Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

पनामा पेपर्सबाट विश्वमै हंगामा मच्चाएका पत्रकार टोली काठमाडौं आउँदै

\"investigative-reporter\" काठमाडौं, ४ असोज । पनामा पेपर्स सार्वजनिक गरी विश्वमै तहल्का मच्चाएका पत्रकारहरु काठमाडौँ आउने भएका छन् । पनामा पेपर्सको अनुसन्धानमा संलग्न पत्रकारसहित विश्वकै खोजमुलक पत्रकारहरु काठमाडौं आउने भएका हुन् । अमेरिका, बेलायत, स्पेन, जर्मनी, इटली, हङकङ, पाकिस्तान, मलेसिया, थाइल्याण्ड, इन्डोनेसिया, सर्विया, मंगोलिया, कोरिया, स्विडेन, जापान, फिलिपिन्स, रोमानिया र भारतका गरी पानामा पेपर्स अनुसन्धानमा संलग्न १९ जना पत्रकार काठमाडौं आउँदैछन् । एशियाली खोज पत्रकारिता सम्मेलनमा भाग लिन विश्वमै चर्चित खोज पत्रकारहरु काठमाडौं आउने भएको आयोजक खोज पत्रकार समूहले जनाएको छ । विहीबारदेखि काठमाडौंको याक एण्ड यति होटलमा दोस्रो एसियाली खोज पत्रकारिता सम्मेलन हुँदैछ । सम्मेलनमा भ्रष्टाचार संगठित अपराध, मानव बेचविखन जस्ता विषयमा कलम चलाएका ३० देशका ३ सय ५० भन्दा बढी खोज पत्रकारको जमघट हुनेछ । सम्मेलनमा एपी, एएफपी, गार्जिएन, एनएचके, इन्डियन एक्सप्रेस, रोयटर्स लगायतका चर्चित सञ्चारमाध्यमा कार्यरत खोज पत्रकारसहित बेलायत, अमेरिका, कोलम्बिया, फिलिफिन्स लगायतका देशका खोज पत्रकार पनि सहभागी हुने बताएको छ । यस्तै, स्पटलाइट टिममा ७ वर्ष प्रमुख पनि बनेर काम गरिसकेका अमेरिकाको बोस्टन ग्लोव पत्रिकाका सम्पादक तथा वाल्टर भी रोविन्सन, स्टेभेन गन, थमसन रोयटर्सका सम्पादक रेग चाउ, न्युयोर्क टाइम्सका खोज पत्रकार एन्डी लेह्रान, न्युयोर्क टाइम्सका जुल्फिकर अलि लगायत पनि काठमाडौं आउनेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: