Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

‘माइट’ मै ब्याक्टेरिया सङ्क्रमणको पुष्टि, स्क्रब टाइफसबाट हालसम्म आठको मृत्यु

\"typhus_disease\"चितवन, २ असोज । नेपालमै पहिलोपटक ‘स्क्रब टाइफस’ रोग सार्ने एक प्रकारको किरा ‘माइट’ मा ब्याक्टेरिया ९जीवाणु० भएको पुष्टि भएको छ । उक्त ब्याक्टेरियाको नाम वरेन्सिया सुसुगामुसी हो । इपिडिमियोजोजी तथा सरुवा रोग महाशाखाले बाह्य विशेषज्ञसहितको टोली ल्याएर चितवनका मुसामा गरेको अध्ययनबाट यस्तो पुष्टि भएको हो । सन् १९९७ ताका नेपालमा माइट भएको पत्ता लागेको भए पनि सङ्क्रमित छ छैन भनेर परीक्षण भएको थिएन । “यसपटकको परीक्षणले भने माइट पनि सङ्क्रमित रहेको प्रमाणित भयो”, इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माले भने – “यसरी पत्ता लागेको यो नेपालमै पहिलो हो ।” थाइल्यान्डबाट आएका पाँचजना विशेषज्ञसहितको टोलीले पिसिआर टेस्टबाट यसरी माइट सङ्क्रमित भएको प्रमाणित गरेको उनले आइतबार जानकारी दिए । नेपालकै सबैभन्दा बढी स्क्रब टाइफस रोगको सङ्क्रमण भएको जिल्ला चितवनमा आएर प्रविधिज्ञसहितको टोलीले १० वटा मुसा र माइटको नमुना सङ्कलन गरी लगेको थियो । दश मुसामध्ये सातवटामा माइट पाइएको थियो । स्क्रब टाइफस सङ्क्रमण भएको क्षेत्रमै पुगेर टोलीले नमुना सङ्कलन गरी लगेको थियो । सो क्रममा मुसाको महत्वपूर्ण अङ्गसमेत परीक्षणका लागि काठमाडौँ लगिएको थियो । परीक्षणका क्रममा मुसामा समेत रोग सङ्क्रमण भएको पाइएको डा गुणनिधि शर्माले जानकारी दिए । थाइल्यान्डबाट आएका कीटजन्य रोग तथा प्रयोगशालाविज्ञले रोग र किराबारे नेपालका स्वास्थ्यकर्मीलाई प्रशिक्षणसमेत दिएको जनाइएको छ । यही भदौ २४ गते आएको टोलीले मुसाका अङ्ग र माइटसहित चितवनका स्थानीय गाउँलेका ८६ नमुनासमेत सङ्कलन गरेर टोली २७ गते फर्किएको थियो । चितवनको शारदानगर, पार्वतीपुर, शङ्करचोक र विकास चोक क्षेत्रमा मुसा समाएर नमुना सङ्कलन गरिएको थियो । चितवनमा रोग सङ्क्रमणको अनुसन्धानका लागि आउनुभएका महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले चितवनमा पछिल्लो समयमा सङ्क्रमण दरमा भने कमीको सङ्केत देखिएको बताए। दोस्रो विश्वयुद्धका बेला जापानको सेनामा पहिलोपटक यो रोग देखिएको थियो । जापानमा पत्ता लागेकाले यसलाई ‘सुसुगामुसी’ भनेर भनिएको हो । स्क्रब टाइफसबाट मर्नेको सङ्ख्या आठ पुग्यो एक वर्षअघि मात्रै नेपालमा सङ्क्रमण भएको पुष्टि भएको स्क्रब टाइफस रोगबाट अहिलेसम्म आठजनाको मुत्यु भएको महाशाखाले जनाएको छ । महाशाखा अन्तर्गत इपिडिमियोलोजी शाखाका प्रमुख डा शर्माले नेपालका ३७ जिल्लामा सङ्क्रमण देखिएको यो रोगका कारण आठजनाको ज्यान गइसकेको बताए । अघिल्लो वर्ष १०१ जना सङ्क्रमित भएका पाइएको थियो । यसरी मृत्यु हुनेमा कैलालीका र सङ्खुवासभाका दुई–दुईजना छन् । यस्तै चितवन, गुल्मी, भोजपुर र तनहुँका एक–एकजनाको ज्यान गएको शाखाले जनाएको छ । शाखा प्रमुख डा शर्माले आज दिनुभएको जानकारीअनुसार नेपालमा अहिलेसम्म २७५ जनामा स्क्रब टाइफस लागेको पाइएको छ । सबैभन्दा बढी चितवन जिल्ला घर भएका मात्रै ९९ जना सङ्क्रमित भएका छन् । अरू ३६ जिल्लाका बिरामी छन् । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जिल्लामा भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालमा यो रोगको परीक्षण हुँदै आएको बताए । यसमा भरतपुर अस्पतालमा भने सरकारले नै कीट उपलब्ध गराइएकाले निःशुल्क परीक्षण हुन्छ । चितवनका फिजिसिएन डा शीतल अधिकारीले समयमै अस्पताल आए उपचार सहज भएको जानकारी दिए । प्रायःजसो झाडी, खेतवारी, वनजङ्गल, घरवरिपरिको झाडी, घुरान हुने ठाउँमा देखिने गर्छ । मानिसबाट मानिसमा रोग सर्दैन । मुसाको एक प्रकारको तरल पदार्थ खाएर माइट बस्छ । अघाएपछि माइट जातको किरा झारमा झर्छ । त्यही झारमा मानिस पुग्दा टाँसिन्छ र सङ्क्रमितले टोक्दा सर्छ । टाउको दुख्ने, १०४ जति ज्वरो आउने, कामज्वरो आउने, घाँटीवरिपरि मसिना बिमिरा आउने, पसिना आउने तथा ग्रन्थी सुनिने यस रोगका लक्षण हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending