Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

स्थानिय निकायको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई कोइरालाको निर्देशन

\"sujata-koirala\"काठमाडौँ, ५ असोज । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले मुलुकमा संविधान कार्यान्वयनका लागि चाँडो स्थानीय निर्वाचन गराउनुपर्ने बताएकी छिन् । नेपाली काँग्रेस पाल्पा–काठमाडौँ सम्पर्क समितिले बुधबार आयोजना गरेको दसैँ, तिहार, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना तथा सम्मान’ कार्यक्रममा नेत्री कोइरालाले छोटो समयमा धेरै निर्वाचन गराउनु चुनौतीपूर्ण रहेको बताइन । पूर्व उपप्रधानमन्त्री समेत रहेकी कोइरालाले स्थानीय तहमा संविधानले प्रत्याभूत गरेअनुसारको महिला प्रतिनिधित्व सुनिश्चित हुनेपर्नेमा जोड दिँदै स्थानीय निकायको निर्वाचनमा लाग्न कार्यकर्तालाई आग्रह समेत गरिन । उनले भनिन्, “पार्टीभित्रका निर्वाचनमा केही मतभिन्नता भए पनि अरु चुनाव लड्दा एक भएर लागेमात्र विजयी सुनिश्चित हुन्छ ।” उनले संविधान कार्यान्वयनमा सबै दलहरु एक हुनु आवश्यक रहेको बताउँदै मुलुकलाई विकासको बाटोमा लैजानुपर्ने बताइन । काँग्रेस पाल्पाका सांसद हरि नेपालले संविधान निर्माणसँगै राजनीतिक क्रान्ति समाप्त भएकाले अब आर्थिक क्रान्ति मुलुकलाई आवश्यक रहेको बताए । सम्पर्क समितिका अध्यक्ष गोपाल जोशी, काँग्रेस पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्त, इन्जिनियर एसोसिएसनका केन्द्रीय सदस्य सुरेन्द्रप्रताप श्रेष्ठ, महिला सङ्घ केन्द्रीय सदस्य रुपा विश्वकर्मा, रमा पन्त, सीता नेपाललगायतले तराई मधेसमा देखिएको समस्या समाधान गरी संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेत्री कोइरालाले इन्जिनियर एसोसिएसनमा केही दिनअघि भएको निर्वाचनमा केन्द्रीय सदस्य पदमा विजयी श्रेष्ठ, महिला सङ्घको केन्द्रीय सदस्य विजयी विश्वकर्मा, पन्त र नेपाललाई सम्मान गरिएको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending