Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

प्रचण्डले ४७ दिनमै ४ लाख भूकम्पपीडितलाइ रकम उपलब्ध गराए

\"prachanda\"काठमाडौं, ६ असोज ।  पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भूकम्पबाट अति प्रभावित जिल्लाका ८४ प्रतिशत भूकम्प पीडित जनतालाई पहिलो किस्ता उपलब्ध गराएको छ । प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित हुनेबित्तिकै ४५ दिनभित्र भूकम्प पीडितलाई पहिलो किस्ता उपलब्ध गराउने घोषणा गरेका थिए । तर, पूनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशीलराज ज्ञवालीले घोषणा गरिएको मितिमा अनुदान दिन नसकिने बताएपछि प्रचण्डले प्राधिकरणलाई कडा निर्देशन दिँदै ४५ दिनभित्र भूकम्प पीडितले राहत रकम नपाए हेलिकोप्टरबाट भएपनि राहत बितरण गर्ने बताएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि प्राधिकरणले एक महिने विशेष अभियानको घोषणा गरेर अनुदान बितरण गरेको थियो । भूकम्प गएको डेढ वर्ष बितिसक्दा पनि सरकारले भूकम्प पीडितलाई वास्ता नगरेको भन्दै ओली सरकारको ब्यापक आलोचना भएको थियो । ओली नेतृत्वको सरकारले नौ महिनामा जम्मा ३२ हजार भूकम्प पीडितलाई पहिलो किस्ता उपलब्ध गराएको थियो । तर, प्रचण्डले सरकारको नेतृत्व सम्हालेपछि ४७ दिनमै ३ लाख ७५ हजार ७ सय १५ जना पीडितले राहत रकमको पहिलो किस्ता प्राप्त गरेका हुन् । प्रचण्ड सरकारले पहिलो किस्ता समयमै दिएकोमा खुसी व्यक्त गर्दै गोरखाका पीडित दानबहादुर गुरुङ्ले भने, ‘बल्ल देशमा सरकार रहेछ भन्ने अनुभूति भयो । सरकारको निर्णयले हामी उत्साही छौं ।’ यसै गरी सिन्धुपाल्चोकका भूकम्प पीडित डब्बुबिर तामाङले भने, ‘तीन दिनअघि पहिलो किस्ता पायौं । देशमा सरकार छैन झैं लाग्थ्यो, हाम्रो दुख बुझ्ने सरकार पनि नेपालमा रहेछ ।’ भूकम्प पीडित जनतालाई घर पुनर्निर्माणका लागि उपलब्ध गराइने पहिलो किस्ताको अनुदान सहयोग रकम वितरणका लागि भदौ १ गतेदेखि असोज २ गतेसम्म सञ्चालन गरिएको एक महिने विशेष अभियानका क्रममा ३ लाख ७५ हजार ७ सय १५ भूकम्प पीडितहरुलाई १८ अर्ब ७८ करोड ५७ लाख ५० हजार वितरण गरिएको हो । पूनर्निर्माण प्राधिकरणले दिएको जानकारी अनुसार असोज २ गतेसम्म ८४ प्रतिशत घरधनीसँग अनुदान सम्झौता सम्पन्न भएको छ । प्राधिकरणका एक कर्मचारीले भने, ‘ अहिलेसम्म ओली सरकार रहेको भए ४० हजारले पनि अनुदान पाउने थिएनन् होला । प्रचण्ड प्रधानमन्त्री भएपछि अनुदानको कामले तिब्रता पाएको छ । प्रचण्डको काम गर्ने स्प्रिड देखेर हामी पनि चकित् भएका छौं ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending