Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

बाढीले दुई महिनामा सातवटा पुल बगायो

\"pul-600\"म्याग्दी, ६ असोज । म्याग्दीमा बाढीले पछिल्लो दुई महिनायता छवटा झोलुङ्गे र एकवटा मोटरेबल पुल बगाएको छ । झोलुङ्गेपुल बाढीले भत्काउने र बगाउँदा पाँचवटा गाविसका बासिन्दालाई आवत–जावतमा समस्या भएको छ । बेनी—जोमसोम सडकको बेगखोलामा रहेको बेलिब्रिज बाढीले बगाएपछि उत्तरी म्याग्दी र मुस्ताङ जिल्लाको सिधा यातायात सम्पर्क विच्छेद भएको छ । बेग–१ मा रहेको लिस्ने खोलाको झोलुङ्गेपुल भदौ १६ गतेदेखिको निरन्तरको पहिरोसँगै बगेको छ । बेग–६ स्थित बेनी जोमसोम सडकमा रहेको बेलिब्रिज र सोसँगै रहेको झोलुङ्गेपुल भदौ १६ गतेको बाढीले बगाएको थियो । कुइनेमङ्गले र मल्कवाङको सिमानामा रहेको फिरीखोला र ओखरबोटको फूलबारीदेखि निस्कोटमा रहेको रुमखोला लघुजलविद्युत् परियोजनाको विद्युत्गृहमा जाने झोलुङ्गेपुल बाढीले बगाएको जिविसका असिस्टेन्ट सब इन्जिनियर बालकृष्ण पौडेलले बताए । यसैगरी, गुर्जा–५ को मझधारा र धौलागिरि चक्रीय पदमार्गमा पर्ने मुदी–९ दोभानस्थित म्याग्दी खोलामाथि रहेको झोलुङ्गेपुलको लठ्ठा भिरबाट खसेको ढुङ्गा र पहिरोले छिनालेपछि आवत–जावत बन्द भएको छ ।  ओखरबोट–१ फूलबारी र निस्कोटको खहरे जोड्ने रितुङ खोलामाथि रहेको झोलुङ्गेपुल कटानका कारण जोखिममा परेको छ । बेगको औल हुँदै बादुक जाने बाटोमा बेगखोलामाथि रहेको झोलुङ्गेपुल पनि बाढी र पहिरोका कारण उच्च जोखिममा परेको छ । बाढीले क्षति गरेका झोलुङ्गेपुलको जिविस र टिबिएसयुको प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर मर्मत तथा पुनर्निर्माणका लागि काम अघि बढाउन पहल भइरहेको असिस्टेन्ट सब इन्जिनियर पौडेलले जानकारी दिए । यसैबीच, पहिरो र पुलको लठ्ठा छिनेपछि अवरुद्ध भएको धौलागिरि चक्रीय पदमार्गको मर्मत कार्य बुधबारदेखि सुरु भएको छ । जिविसले पदमार्ग मर्मत र अस्थायी पुल बनाउन सहयोग गर्ने आश्वासन दिएपछि मुदी–९ बगरका बासिन्दाले पदमार्ग मर्मत सुरु गरेको स्थानीयवासी बमबहादुर पुनले बताए । दस दिनभित्र पदमार्ग मर्मतकार्य सम्पन्न गर्नेगरी गाउँले परिचालन भएको उनले बताए । पर्यटक याम सुरु नहुँदै पदमार्ग खुलाउने लक्ष्य राखिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: