Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

जनप्रगतिशील मञ्च जापानको एकता अधिबेशन सम्पन्न, अध्यक्षमा हवलचन्द्र लामा

\"japan_yakata_mancha\"जापान, ५ असोज । नेपाली जनप्रगतिशील मोर्चा जापानको पाँचौ एकता अधिवेशनले हवलचन्द्र लामाको अध्यक्षतामा ४९ सदस्यीय कार्यसमिति गठन गरेको छ । सोमबार टोकियोमा भएको अधिवेशनसंगै नेकपा माओबादीका दुई भ्रात्तृ संगठनहरुबीच एकता भएको छ । अधिवेशनबाट तत्कालिन नेकपा एमाओबादी र नेकपा माओबादीको भ्रात्तृसंगठन नेपाली जनप्रगतिशील मोर्चा र नेपाली जनप्रगतिशील मञ्चबीच एकता भई नेपाली जनप्रगतिशील मञ्च जापान कायम भएको छ । नेकपा माओबादी केन्द्रको संसारभरि रहेका भ्रात्तृसंगठनहरु मञ्चको नामले क्रियाशील रहेकोले अधिवेशनबाट एकता पछिको नाम मञ्च कायम गरिएको हो । अधिवेशनद्वारा सर्बसम्मत गठित ४९ सदस्यीय कार्यसमितिको पाँच जना उपाध्यक्षहरूमा हिमाल भट्टराई, मोहन पौडेल, रामु खड्का, रोशन श्रेष्ठ र लोकनाथ अधिकारी चयन भएका छन् भने महासचिवमा श्यामहरि पाण्डे, उपमहासचिवमा बाबुराम पौडेल, सचिवद्वयमा जनक सुबेदी र सरोज धिताल, कोषाध्यक्ष श्रवण सत्याल, सहकोषाध्यक्ष लेखनाथ शर्मा रहेका छन् । प्रमुख अतिथिको आसनबाट अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेकपा माओबादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य देव गुरुङले जुनसुकै विचार र आस्था वा समुदायको ब्यक्ति भए पनि बिदेशमा नेपालीहरु एकैथलोमा उभिएर बृहत्तर एकता कायम गर्न आग्रह गरे । ही एकताको जगमा उभिएर मुलुक संकटमा परेको बेला प्रवासमा रहेका नेपालीहरुले सहकार्य गर्न अपिल गरे । यसैगरी अर्का नेता माओबादी केन्द्रका सचिवालय सदस्य लिलामणि पोखरेलले परिवर्तित सन्दर्भमा मुलुक निर्माणमा प्रवासी नेपालीहरुको भूमिका अत्यन्त महत्वपूर्ण रहने धारणा ब्यक्त गरे । यसैगरी माओबादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा बिदेश बिभाग सचिव युवराज चौलागार्इँले बिदेशमा बसेका नेपालीहरुले हासिल गरेको ज्ञान, सीप, दक्षता र पूँजी मुलुक निर्माणमा उपयोग गरिनुपर्ने र यस्ता कार्यमा संघसंस्थाहरुले भूमिका खेल्नुपर्ने बिचार ब्यक्त गरे । अधिवेशन समारोहमा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा, मोर्चाका पूर्व अध्यक्ष बेलु थापा, प्रवासी नेपाली मञ्चका अध्यक्ष कृष्ण खड्का, नेपाली जनसम्पर्क समितिका अध्यक्ष डिपी कँडेल, एनआरएन जापानका उपाध्यक्ष देवीलाल भण्डारी, नेपाली जनप्रगतिशील समाजका अध्यक्ष दिनेश शाही, अन्तर्राष्ट्रिय नेपाली समाजका संयोजक पदम ठगुन्ना लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । मञ्चका नवनिर्वाचित अध्यक्ष लामाको सभापतित्वमा भएको सो अधिवेशन समारोहमा उपाध्यक्ष लोकनाथ अधिकारीको स्वागत मन्तब्य रहेको थियो भने महासचिव श्यामहरि पाण्डेको सञ्चालन रहेको थियो । अधिवेशनको बन्द सत्रले निबर्तमान महासचिव हिमाल भट्टराईले प्रस्तुत गरेको सांगठानिक राजनैतिक प्रतिबेदन र निबर्तमान कोषाध्यक्ष मोहन पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिबेदनलाई पारित गरेको थियो भने निबर्तमान उपाध्यक्ष रामहरि पुँडासैनीद्वारा प्रस्तुत सामान्य बिधान संशोधन प्रस्ताव पनि पारित गरिएको छ । बन्द सत्रको क्रममा नेता त्रयले कार्यकर्ताहरुलाई प्रशिक्षण पनि दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies