Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

गल्कोट समाज जापानले गर्यो भूकम्प प्रभावित क्षेत्रमा पक्की बिधालय भवन गराउने निर्णय

जापान, २ असोज । सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान गराउन सफल जापानमा बिभिन्न पेसा ब्यबसाय अध्ययन तथा रोजगार गरिरहेका गल्कोटेहरु को साझा सस्था गल्कोट समाज जापानले आगामी अग्रेजी नयाँ बर्षमा बृहत सांगीतिक धमाका गर्ने निर्णय गर्यो । भूकम्प प्रभावित क्षेत्र तथा पिछडिएको क्षेत्रको पहिचान गरि उच्च आबस्यकता भएको स्थानमा ७ कोठे पक्कि बिधालय भबन निर्माण गर्ने अत्यन्त महत्वाकांशी योजना सहित समाजले अग्रेजी नया बर्षमा कार्यक्रम गर्न लागेको हो । यस संगै गल्कोट क्षेत्रमा सभाहल तथा पर्यटन क्षेत्रमा पनि क्रमिक सहयोग गर्दै जाने समाजको बैठक ले निर्णय गरेको छ । संगै उक्त बिधालय भबन बनाउने उपयुक्त स्थानको पहिचान तथा अन्य आबस्यक प्रक्रियाको लागि अध्ययन गर्न उपाध्यक्ष भवानी पन्तलाइ जिम्मादिएको जानकारी सस्थाका महा(सचिब सम्मर बस्नेतले बताउनु भयो । \"galkot_japan-750\"आगामी कार्ययोजनाका बारेमा समाजका महासचिब बस्नेतले भन्नुभयो स् बिगतमा बिभिन्न चरणमा गल्कोट क्षेत्रमा बिभिन्न क्षेत्रमा काम गरिएता पनि यो पटक अलिक फराकिलो ढंगले सोचिएको र सोहि अनुसार अहिले गल्कोट क्षेत्र बाहिर शिक्षा क्षेत्रमा काम गर्ने सोच गराएको बताउनु भयो । गल्कोट समाज जापान गल्कोटेको सस्था हो तर यसको कार्य क्षेत्र गल्कोट मात्र होइन भन्ने आम जापान बासि नेपालीहरुमा आभाष दिलाउन समेत चाहन्छौ । गल्कोट समाज जापान को २०१६(२०१८ कार्यकालको प्रथम पूर्ण बैठक ओसाकास्थित इन्डियन रेष्टुरेन्ट जिग्री मा मिति २०१६र०९र१५ का दिन समाजका अध्यक्ष नरब। थापाको अध्यक्षतामा बसेको थियो । उक्त बैठकले यस संगै बिभिन्न महत्वपूर्ण निर्णय गरेको छ । बिभिन्न महत्वपूर्ण निर्णय हरु गर्दै सम्पन्न गरियो । कायक्रम जापानका प्रमुख ३ शहरमा क्रमश स् जनवरी १ ओसाका, डिसेम्बर ३१ नागोया, जनवरी २ टोकियोमा नेपालका ख्याती प्राप्त कलाकारलाइ आमन्त्रण गरि गर्ने निर्णय गरेको छ । नयाँ बर्षको कार्यक्रम को लागि बिभिन्न उपसमिति हरु समेत गठन गरेको समाजले जनाएको छ । अग्रेजी नयाँ बर्षको कार्यक्रम ३ शहरमा भब्य सम्पन्न गर्न को लागि समाजका बरिष्ठ उपाध्यक्ष दिलु खत्रीको सयोज्कत्वमा मूल समिति गठन गरेको छ जसको सदस्यहरुमा याम खत्री (नागोया ) ,दिपक के सी (नागोया) तेज चालिसे (ओसाका) सुमित खत्री ओसाका, कालिका थापा (टोकियो) निम खड्का टोकियो, रत्नसिह बस्नेत (टोकियो) चन्द्र खत्री (टोकियो) रहनु भएको छ । कार्यक्रमको आर्थिक समिति सस्थाका कोषाध्यक्ष बिजय भण्डारी सयोजक रहने गरि १२ सदस्यीय आर्थिक ब्यबस्थापन समिति गठन गरेको छ जसको सदस्यहरुमा आत्मराम शर्मा गैरे, दिलु खत्री, रामु चालिसे, डिलाराम सापकोटा , नर ब। थापा, रमेश गौतम, धन ब। खत्री , नर ब। थापा, डिलाराम गैरे, लोकेश खत्री, भिम क्षेत्री रहनु भएको छ । भने समाजका उपाध्यक्ष भवानी पन्त को सयोजकत्वमा प्रचार प्रसार समिति गठन गरेको छ जसको सदस्यमा सम्मर बस्नेत र नबिन न्यूउरे रहेका छन् । संगै समाजले आफ्नो सदस्यतालाइ व्यापकता गराउने निर्णय गरियो, त्यसको लागि महासचिबको सम्मर बस्नेतलाइ जिम्मा दिदै उहाले आबस्यक साथीहरुलाइ टिममा जोडी परिचालन व्यापकता ल्याउने निर्णय गरेको छ । यसै गरि समाजको सबै क्षेत्रमा क्षेत्रिय अधिबेशन आगामी अक्टुबर १० तारिख सम्म सम्पन्न गर्ने निर्णय गरियो । गल्कोट समाज जापानले निबर्तमान अध्यक्ष हर्क थापाको ५ सदस्यीय लेखा समितिको गठन गरेको छ जसको सदस्यमा भवानी पन्त, बिजय भण्डारी, मोहन खत्री र आत्मराम शर्मा गैरे रहनु भएको छ । समाजले आपतकालीन कोषका लागि ५० मान छुट्टाएको छ भने आगामी समाजको आम्दानीको ५ प्रतिशत रकम आपतकालिन कोषमा जम्मा गर्ने निर्णय गरेको छ । संस्थाको विधान संसोधनको लागि संयोजक तेजेन्द्र थापा सदस्यहरु भवानी पन्त, सम्मर बस्नेत, तेज चालिसे, विधान संसोधन गरि आगामी बैठकबाट अनुमोदन गर्दै साधारणसभा बाट पारित गर्ने निर्णय समेत गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies