Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

बाढीले दुई महिनामा सातवटा पुल बगायो

\"pul-600\"म्याग्दी, ६ असोज । म्याग्दीमा बाढीले पछिल्लो दुई महिनायता छवटा झोलुङ्गे र एकवटा मोटरेबल पुल बगाएको छ । झोलुङ्गेपुल बाढीले भत्काउने र बगाउँदा पाँचवटा गाविसका बासिन्दालाई आवत–जावतमा समस्या भएको छ । बेनी—जोमसोम सडकको बेगखोलामा रहेको बेलिब्रिज बाढीले बगाएपछि उत्तरी म्याग्दी र मुस्ताङ जिल्लाको सिधा यातायात सम्पर्क विच्छेद भएको छ । बेग–१ मा रहेको लिस्ने खोलाको झोलुङ्गेपुल भदौ १६ गतेदेखिको निरन्तरको पहिरोसँगै बगेको छ । बेग–६ स्थित बेनी जोमसोम सडकमा रहेको बेलिब्रिज र सोसँगै रहेको झोलुङ्गेपुल भदौ १६ गतेको बाढीले बगाएको थियो । कुइनेमङ्गले र मल्कवाङको सिमानामा रहेको फिरीखोला र ओखरबोटको फूलबारीदेखि निस्कोटमा रहेको रुमखोला लघुजलविद्युत् परियोजनाको विद्युत्गृहमा जाने झोलुङ्गेपुल बाढीले बगाएको जिविसका असिस्टेन्ट सब इन्जिनियर बालकृष्ण पौडेलले बताए । यसैगरी, गुर्जा–५ को मझधारा र धौलागिरि चक्रीय पदमार्गमा पर्ने मुदी–९ दोभानस्थित म्याग्दी खोलामाथि रहेको झोलुङ्गेपुलको लठ्ठा भिरबाट खसेको ढुङ्गा र पहिरोले छिनालेपछि आवत–जावत बन्द भएको छ ।  ओखरबोट–१ फूलबारी र निस्कोटको खहरे जोड्ने रितुङ खोलामाथि रहेको झोलुङ्गेपुल कटानका कारण जोखिममा परेको छ । बेगको औल हुँदै बादुक जाने बाटोमा बेगखोलामाथि रहेको झोलुङ्गेपुल पनि बाढी र पहिरोका कारण उच्च जोखिममा परेको छ । बाढीले क्षति गरेका झोलुङ्गेपुलको जिविस र टिबिएसयुको प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर मर्मत तथा पुनर्निर्माणका लागि काम अघि बढाउन पहल भइरहेको असिस्टेन्ट सब इन्जिनियर पौडेलले जानकारी दिए । यसैबीच, पहिरो र पुलको लठ्ठा छिनेपछि अवरुद्ध भएको धौलागिरि चक्रीय पदमार्गको मर्मत कार्य बुधबारदेखि सुरु भएको छ । जिविसले पदमार्ग मर्मत र अस्थायी पुल बनाउन सहयोग गर्ने आश्वासन दिएपछि मुदी–९ बगरका बासिन्दाले पदमार्ग मर्मत सुरु गरेको स्थानीयवासी बमबहादुर पुनले बताए । दस दिनभित्र पदमार्ग मर्मतकार्य सम्पन्न गर्नेगरी गाउँले परिचालन भएको उनले बताए । पर्यटक याम सुरु नहुँदै पदमार्ग खुलाउने लक्ष्य राखिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies