Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

फुटपाथका ब्यापारी र महानगरको जुहारी

\"footpath-sell\" काठमाडौं, ६ असोज । जीवन निर्वाहका लागि मानिसहरुले जस्तो सुकै परिश्रम पनि गरेको देखिन्छ । बढ्दो वेरोजगारीको अवस्थामा सबैलाई आफ्नो परिवारको लालनपालन र शिक्षा, स्वास्थ्यको लागि नगद कमाउन मिहनेत त गर्नै पर्दछ । तर काठमाडौं शहर हुनेखाने र सम्पन्न वर्गकालागि मात्र आर्थिक पहुँच भित्र पर्दछ, तथापि यहाँ हजारौ मानिसहरु दुई छाक टार्नको लागि संघर्ष गरिरहेका छन् । राज्यले रोजगारीको वातावरण सिर्जना गर्न सकिराखेको छैन । आफैले कुनै व्यापार, व्यवसाय गर्न ठूलो लगानी नभएका निम्न वर्गीय मानिसहरुका लागि यो शहरमा जिउनु मात्र पनि चुनौतिले भरीएको देखिन्छ । काम पनि सजिलै नपाइने, सानो लगानीमा केहि गर्न पनि नसकिने । यो कटु यथार्थले काठमाडौंमा जेनतेन गुजारा गरिरहेका आम नागरिकको दुखलाई संकेत गरेको छ । सानो लगानीले सडकका गल्ली र चोकहरुमा बसेर चिया नास्तादेखि कपडा लगायत अन्य आवश्यक सामानहरु बेचेर गुजारा चलाउनेहरुको संख्या पनि यतिबेला बढेको देखिन्छ । सानो लगानीमा सजिलै परिवारको आवश्यकता पुरा गर्न सकिने भएकाले पछिल्लो समय काठमाडौंमा फुटपाथ व्यवसायीहरु दिनानुदिन बढिरहेका छन् । त्यसो त काठमाडौमा मात्र होइन, मुलुकका प्रमुख शहरहरु चितवन, हेटौडा, वीरगंज, पोखरा, धरान, बुटवल, नेपालगञ्ज, धनगढी लगायत स्थानमा समेत फुटपाथमा व्यावसाय गर्नेहरुको चाप बढेको छ । सडकमा व्यापार गर्दा भाँडा तिर्नु नपर्ने र सरकारलाई कर पनि तिर्नुनपर्ने भएकाले अधिकांश निम्न वर्गीय नागरिकहरु फुटपाथको व्यापारमा आर्कषित भएको गरिबी तथा रोजगार सम्बन्धि काम गर्ने विभिन्न संघ संस्थाहरुको भनाइ रहेको छ । सानो पूँजीबाट पनि सडक व्यापार गर्न सकिने र पारिवारीक आवश्यकता त्यसैबाट पुरागर्न सकिने भएपछि निम्म आय भएका मानिसहरु यस व्यवसायमा संलग्न भएको पाइएको छ । काठमाडौको सुनधारा, नयाँवानेश्वर, रत्नपार्क, कालिमाटी, पाटन, लगनखेल, गोङ्गबु, नयाँ बसपार्क, गौशाला, चावहिल, कोटेश्वर लगायतका व्यस्त सडक छेउछाउमा फुटपाथको व्यापार हुने गरेको छ । अरु पसलहरुको भन्दा त्यहाँ केही सस्तोमा सामानहरु पाइने भएकाले निम्न आय भएका र विशष गरी काठमाडौ बाहिरका मानिसहरु नै फुटपाथ व्यावसायीहरुका नियमित ग्राहक बन्ने गरेको व्यावसायीहरु बताउँछन् । विभिन्न संघसंस्थाहरुले काठमाडौमा दश हजार भन्दा बढि फुटपाथ व्यावसायी भएको बताउँछन् । देशभरीमा तीन चार लाखको हाराहारीमा यस्ता व्यावसायहरु संचालन भएको बताइन्छ । उनीहरुले यहि व्यावसायबाट आफ्नो परिवारको आवश्यकता पुरा गरेका छन् । तर यी फुटपाथ व्यावसायीको बारेमा वास्तविक तथ्यांक भने आजसम्म नत सरकारले राखेको छ, न त कुनै गैर सरकारी संस्थाले नै । सबै उनीहरुको तथ्याङ्कबारे अनभिज्ञ रहेका छन् । \"footpath-sell-2\"विशेष गरी मध्यान्ह पश्चात सडकका छेउछाउमा झोलामा सामानहरु बोक्दै उनीहरु आफूले नियमित सामान बेच्ने ठाउँमा पुग्छन र अस्थायी पसल सुरु गर्दछ । साँझमा मानिसहरु अफिसबाट फर्कदा फुर्सदमा हुने भएकाले सामान बिक्री हुन्छ भनेर त्यो समय नै रोजेको उनीहरु बताउँछन् । साँझमा मानिसहरुको भिडभाड हुन्छ, र प्राय सबै फुर्सदमै देखिन्छन । साँझको खाने तरकारीदेखि खाने लगाउने सम्पूर्ण सामान फुटपाथमै देखेपछि आफ्नो सामान बिक्री हुने गरेको ती व्यावसायीहरु बताउँछन् । ‘पहिले काठमाडौमा जागिरको लागि धेरै ठाउँ दगुरेँ, ‘सामान्य जीविका चलाउन पनि मुस्किल भयो’, गौशालाको सडकमा व्यापार गर्ने वीरगञ्जका अमिर खानले भने, ‘सुरुमा सडकमा पानी बेच्ने काम सुरु गरेको थिएँ, पछि यहाँ कपडाको राम्रो व्यापार हुने भएको थाहा पाएँ र यतातिर लागेको हुँ ।’ उनको परिवारमा दुई छोरा र तीन छोरी रहेका छन् । बुढाबुढी साँझसम्म पसल चलाउँछन्, त्यहिँबाट आएको फाइदाले काठमाडौमा कोठा भाँडा तिर्न, परिवार पाल्न र छोराछोरी पढाउन सफल भएका छन्, अमिर खान । उनले केही मलिन अनुहार लगाउँदै भने, ‘के गर्ने हजुर, हामी गरीबले जहाँ गएपनि डर त्रासमै बाँच्नुपर्ने रहेछ ।’ कुरा चल्दै गर्दा पुलिस आयो भन्दै उनी सामान हटाउनतिर लागे । त्यस्ता धेरै मानिसहरु छन्, जसले सडकको व्यापारबाट आफ्नो परिवारको गुजारा गरिरहेका भटिन्छन् । तर उनीहरुको बिषयमा सरकारीपक्षले खासै चासो र चिन्ता लिएको देखिन्न । बरु काठमाडौं महानगरपालिकाले फुटपाथ व्यावसायलाई नियन्त्रण गर्ने भन्दै नगर प्रहरी खटाएर सामान उठाउने सम्मको कार्य गरिरहेको छ । अन्य नगरपालिकाले पनि फुटपाथ व्यपारीको बाध्यता बुझेको देखिन्न । सरकारले सडक व्यापारीलाई वेवस्थित गराउने भन्दा धम्काउने र अमर्यादित बनाउने काम गरिरहेको छ, त्यो रोक्नु पर्दछ भन्छन्, सडक व्यापारीहरु । सरकारको सडक व्यापारीलाई व्यावसाय गर्न नदिने नीतिले सानो आय भएका ती मानिसहरु मारमा परेका छन् । सरकारको झारा टार्ने नीतिका कारण वषौदेखि सडकमा व्यापार गरेर परिवार चलाएका व्यावसायीहरु अत्यन्त अप्ठ्यारोमा परेका छन् । सरकारले यो व्यावसायलाई व्यवस्थित गराउने भन्दै उपत्यकाको विभिन्न १० स्थानहरु तोकेको भए पनि आजसम्म त्यसलाई कार्यान्वयनमा ल्याएको छैन । सरकारको यहि अस्पष्ट कार्यशैलीले गर्दा ती व्यावसायीहरु डर र त्रासमा व्यापार गर्न बाध्य भएका छन् । सम्बन्धित पक्षले यसलाई सहि ढंगले बुझ्नुपर्ने बुद्धिजीवी नागरीकहरु बताउँछन् । सडक व्यापारीको समस्याकाबारेमा आवाज उठाउदै आएको स्वरोजगार व्यापार श्रमिक संघ पनि सरकारले व्यवस्थापन गर्ने भन्दा बल प्रयोगको नीति अपनाएको भन्छ । संंघका सदस्य समेत रहेका एक व्यापारीले भने, ‘सडकमा व्यापार गर्नु राम्रो होइन, त्यो हामीले बुझेका छौ तर सरकारले हाम्रो बाध्यतालाई किन बुझ्दैन ? समस्याको जड के हो र समाधान कसरी हुन्छ ? सरकारले त्यो बुझ्नु पर्दछ । वर्षौदेखि यसरी व्यापार गरेर परिवार चलाइरहेकाहरुको वास्तवमा मुख्य पेशा नै यही भएको छ । पैसा भएको भए हामी यसरी सडकमा बस्ने थिएनौ, यो हाम्रो बाध्यताको पेशा भएको छ ।’ उनले सडक व्यापारीहरुको विकल्प सरकारले खोज्नु पर्ने समेत बताए । व्यापारीहरु भन्छन्, साँझपख सडकमा व्यापार गरेर जीविका धानेकाहरुको लागि रोजगारिको अवस्था सिर्जना गरेमा सडक कुरेर कोही बस्दैन । सडक व्यापारीको बाध्यता र समस्याको सरकारले निकास खोज्नु पर्दछ । बल प्रयोग समाधान होइन । त्यसो त आफ्नो व्यावसायलाई बेवस्थित गर्न माग गर्दै सडक व्यापारीहरुले पटक पटक आन्दोलनसमेत गर्दै आएका छन् । सडक व्यापारीहरुको व्यावस्थापन र रोजगारीको विकल्पबिना सरकारले हटाउन खोजेमा सडक व्यापारीहरु कडा रुपमा प्रस्तुत हुने बताउँछन् । यस विषयमा काठमाडौ महानगरपालिकाले भने सडकमा सामान बेच्दा पैदल यात्रुलाई असहज भएकाले हटाउनुपर्ने बताउँछ । कानून विपरित कसैलाई पनि कुनै काम गर्न मिल्दैन, सडक खाली गराउनु महानगरपालिकाको काम भएको उसले बताएको छ । अघिल्लो सरकार हँुदा गृहमन्त्रालयले फुटपाथ व्यावसायीको व्यावस्थापन गर्ने भनेर काठमाडौका विभिन्न स्थानहरु तोकेको थियो । तर सरकारले अझैसम्म त्यसको कार्यान्वयन र सडक व्यापारीको व्यवस्थापनको काम गरेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: