Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

देशभित्रका पार्टीविरुद्ध भारतमा गएर टिप्पणी गर्नु अपरिपक्व र निन्दनीयः ओली

\"Kp-oli1\"काठमाडौँ, ५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालबाट देशभित्रका पार्टी र अर्को छिमेकीको विरोधमा भारतमा गएर टिका टिप्पणी गरिएको भन्दै अक्रोश व्यक्त गरेका छन् । बुधबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकको थालनीमा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा कुटनीतिक मर्यादा र हैसियत कमजोर भएकाले त्यसमा आफूहरुको गम्भीर असहमति रहेको बताए । उनले भने, ‘देशभित्र कुन पार्टी र नेता भारतको विपक्षमा फलना फलना छन् भनेर नामै तोकेर भारतमा टिप्पणी गरिनु झुठ, अपरिपक्व र अशोभनीय काम हो । अर्को छिमेकी चीनको विरोधमा पनि टिप्पणी भएको पाइएको छ, त्यो सर्वथा देशविरुद्ध छ ।’’ नेपालको आन्तरिक मामलामा अनावश्यक बाह्य चासो निम्त्याइएको र सबै अन्तर्राष्ट्रिय सङ्घ संस्था एवम् मञ्चमा भारतसँग निकट समन्वय गर्ने तथा प्रमुख अन्तर्राष्ट्रिय मामलामा भारतसँग समान धारणा राख्ने भन्ने प्रावधान संयुक्त वक्तव्यमा उल्लेख गरेर नेपालको स्वतन्त्र विदेश नीतिलाई परास्रित गराइएको भन्दै एमालेले असहमति प्रकट गरेको हो । प्रधानमन्त्री दाहाललाई भारत जानुपूर्व आफूहरुले भेटेर लिखित ध्यानाकर्षण गराई देशको स्वाभिमानमा धक्का लाग्ने काम नहोस् र फर्केपछि स्वागत गर्न पाउँ भनेर शुभकामना दिएपनि उहाँ फर्केपछि विरोध गर्नुपर्ने अवस्था आएको अध्यक्ष ओलीले बताए । नेपालले संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलका सिद्धान्त र असङ्लग्न परराष्ट्र नीतिका आधारमा सम्बन्ध विकसित गर्दै आएकामा भारत भ्रमणबाट त्यसको उलङ्घन भएको जनाउँदै उनले चीनसँग आफ्नो सरकारले गरिएका सम्झौता कार्यान्वयनमा सरकारले चासो नदिएको, नयाँ सरकार गठनलगत्तै अनावश्यक र नाटकीय रुपमा विशेष दूत पठाएको भनी आलोचना गरे। अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारका पालना ल्याइएको तीन तहको निर्वाचन कार्यतालिका वर्तमान सरकारले प्रभावित पार्न खोजेको, एमालेलाई तराई– मधेस विरोधी भनाउन खोजिएको, पुनःनिर्माणको काम प्रभावकारी नभएको जस्ता विषय समीक्षा गरी पार्टी सङ्गठनलाई प्रदेशस्तरमा परिचालन गर्न देशव्यापी अभियान सञ्चालनबारे बैठकले निर्णय गर्ने बताए । एमाले सिमलको भुवाले फुर्र उडाउने शक्ति होइन, सङ्घर्षको इतिहास बोकेको शक्ति हो । हाम्रा विरुद्धका सबै भ्रम चिर्ने अभियान लिएर जनस्तरमा जानुपर्छ ।’’ ओलीको आह्वान थियो, ‘संविधान जारी भएको पहिलो दिनलाई कालो दिवस मान्ने घिनलाग्दो प्रवृत्ति पनि देखिएको, संविधानमा भएका जनताका अधिकारबारे जनचेतना फैलाउने जिम्मेवारी पनि हाम्रो हो ।’’ तिन दिन चल्ने भनिएको बैठकमा आज अध्यक्ष ओलीको लिखित प्रतिवेदन प्रस्तुत भई अध्ययनका लागि समय दिइनेछ भने सोमाथि समूहगत आधारमा छलफल हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending