डिएर मर्दा रगत कसरी लत्पतिन्छ ? उनले उनको खुट्टामा पनि चोट लागेको देखेपछि अस्पताललाई सोध्दा पुरानै घाउ हो भन्ने जवाफ दिएको भन्दै सबै प्रक्रियामा शंकास्पद महशुस भएको छ । उनले अविनाशका आफन्तहरु सरकार र पहुँचवालाको मानिस भएको कारण आफूहरुलाई न्याय नदिने षड्यन्त्रमा लागेको बताएका छन् । घटनामा संलग्नलाई कारबाहीको माग गर्दै महिला विद्यार्थीहरुले विहीबार राजधानीमा प्रदर्शन गरेका थिए । पीके क्याम्पसका विद्यार्थीहरुले हत्यारालाई फाँसीको सजायँ हुनुपर्नेसमेत माग गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: