Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

माओवादी केन्द्रको सांगठनिक भद्रगोलताको निकास यसरी हुन्छ

क्रान्तिकारीहरूको एउटा निष्र्कष छ– सामाजिक रूपान्तरणका निम्ति दुईवटा आधार अपरिहार्य हुन्छन् । एउटा, वैज्ञानिक सिद्धान्त, अर्को क्रान्तिकारी संगठन । सामाजिक रूपान्तरणका निम्ति वैज्ञानिक, वस्तुवादी, क्रान्तिकारी दर्शन, विचारधारा र चिन्तन चाहिन्छ भन्ने एउटा अपरिहार्य आवश्यकता हो । दोस्रो, रूपान्तरणका निम्ति फेरि संगठन चाहिन्छ, नेतृत्व चाहिन्छ । त्योविना पनि सामाजिक रूपान्तरण सम्भव छैन । यसका लागि सबैभन्दा पहिले सही विचारधारात्मक सिद्धान्त आवश्यक पर्छ । र, त्यो सिद्धान्तलाई लागू गर्ने नेतृत्व र संगठन चाहिन्छ । यो सिद्धान्त र व्यवहारको द्वन्द्ववादबाटै सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने उद्देश्यसाथ कम्युनिस्ट पार्टी र त्यसको संगठन निर्माण भएको हो । कम्युनिस्ट भनेको एउटा दर्शन र अर्को संगठन पनि हो । त्यसकारण कम्युनिस्ट पार्टी र त्यसको संगठन कस्तो हुने रु भन्ने सन्दर्भमा कम्युनिस्ट आन्दोलनभित्र ठुल्ठूला बहस भएका छन् । कम्युनिस्ट दर्शनलाई सबैभन्दा वैज्ञानिक र सुसंगत ढंगबाट प्रतिपादन गर्ने माक्र्स, ऐंगेल्सहरू नै थिए । उनीहरूले एकातिर सिद्धान्त र अर्कातिर सिद्धान्तअनुसार दुनियाँ बदल्नका निम्ति सर्वहारा वर्गको अग्रदस्ता पार्टी चाहिन्छ भनेर सुरुमा कम्युनिस्ट लिग गठन गरेका थिए । उनीहरूले कम्युनिस्टहरूको विश्व संगठनका रूपमा त्यसलाई स्थापना गरे । त्यसपछि विभिन्न देशमा सामाजिक क्रान्ति र परिवर्तनका निम्ति कम्युनिस्ट पार्टीहरूको गठन भयो । यो गठनसँगै कम्युनिस्ट पार्टी कुन सिद्धान्तका आधारमा गठन गर्ने भन्ने विषयमा निरन्तर बहस हुँदै आएको पाइन्छ । \"badal\"रुसमा लेनिनले कम्युनिस्ट पार्टी र त्यसको संगठन कस्तो बनाउने, कुन आधारमा बनाउने भन्ने विषयमा जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त प्रतिपादन गरे । कम्युनिस्ट पार्टीको संगठन पिरामिड आकारमा हुनुपर्छ । कम्युनिस्ट पार्टी भनेको वर्गको अग्रदस्ता र पेसेवर क्रान्तिकारीहरू समेटिएको हुनुपर्छ भन्ने सिद्धान्त लेनिनको थियो । यो बहसले रुसको कम्युनिस्ट पार्टीभित्र मतभेद नै ल्यायो जसबाट पार्टी विभाजनकै अवस्थासम्म व्यहोर्नुप¥यो । अहिले विश्वभरका कम्युनिस्टले कम्युनिस्ट पार्टीको निर्माणका सन्दर्भमा अवलम्बन गर्ने सिद्धान्त भनेको जनवादी केन्द्रीयता नै हो । त्यसकारण सिद्धान्ततः कुरा गर्ने हो भने कम्युनिस्ट पार्टी एउटा कुनै जनसंगठनको रूपमा नभएर त्यो वर्गको अग्रदस्ता हुनुपर्छ । सबैभन्दा सचेत वर्गहरूको समुचित अभिव्यक्तिका रूपमा गठन हुनुपर्छ । कम्युनिस्ट पार्टी मजदुर, सर्वहारा वर्गको एउटा मास संगठन होइन । जनसंगठनको रूपमा हुनुहुँदैन । कम्युनिस्ट पार्टीको संगठन जुझारु त्यसवेला हुन्छ, जतिवेला यो सबैभन्दा सचेत, सबैभन्दा प्रतिभाशाली अनुभवी प्रतिनिधिको संगठित दस्ताका रूपमा निर्माण हुन सक्छ । त्यही कम्युनिस्ट दर्शनको सिद्धान्तका आधारमा लेनिनले रुसमा, युरोपमा सामाजिक क्रान्ति गरे, समाजवादी क्रान्ति गरे । त्यसकारण माओको पालासम्म आइपुग्दा उनले चीन र पिछडिएका मुलुकको सन्दर्भमा कम्युनिस्ट पार्टी कस्तो हुनुपर्छ र त्यो पार्टी कसरी चल्नुपर्छ भन्नेबारे कम्युनिस्ट पार्टीका सिद्धान्त र त्यसको परिचालन गर्ने विधि र प्रक्रियालाई थप विकास गरेका थिए । माओले कम्युनिस्ट पार्टी लडाकु, जुझारु हुनुपर्छ भन्ने सिद्धान्त अगाडि सारे । चीन अथवा पिछडिएका मुलुकका सन्दर्भमा जहाँ सामान्तवाद एकदम शक्तिशाली छ, साम्राज्यवाद जब्बर रूपमा बसेको छ, त्यसलाई ढाल्न त्यहाँको पार्टी एक ढंगले सैन्य संगठनका रूपमा देखिनुपर्छ । संघर्षको एउटा मुख्य रूपका रूपमा त्यो जुझारु हुनुपर्छ । वर्गसंघर्षको स्वरूपमा हुनुपर्छ भन्ने सिद्धान्त माओले प्रतिपादन गरेका थिए । अब प्रश्न उठ्छ, के त्यसो भए, लेनिन, माओले भनेजसो गरी नेपालमा हामीले त्यस्तो कम्युनिस्ट पार्टी निर्माण गर्न सकेका छौँ त रु नेपालमा कम्युनिस्ट पार्टीको निर्माण र यहाँको क्रान्ति, सामाजिक रूपान्तरणका निम्ति कस्तो सिद्धान्त हुनुपर्ला रु कस्तो कार्यदिशा अवलम्बन गर्नुपर्ला रु यस विषयमा पनि काफी मात्रामा बहस छ । यो विषयमा निकै लामो बहस भइरहेको छ र हामी पनि त्यही बहसमा छौँ । ०४६ को आन्दोलनपश्चात ०५२ सम्म आउँदा यो बहस एउटा उत्कर्षमा पुग्यो । पञ्चायतको अन्त्यपश्चात पनि नेपाली जनताले पूर्ण रूपमा अधिकार प्राप्त गर्न सकेनन् । यहाँ सर्वहारावर्ग हाबी हुन सकेन । त्यसकारण फेरि नेपाली क्रान्तिको कार्यदिशाको प्रश्न यहाँ बहसका रूपमा अगाडि आयो । त्यसले फेरि एउटा नयाँ कम्युनिस्ट पार्टीको संगठन निर्माण गर्नुपर्ने आवश्यकता हामीबीच पैदा ग¥यो । त्यो आन्दोलनले पैदा गरायो । ०५२ सालपछि हामीले देख्यौँ कि कम्युनिस्ट पार्टी एउटा सैन्य संगठनका रूपमा विकास भयो । त्यसले राजनीतिक र वैचारिक दृष्टिमा पनि एउटा नयाँ कार्यदिशा नेपालको कम्युनिस्ट आन्दोलनले स्थापित गरायो । ०६२(६३ सम्म आउँदा त्यसले ठुल्ठूला उपलब्धि हासिल पनि ग¥यो । सामाजिक रूपान्तरणका सन्दर्भमा हलचल पनि त्यसले पैदा गरायो । तर, ०६२(६३ यता आइसकेपछि एकातिर फेरि एक ढंगले वैचारिक अन्योल देखा प(यो । अर्कोतिर संगठनको क्षेत्रमा एउटा अराजकता, एउटा ठूलो विशृंखलता, फुट–विभाजनको स्थिति पनि हाम्रो कम्युनिस्ट आन्दोलनमा देखा प(यो । त्यसैले अहिले तत्कालीन कोणबाट हेर्दा नेपालको सन्दर्भमा पनि र विश्वको सन्दर्भमा पनि दुवै कोणमा एकातिर सामाजिक रूपान्तरणको वैचारिक राजनीतिक कार्यदिशालाई हामीले नयाँ धरातलमा उठाउनुपर्ने, नयाँ कम्युनिस्ट घोषणापत्र हामीले निर्माण गर्नुपर्ने आवश्यकता अहिले देखा परेको छ । अर्कातिर, विश्व क्रान्तिलाई हाँक्ने अथवा विभिन्न देशका आ–आफ्ना राष्ट्रिय क्रान्तिलाई हाँक्ने नयाँ कम्युनिस्ट पार्टीको नयाँ संगठनात्मक कार्यदिशा, नयाँ नेतृत्व आवश्यक भएको घटनाक्रमले देखाएको छ । अहिले हाम्रो पार्टी यिनै दुईवटा विषयलाई लिएर वैचारिक रूपमा नयाँ कार्यदिशा, नयाँ संश्लेषणको आवश्यकताको खोजीमा छ । त्यसको संश्लेषणका निम्ति हामी महाधिवेशनको तयारी गरिरहेका छौँ । महाधिवेशनको प्रक्रियामार्फत हामीले नयाँ वैचारिक संश्लेषण गर्ने, नयाँ नेपालको क्रान्तिको नयाँ कम्युनिस्ट घोषणापत्र र अर्को सन्दर्भमा विश्व क्रान्तिको पनि एउटा घोषणापत्र अहिले आवश्यक छ भन्ने निष्कर्षमा पुगेका छौँ । अर्कातिर नयाँ कम्युनिस्ट पार्टी निर्माण गर्नका निम्ति अहिले विभिन्न विभाजित घटकको एउटा मञ्च स्थापित गरेका छौँ । त्यो मञ्च अहिले नयाँ कम्युनिस्ट पार्टी बनिसकेको छैन । हामीले विभाजित कम्युनिस्ट क्रान्तिकारीलाई एउटा मञ्चमा उभ्याउन मात्र सफल भएका छौँ । पार्टी एकताको नीतिमार्फत यो प्रक्रिया अहिले पनि चलि नै रहेको छ । एकताको प्रक्रिया अहिले नै पूरा भएको छैन । यो एकताको प्रक्रियापछि नयाँ कम्युनिस्ट पार्टी निर्माण गर्ने र त्यसको सञ्चालनका निम्ति हामीलाई नयाँ संगठनात्मक कार्यदिशा, नयाँ विधि–विधान आवश्यक पर्ने हुन्छ । त्यसैको कार्यदिशा विकास गर्ने क्रममा अहिले हामी छौँ । माओवादी केन्द्रको निकट भविष्यमा हुने महाधिवेशनमा नयाँ कम्युनिस्ट पार्टी, नेतृत्व र संगठनात्मक कार्यदिशा निर्माण गर्न हामी सफल हुन्छौँ भन्ने विश्वास छ । अहिले विश्वभरका सर्वहारा वर्गका अगाडि तात्कालिक दृष्टिकोणबाट हेर्दा दुई मुख्य चुनौतीको सामना गर्नुपर्ने आवश्यकता देखिएको छ । नयाँ वैचारिक संश्लेषण गर्दै नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माण गर्ने र नयाँ कम्युनिस्ट इन्टरनेसनल गठन गर्ने चुनौती र कार्यभार अहिले आइलागेको छ । यही कार्यभार पूरा गर्न माओवादी केन्द्र अगाडि बढिरहेको छ । अहिले हामीले १० वटा माओवादी घटक अर्थात् क्रान्तिकारी कम्युनिस्टहरू, जसले माओवादलाई वैचारिक पथप्रदर्शकका रूपमा स्वीकार गर्छन्, तिनीहरूको एकता गरेका छौँ । हामी सबै एकता प्रक्रियामा सम्मिलित भएका छौँ । यो अहिले केन्द्रीय तहदेखि स्थानीय तहसम्म एकीकरण प्रक्रियामा अगाडि बढिरहेको छ । अहिले हामीले पार्टी कमिटीहरू ठूला बनाएका छौँ । विशाल संख्यामा अहिले आयोजक कमिटी बनेका छन् । महाधिवेशन आयोजक कमिटी र स्थानीय स्तरमा हुने सम्मेलन आयोजक कमिटी हामीले निर्माण गरेका छौँ । यसले कतिपय अर्थमा प्रश्न उठाएको छ । विशाल संख्यामा एउटा मास अर्गनाइजेसनका रूपमा, जनसंगठनका रूपमा आयोजक कमिटीहरू अथवा कम्युनिस्ट कमिटी हामीले निर्माण गरिरहेका छौँ । यसले हामी विचलनतिर त छैनौँ रु भन्ने प्रश्न पनि उठाएको छ । यस विषयमा अहिले माओवादी केन्द्रको नेतृत्व सतर्क र सजग छ । अहिले जुन ढंगका हाम्रा कमिटी बनेका छन्, यी वास्तवमा कम्युनिस्ट पार्टी, संगठनका रूपमा छैनन् । मैले माथि उल्लेख पनि गरिसकेको छु कि नेपालमा यस्तो संगठनले हुँदैन, एउटा नयाँ कम्युनिस्ट पार्टी र संगठनको आवश्यकता छ यहाँ । त्यो अहिले बनिसकेको छैन । अहिले हामी त्यस्तै पार्टी र संगठन निर्माण गर्ने प्रक्रियामा छौँ । त्यसकारण अहिलेको हाम्रो संगठन मञ्चका रूपमा मात्र रहेको छ । अहिले विभिन्न घटकमा रहेका सबै प्रवृत्तिलाई हामी एउटै केन्द्रमा आबद्ध गर्न सफल भएका छौँ । तर, कम्युनिस्ट पार्टी र त्यसको जुन किसिमको कमिटी हुनुपर्ने हो, त्यो अहिले बनिसकेको छैन । त्यो अन्तरविरोध अहिले छ । त्यसकारण हाम्रा विरोधी हामीभित्रको यही संगठनात्मक अन्तरविरोधमा खेल्न खोजिरहेका छन् । माओवादीको अहिलेका आयोजक कमिटीलाई एउटा हास्यपात्रका रूपमा, एउटा प्रहारको रूपमा निसाना बनाइँदै छ । त्यसले इमानदार जनतामा अथवा हाम्रै पार्टीको आन्तरिक पंक्तिमा पनि कतै हामी विचलनतिर त छैनौँ भन्ने प्रश्न उठाएको छ । जिज्ञासा उठाएको छ । र, संगठनभित्रका कैयन् प्रवृत्तिलाई पनि त्यसले उत्तेजित बनाएको छ । त्यसकारण यो अन्तरविरोधमा खेल्ने परिस्थिति पैदा गरिदिएको छ । संगठनभित्रको यी अन्तरविरोधको समाधान हामीले खोज्नैपर्छ । माओवादीको राजनीतिक श्रेष्ठतालाई हाम्रा संगठनभित्र देखा परेको अन्तरविरोधभित्र खेलेर विरोधी पक्षले जसरी कमजोर पार्न खोजिरहेका छन्, यसलाई हामीले छिटै हल गर्नुपर्छ । विरोधी पक्ष हाम्रा संगठनात्मक अन्तरविरोधमा खेल्न खोजिरहेका छन् भन्ने बुझेर यसलाई हामीले अन्त्य गरिदिनुपर्छ भनी लागेका छौँ । त्यसका लागि निकट भविष्यमै हामी पार्टीको राष्ट्रिय भेला गर्दै छौँ । छिटै नै स्थानीय तहमा सम्मेलन गर्दै छौँ । त्यो सम्मेलन र राष्ट्रिय भेलाबाट यो अन्तरविरोधलाई हामी हल गर्दै छौँ । पार्टीको कस्तो किसिमको कमिटी बनाउनुपर्ने र कस्तो किसिमको संगठन बन्नुपर्ने भन्ने सवाललाई सम्मेलन र भेलाद्वारा हामी छिटै समाधान गर्दै छौँ । आजको नयाँ पत्रिकाबाट सभार (बादल नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख हुन्)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending