Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

अमेरिकी राष्ट्रपतिको लागि ट्रम्प र क्लिन्टनबीच तिब्र प्रतिस्पर्धा

\"clinton-trump_3404147b\"अमेरिका, ३० भदौ । अमेरिकी राष्ट्रपतिको निर्वाचनको प्रतिस्पर्धामा रहेका रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका नेता हिलारी क्लिन्टनबीच पहिलो बहस सुरु हुनुभन्दा दुई हप्ता अघि कडा प्रतिस्पर्धा रहने बुधबार सार्वजनिक गरिएको एक राष्ट्रिय सर्वेक्षणले देखाएको छ । अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युज तथा न्युयोर्क टाइम्स ९एनवाईटी० को राष्ट्रिय मत सर्वेक्षणले हिलारी क्लिन्टनको पक्षमा ४६ प्रतिशत मत आउने देखाएको छ भने उनको प्रतिस्पर्धी रिपब्लिकन नेता ट्रम्पलाई ४४ प्रतिशत प्राप्त भएको छ । तर मतदानका लागि नाम दर्ता भएका मतदाताहरुबीच भएको सर्वेक्षणले डेमोक्रेटिक पार्टीतर्फका उम्मेदवार क्लिन्टनको ४६ प्रतिशत र ट्रम्पको ४१ प्रतिशत देखाएको छ । यसैबीच, एक दिन पहिले क्विनीपियाक युनिभर्सिटीले डेमोक्रेटिकको तेस्रो उम्मेदवारबाट समर्थन प्राप्त गरिसकेको अवस्थामा क्लिन्टनलाई ४१ प्रतिशत मत प्राप्त हुने देखिएको जनाएको छ । उक्त सर्वेक्षणले रिपब्लिकन नेता ट्रम्पलाई ३९ प्रतिशत मतदाताको समर्थन प्राप्त हुने देखाएको छ । सीबीएन अर्थात् एनवाईटीको सर्वेक्षणले टेमोक्रेटिक पार्टीका समर्थकबीच एक महिना पहिलेको तुलनामा मतदानका लागि उत्साह घटेको तर रिपब्लिकनका प्रशंसकमा भने उत्साहमा वृद्धि देखिएको दाबी गरेको छ । अगस्टको सर्वेक्षणले ७७ प्रतिशत मतदाताले आफू क्लिन्टनलाई मतदान गर्ने उत्साहित रहेको जनाएकोमा यस महिना यसमा कमी आएर ६४ प्रतिशतमा झरेको देखिएको जनाएको छ । तर रिपब्लिकनमा भने अघिल्लो महिना ४३ प्रतिशत मतदाता उत्साहित देखिएकोमा यसमा वृद्धि भएर यस महिना ६८ प्रतिशत पुगेको बताइएको छ । दुई उम्मेदवारलाई समर्थन गर्ने पुरुष मतदातामा ट्रम्पले दुई अङ्कको फरकले नेतृत्व लिएको देखिन्छ भने क्लिन्टनलाई पनि महिला मतदाताको दुई अङ्कको फरकको नेतृत्व ९लिड० हुने सर्वेक्षणले देखाएको छ । सवेक्षणले ट्रम्पलाई अफ्रिकी मूलका अमेरिकी मतदाताको मन जित्नमा कठिनाई देखिएको र क्लिन्टनलाई श्वेतहरुको समुदायमा प्रसिद्धि कमाउन गाह्रो परेको देखिएको छ । त्यसैगरी श्वेत समुदायका कम शिक्षित मतदाताहरुको आकर्षण अर्थात् ५८ प्रतिशत समर्थन ट्रम्पमा देखिएको छ तर क्लिन्टनको भने श्वेत समुदायका शिक्षित मतदाता माझ प्रभाव राम्रो देखिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending