Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

ओलीका कार्यकर्तालाई माओवादी कार्यकर्ताको काउन्टर अट्याक्ट !

काठमाडौं, २ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पूस्पकमल दाहाल प्रचण्डकी जिवनसंगिनी सिता दाहालमाथि सामाजिक प्रयोगकर्ता तथा एमालेका समर्थक शुभचिन्तकले गरेको आक्रमणलाई माओवादी केन्द्रका समर्थक तथा शुभचिन्तकहरुले जनयुद्दकालिन शैलिमा काउन्टर आक्रमण गरेका छन् । \"counter3\"सामाजिक संजालमा सक्रिय आफुलाई ‘राष्टवादी’ भन्ने प्रयोगकर्ताहरु एमालेका र मुख्यत ओलीका समर्थकहरु रहेको भन्दै उनीहरुले काउन्टर गरेका हुन् । जनयुद्दपश्चात एकमत र एकढिक्काका साथ माओवादी कार्यकर्तादेखि शुभचिन्तकसम्म अन्य विरोधीहरुको काउन्टरमा उत्रिएको याे पछिल्लाे समय याे पहिलाेपल्ट भएकाे माओवादीका एक केन्द्रिय सदस्यले बताए । प्रचण्डको दिल्ली भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उभिएकी प्रचण्ड पत्नि सिता दाहालको तस्विरलाई लिएर सामाजिक संजालमा कुटनीतिक मर्यादा भन्दै भाइरल बनाइएको थियो । जब माओवादी नेतादेखि लिएर कार्यकर्ता हुँदै समर्थक शुभचिन्तक र स्वतन्त्र प्रयोगकर्तालेसम्म उनीहरुलाई काउन्टर गर्न थाले तब उनीहरुमा प्रतिजवाफ लगाउने हिम्मत समेत भएन । यसरी काउन्टर गर्नेमा माओवादीका सबभन्दा ठुला नेता तथा साहित्यकार आहुति हुन् । उनले लेखेका छन् ‘के युरोपियनहरूले जे भने त्यही कुटनीतिक मर्यादा हो ? हो भने हामी अझै युरोपियनका औपनिवेसिक रैती हौं १ प्रधानमन्त्री पत्नीले कसरी आफ्नो शरीर कहाँ राख्ने भन्ने कुरा निर्धारण गर्ने उनी आफै हो कि अरू नै ? मूला बेलायती साम्राज्यवादले सिकाएको कुटनीतिक परम्परा अझै मान्नु पर्ने ? वाहियात वहस् १ राजकुमारी डायनाले सेक्स टोय बोकेर हिड्थिन् रे बिदेस जाँदा पनि , त्यो कुटनीतिक रूपमा मर्यादित कि अमर्यादित विषय बन्छ, हाम्रो दिमागमा ? ...विचारमा वहस छैन गर्नु छैन , तात्तो न भुत्लो !’ दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री मोदीसँगको भेट लगत्तै सार्वजनिक भएको सीता दाहालको तस्विरलाई लिएर आलोचनामा उत्रिएकाहरुलाई माओवादी नेता कार्यकर्ताले उनीहरु एमालेका र मुख्य त ओलीका कार्यकर्ता भएको बताउँदै काउन्टर गर्न थालेका थिए । ओलीका कार्यकर्ता नै भए नै केही बुद्दिजीवि र पत्रकारहरुसमेत दाहालको आलोचनामा उत्रिएका थिए । ति आलोचनामा उत्रनेहरु उनै थिए जो प्रचण्डको भ्रमणअघि ‘देश बेच्न दिल्ली गएको भन्थे’ । \"counter2\"यसैगरी विद्यार्थी संगठनका प्रवक्ता सुरेन्द्र बस्नेत, नेता दिपेश पुन, रंजित तामाङ, कविता ढूंगाना लगायतले समेत सामाजिक संजालबाट प्रतिवाद गरेका थिए । सुरेन्द्र बस्नेत, दिपेश पुन लगायतले ओबामासँग मोदीको, मोदीसँग चिनका राष्ट्रपति सिजिङपिङको भेटमा उनीहरुको पत्निको बस्ने पोजिसनको समेत उद्धहरणस्वरुप फोटो हालेका छन् । विदेशमा बस्ने नेपाली युवाहरुसमेत सामाजिक संजालमा दाहालमाथि आक्रमण भएपछि प्रतिवादमा उत्रिए । मछरा गोर्खाली, सुन्दर डल्लाकोटी, सिदान्त ढुंगाना लगायतका युवाहरुले विदेशबाटै प्रतिवाद गरे । सामाजिक संजालमा ओलीकै शैलीमा तिखो र मिठो लेख्ने भनेर स्थापित भएका बुद्दिजिवि देवेन्द्र कोइरालाको प्रतिवाद उस्तै थियो, ‘आज एमाले साथीहरूले फोटो पाएनन् ? हैट्, एकचोटि कान कन्याइदेउ न सीता आन्टी १ भोको पेटमा गिठा भ्याकुर पाएपनि ठुलै राहत हुन्छ क्या !! ’ केही स्वतन्त्र पत्रकार तथा बुद्दिजिविहरु समेत सिता दाहाल कसरी बस्ने र उभिने उनैको कुरा भएको भन्दै सामाजिक संजालका दाहाल खेदीरहेकाहरुका विपक्षमा खडा भए । कतिपय सामाजिक क्षेत्रमा सक्रिय स्वतन्त्र प्रयोगकर्ताले समेत सिता दाहालले कुनै गल्ति नगरेको अनावश्यकरुपमा सामाजिक संजाललाई दुरुपयोग गरिएको बताउन थालेपछि पहिला विरोध गर्नेहरु लाखापाखा भएका थिए । अखिल क्रान्तिकारीका सुरेन्द्र बस्नेत भन्छन्, ‘यसपटक ओलीका कार्यकर्ताले राम्रै काउन्टर भेटे, माओवादीको चरित्र हत्या गर्नेहरुलाई यसैगरी एकताबद्ध भएर प्रतिवाद गर्ने हो भने थान्को लाग्छन् ।’ \"counter1\"माओवादी कार्यकर्ताको बुझाईमा सामाजिक संजालमा यसरी खनिएका ओलीका कार्यकर्ता हुन् । आइएनजिओ तथा एनजिओमा कार्यरत कार्यकर्ता सधै यसैगरी राजनीतिमा संलग्न रहेका छन् । यसैको जवाफ उनीहरुले ओली र चरीकी प्रोमीका खुश्वु ओलीको सँगै बसेको फोटो समेत समाजिक संजालमा भाइरल बनाए । एक आइटि इन्जिनियरिङ पढिरहेका विद्यार्थी भन्छन्, –माओवादीका नेता कार्यकर्ताले यसपटक राम्रैसँग सामाजिक संजालमा काउन्टर याट्याक्ट गरे । उनीहरुले यसैगरी विरोधीहरुका विरुद्ध संगठित रुपमा जाइलागे भने माओवादीबारे धेरै भ्रम चिरिन्छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: