Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

माओवादी केन्द्रको सांगठनिक भद्रगोलताको निकास यसरी हुन्छ

क्रान्तिकारीहरूको एउटा निष्र्कष छ– सामाजिक रूपान्तरणका निम्ति दुईवटा आधार अपरिहार्य हुन्छन् । एउटा, वैज्ञानिक सिद्धान्त, अर्को क्रान्तिकारी संगठन । सामाजिक रूपान्तरणका निम्ति वैज्ञानिक, वस्तुवादी, क्रान्तिकारी दर्शन, विचारधारा र चिन्तन चाहिन्छ भन्ने एउटा अपरिहार्य आवश्यकता हो । दोस्रो, रूपान्तरणका निम्ति फेरि संगठन चाहिन्छ, नेतृत्व चाहिन्छ । त्योविना पनि सामाजिक रूपान्तरण सम्भव छैन । यसका लागि सबैभन्दा पहिले सही विचारधारात्मक सिद्धान्त आवश्यक पर्छ । र, त्यो सिद्धान्तलाई लागू गर्ने नेतृत्व र संगठन चाहिन्छ । यो सिद्धान्त र व्यवहारको द्वन्द्ववादबाटै सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने उद्देश्यसाथ कम्युनिस्ट पार्टी र त्यसको संगठन निर्माण भएको हो । कम्युनिस्ट भनेको एउटा दर्शन र अर्को संगठन पनि हो । त्यसकारण कम्युनिस्ट पार्टी र त्यसको संगठन कस्तो हुने रु भन्ने सन्दर्भमा कम्युनिस्ट आन्दोलनभित्र ठुल्ठूला बहस भएका छन् । कम्युनिस्ट दर्शनलाई सबैभन्दा वैज्ञानिक र सुसंगत ढंगबाट प्रतिपादन गर्ने माक्र्स, ऐंगेल्सहरू नै थिए । उनीहरूले एकातिर सिद्धान्त र अर्कातिर सिद्धान्तअनुसार दुनियाँ बदल्नका निम्ति सर्वहारा वर्गको अग्रदस्ता पार्टी चाहिन्छ भनेर सुरुमा कम्युनिस्ट लिग गठन गरेका थिए । उनीहरूले कम्युनिस्टहरूको विश्व संगठनका रूपमा त्यसलाई स्थापना गरे । त्यसपछि विभिन्न देशमा सामाजिक क्रान्ति र परिवर्तनका निम्ति कम्युनिस्ट पार्टीहरूको गठन भयो । यो गठनसँगै कम्युनिस्ट पार्टी कुन सिद्धान्तका आधारमा गठन गर्ने भन्ने विषयमा निरन्तर बहस हुँदै आएको पाइन्छ । \"badal\"रुसमा लेनिनले कम्युनिस्ट पार्टी र त्यसको संगठन कस्तो बनाउने, कुन आधारमा बनाउने भन्ने विषयमा जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त प्रतिपादन गरे । कम्युनिस्ट पार्टीको संगठन पिरामिड आकारमा हुनुपर्छ । कम्युनिस्ट पार्टी भनेको वर्गको अग्रदस्ता र पेसेवर क्रान्तिकारीहरू समेटिएको हुनुपर्छ भन्ने सिद्धान्त लेनिनको थियो । यो बहसले रुसको कम्युनिस्ट पार्टीभित्र मतभेद नै ल्यायो जसबाट पार्टी विभाजनकै अवस्थासम्म व्यहोर्नुप¥यो । अहिले विश्वभरका कम्युनिस्टले कम्युनिस्ट पार्टीको निर्माणका सन्दर्भमा अवलम्बन गर्ने सिद्धान्त भनेको जनवादी केन्द्रीयता नै हो । त्यसकारण सिद्धान्ततः कुरा गर्ने हो भने कम्युनिस्ट पार्टी एउटा कुनै जनसंगठनको रूपमा नभएर त्यो वर्गको अग्रदस्ता हुनुपर्छ । सबैभन्दा सचेत वर्गहरूको समुचित अभिव्यक्तिका रूपमा गठन हुनुपर्छ । कम्युनिस्ट पार्टी मजदुर, सर्वहारा वर्गको एउटा मास संगठन होइन । जनसंगठनको रूपमा हुनुहुँदैन । कम्युनिस्ट पार्टीको संगठन जुझारु त्यसवेला हुन्छ, जतिवेला यो सबैभन्दा सचेत, सबैभन्दा प्रतिभाशाली अनुभवी प्रतिनिधिको संगठित दस्ताका रूपमा निर्माण हुन सक्छ । त्यही कम्युनिस्ट दर्शनको सिद्धान्तका आधारमा लेनिनले रुसमा, युरोपमा सामाजिक क्रान्ति गरे, समाजवादी क्रान्ति गरे । त्यसकारण माओको पालासम्म आइपुग्दा उनले चीन र पिछडिएका मुलुकको सन्दर्भमा कम्युनिस्ट पार्टी कस्तो हुनुपर्छ र त्यो पार्टी कसरी चल्नुपर्छ भन्नेबारे कम्युनिस्ट पार्टीका सिद्धान्त र त्यसको परिचालन गर्ने विधि र प्रक्रियालाई थप विकास गरेका थिए । माओले कम्युनिस्ट पार्टी लडाकु, जुझारु हुनुपर्छ भन्ने सिद्धान्त अगाडि सारे । चीन अथवा पिछडिएका मुलुकका सन्दर्भमा जहाँ सामान्तवाद एकदम शक्तिशाली छ, साम्राज्यवाद जब्बर रूपमा बसेको छ, त्यसलाई ढाल्न त्यहाँको पार्टी एक ढंगले सैन्य संगठनका रूपमा देखिनुपर्छ । संघर्षको एउटा मुख्य रूपका रूपमा त्यो जुझारु हुनुपर्छ । वर्गसंघर्षको स्वरूपमा हुनुपर्छ भन्ने सिद्धान्त माओले प्रतिपादन गरेका थिए । अब प्रश्न उठ्छ, के त्यसो भए, लेनिन, माओले भनेजसो गरी नेपालमा हामीले त्यस्तो कम्युनिस्ट पार्टी निर्माण गर्न सकेका छौँ त रु नेपालमा कम्युनिस्ट पार्टीको निर्माण र यहाँको क्रान्ति, सामाजिक रूपान्तरणका निम्ति कस्तो सिद्धान्त हुनुपर्ला रु कस्तो कार्यदिशा अवलम्बन गर्नुपर्ला रु यस विषयमा पनि काफी मात्रामा बहस छ । यो विषयमा निकै लामो बहस भइरहेको छ र हामी पनि त्यही बहसमा छौँ । ०४६ को आन्दोलनपश्चात ०५२ सम्म आउँदा यो बहस एउटा उत्कर्षमा पुग्यो । पञ्चायतको अन्त्यपश्चात पनि नेपाली जनताले पूर्ण रूपमा अधिकार प्राप्त गर्न सकेनन् । यहाँ सर्वहारावर्ग हाबी हुन सकेन । त्यसकारण फेरि नेपाली क्रान्तिको कार्यदिशाको प्रश्न यहाँ बहसका रूपमा अगाडि आयो । त्यसले फेरि एउटा नयाँ कम्युनिस्ट पार्टीको संगठन निर्माण गर्नुपर्ने आवश्यकता हामीबीच पैदा ग¥यो । त्यो आन्दोलनले पैदा गरायो । ०५२ सालपछि हामीले देख्यौँ कि कम्युनिस्ट पार्टी एउटा सैन्य संगठनका रूपमा विकास भयो । त्यसले राजनीतिक र वैचारिक दृष्टिमा पनि एउटा नयाँ कार्यदिशा नेपालको कम्युनिस्ट आन्दोलनले स्थापित गरायो । ०६२(६३ सम्म आउँदा त्यसले ठुल्ठूला उपलब्धि हासिल पनि ग¥यो । सामाजिक रूपान्तरणका सन्दर्भमा हलचल पनि त्यसले पैदा गरायो । तर, ०६२(६३ यता आइसकेपछि एकातिर फेरि एक ढंगले वैचारिक अन्योल देखा प(यो । अर्कोतिर संगठनको क्षेत्रमा एउटा अराजकता, एउटा ठूलो विशृंखलता, फुट–विभाजनको स्थिति पनि हाम्रो कम्युनिस्ट आन्दोलनमा देखा प(यो । त्यसैले अहिले तत्कालीन कोणबाट हेर्दा नेपालको सन्दर्भमा पनि र विश्वको सन्दर्भमा पनि दुवै कोणमा एकातिर सामाजिक रूपान्तरणको वैचारिक राजनीतिक कार्यदिशालाई हामीले नयाँ धरातलमा उठाउनुपर्ने, नयाँ कम्युनिस्ट घोषणापत्र हामीले निर्माण गर्नुपर्ने आवश्यकता अहिले देखा परेको छ । अर्कातिर, विश्व क्रान्तिलाई हाँक्ने अथवा विभिन्न देशका आ–आफ्ना राष्ट्रिय क्रान्तिलाई हाँक्ने नयाँ कम्युनिस्ट पार्टीको नयाँ संगठनात्मक कार्यदिशा, नयाँ नेतृत्व आवश्यक भएको घटनाक्रमले देखाएको छ । अहिले हाम्रो पार्टी यिनै दुईवटा विषयलाई लिएर वैचारिक रूपमा नयाँ कार्यदिशा, नयाँ संश्लेषणको आवश्यकताको खोजीमा छ । त्यसको संश्लेषणका निम्ति हामी महाधिवेशनको तयारी गरिरहेका छौँ । महाधिवेशनको प्रक्रियामार्फत हामीले नयाँ वैचारिक संश्लेषण गर्ने, नयाँ नेपालको क्रान्तिको नयाँ कम्युनिस्ट घोषणापत्र र अर्को सन्दर्भमा विश्व क्रान्तिको पनि एउटा घोषणापत्र अहिले आवश्यक छ भन्ने निष्कर्षमा पुगेका छौँ । अर्कातिर नयाँ कम्युनिस्ट पार्टी निर्माण गर्नका निम्ति अहिले विभिन्न विभाजित घटकको एउटा मञ्च स्थापित गरेका छौँ । त्यो मञ्च अहिले नयाँ कम्युनिस्ट पार्टी बनिसकेको छैन । हामीले विभाजित कम्युनिस्ट क्रान्तिकारीलाई एउटा मञ्चमा उभ्याउन मात्र सफल भएका छौँ । पार्टी एकताको नीतिमार्फत यो प्रक्रिया अहिले पनि चलि नै रहेको छ । एकताको प्रक्रिया अहिले नै पूरा भएको छैन । यो एकताको प्रक्रियापछि नयाँ कम्युनिस्ट पार्टी निर्माण गर्ने र त्यसको सञ्चालनका निम्ति हामीलाई नयाँ संगठनात्मक कार्यदिशा, नयाँ विधि–विधान आवश्यक पर्ने हुन्छ । त्यसैको कार्यदिशा विकास गर्ने क्रममा अहिले हामी छौँ । माओवादी केन्द्रको निकट भविष्यमा हुने महाधिवेशनमा नयाँ कम्युनिस्ट पार्टी, नेतृत्व र संगठनात्मक कार्यदिशा निर्माण गर्न हामी सफल हुन्छौँ भन्ने विश्वास छ । अहिले विश्वभरका सर्वहारा वर्गका अगाडि तात्कालिक दृष्टिकोणबाट हेर्दा दुई मुख्य चुनौतीको सामना गर्नुपर्ने आवश्यकता देखिएको छ । नयाँ वैचारिक संश्लेषण गर्दै नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माण गर्ने र नयाँ कम्युनिस्ट इन्टरनेसनल गठन गर्ने चुनौती र कार्यभार अहिले आइलागेको छ । यही कार्यभार पूरा गर्न माओवादी केन्द्र अगाडि बढिरहेको छ । अहिले हामीले १० वटा माओवादी घटक अर्थात् क्रान्तिकारी कम्युनिस्टहरू, जसले माओवादलाई वैचारिक पथप्रदर्शकका रूपमा स्वीकार गर्छन्, तिनीहरूको एकता गरेका छौँ । हामी सबै एकता प्रक्रियामा सम्मिलित भएका छौँ । यो अहिले केन्द्रीय तहदेखि स्थानीय तहसम्म एकीकरण प्रक्रियामा अगाडि बढिरहेको छ । अहिले हामीले पार्टी कमिटीहरू ठूला बनाएका छौँ । विशाल संख्यामा अहिले आयोजक कमिटी बनेका छन् । महाधिवेशन आयोजक कमिटी र स्थानीय स्तरमा हुने सम्मेलन आयोजक कमिटी हामीले निर्माण गरेका छौँ । यसले कतिपय अर्थमा प्रश्न उठाएको छ । विशाल संख्यामा एउटा मास अर्गनाइजेसनका रूपमा, जनसंगठनका रूपमा आयोजक कमिटीहरू अथवा कम्युनिस्ट कमिटी हामीले निर्माण गरिरहेका छौँ । यसले हामी विचलनतिर त छैनौँ रु भन्ने प्रश्न पनि उठाएको छ । यस विषयमा अहिले माओवादी केन्द्रको नेतृत्व सतर्क र सजग छ । अहिले जुन ढंगका हाम्रा कमिटी बनेका छन्, यी वास्तवमा कम्युनिस्ट पार्टी, संगठनका रूपमा छैनन् । मैले माथि उल्लेख पनि गरिसकेको छु कि नेपालमा यस्तो संगठनले हुँदैन, एउटा नयाँ कम्युनिस्ट पार्टी र संगठनको आवश्यकता छ यहाँ । त्यो अहिले बनिसकेको छैन । अहिले हामी त्यस्तै पार्टी र संगठन निर्माण गर्ने प्रक्रियामा छौँ । त्यसकारण अहिलेको हाम्रो संगठन मञ्चका रूपमा मात्र रहेको छ । अहिले विभिन्न घटकमा रहेका सबै प्रवृत्तिलाई हामी एउटै केन्द्रमा आबद्ध गर्न सफल भएका छौँ । तर, कम्युनिस्ट पार्टी र त्यसको जुन किसिमको कमिटी हुनुपर्ने हो, त्यो अहिले बनिसकेको छैन । त्यो अन्तरविरोध अहिले छ । त्यसकारण हाम्रा विरोधी हामीभित्रको यही संगठनात्मक अन्तरविरोधमा खेल्न खोजिरहेका छन् । माओवादीको अहिलेका आयोजक कमिटीलाई एउटा हास्यपात्रका रूपमा, एउटा प्रहारको रूपमा निसाना बनाइँदै छ । त्यसले इमानदार जनतामा अथवा हाम्रै पार्टीको आन्तरिक पंक्तिमा पनि कतै हामी विचलनतिर त छैनौँ भन्ने प्रश्न उठाएको छ । जिज्ञासा उठाएको छ । र, संगठनभित्रका कैयन् प्रवृत्तिलाई पनि त्यसले उत्तेजित बनाएको छ । त्यसकारण यो अन्तरविरोधमा खेल्ने परिस्थिति पैदा गरिदिएको छ । संगठनभित्रको यी अन्तरविरोधको समाधान हामीले खोज्नैपर्छ । माओवादीको राजनीतिक श्रेष्ठतालाई हाम्रा संगठनभित्र देखा परेको अन्तरविरोधभित्र खेलेर विरोधी पक्षले जसरी कमजोर पार्न खोजिरहेका छन्, यसलाई हामीले छिटै हल गर्नुपर्छ । विरोधी पक्ष हाम्रा संगठनात्मक अन्तरविरोधमा खेल्न खोजिरहेका छन् भन्ने बुझेर यसलाई हामीले अन्त्य गरिदिनुपर्छ भनी लागेका छौँ । त्यसका लागि निकट भविष्यमै हामी पार्टीको राष्ट्रिय भेला गर्दै छौँ । छिटै नै स्थानीय तहमा सम्मेलन गर्दै छौँ । त्यो सम्मेलन र राष्ट्रिय भेलाबाट यो अन्तरविरोधलाई हामी हल गर्दै छौँ । पार्टीको कस्तो किसिमको कमिटी बनाउनुपर्ने र कस्तो किसिमको संगठन बन्नुपर्ने भन्ने सवाललाई सम्मेलन र भेलाद्वारा हामी छिटै समाधान गर्दै छौँ । आजको नयाँ पत्रिकाबाट सभार (बादल नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख हुन्)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending