Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

समाजलाई अग्रगमन र प्रगतिको बाटोमा डोेर्याउन पत्रकारिता क्षेत्रको भुमिका महत्वपुर्ण – संचारमन्त्री

\"press-center-750\"काठमाडौँ , ५ असोज । नेपाल सरकारका प्रवक्ता एवं सुचना तथा संचारमन्त्री सुरेन्द्र कार्कीले पत्रकारहरुले आफ्ना कलमका माध्यमबाट समाजलाई अग्रगमन र प्रगतिको मार्गमा लैजानभूमिका खेल्नुपर्ने बताएका छन् । बुधबार प्रेस सेन्टर नेपाल, तीन नम्बर प्रदेसको प्रथम एकता सम्मेलनको काठमाडौँमा उद्घाटन गर्दै मन्त्री कार्कीले सो कुरा बताएका हुन् । उनले सुक्ष्म कुराको अनुसन्धान गरेर जनतामाझ ल्याउन पत्रकारहरुलाई आग्रहगर्दै बामपन्थी पत्रकार र दक्षिणपन्थी पत्रकारबीचको फरक समाचार लेखनबाट मात्रै मापन हुने हुँदा सचेत भएर समाचार सम्प्रेषण गर्न अनुरोध गरे । पछिल्लो समय पत्रकारितामा बिस्वासनियताको अभाब देखिएको भन्दै मन्त्री कार्कीले पात्र र प्रवृतिका बारेमा सधै नकारात्मक समाचार मात्र सम्प्रेषण हुँदा पत्रकारहरुले सधै नकारात्मक मात्र लेख्छन भन्ने मान्यता आम रुपमै स्थापित हुने भएकाले सनसनीपूर्ण भन्दा पनि परिवेस सापेक्ष समाचार बनाउनु पर्ने बताए । बुर्जुवा पत्रिकाले परिवेसलाई लुकाएर घटनालाई मात्र महत्व दिने र त्यस्ताखाले समाचारले समाजलाई भ्रमित पार्ने हुदा त्यसबाट प्रगतिशील पत्रकारहरु सजग रहनु पर्ने मन्त्री कार्कीको भनाइ थियो । त्यसैगरी मन्त्री कार्कीले पत्रकारहरुले जनतालाई आशाबादी बनाउँदै निरन्तर परिबर्तन र क्रान्तिका पक्षमा लाग्न प्रेरित गर्न सक्नु पर्ने बताए । फोर्र्गेिटंगका विरुद्ध मेमोरिका पक्षमा लेख्नु पर्ने भन्दै उनले बिगतको गौरवपूर्ण इतिहासबाट पाठ सिकेर साम्यवादसम्मको यात्राको नेतृत्व अब कलमले गर्नुपर्ने बताउदै परिवर्तनका बिरोधीहरुका विरुद्ध बामपन्थी पत्रकारहरुले आफ्नो भूमिका स्थापित गर्नुपर्ने बताए । मन्त्रिकार्कीले बामपन्थी जनमतलाई बाहिर ल्याउन नसक्नु प्रगतिशील पत्रकारहरुको कमजोरी रहेको भन्दै आगामी दिनमा त्यस तर्फ ध्यानदिन आग्रह समेत गरे । सम्मेलनमा नेकपा (माओबादी केन्द्र) का सचिबालय सदस्य महेश्वर दाहाल,प्रेस सेन्टर नेपालका केन्द्रीय संयोजक गोबिन्दआचार्य,पत्रकार महासंघका पूर्व महासचिव ओम शर्मा, पत्रकार महासंघका महासचिव उजिर मगर, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत लगायतले जनपक्षीय पत्रकारिताका क्षेत्रमा प्रेस सेन्टरन ेपाल ३ नम्बर प्रदेशले महत्वपूर्ण भूमिका खेल्न सकोस भन्दै सम्मेलन सफलताको शुभकामना दिएका थिए । सम्मेलनले सुनिल खडकाको अध्यक्षतामा २७ सदस्सिय प्रदेस समिति निर्र्बािचत गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: