Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

अनियमितता भएको भन्दै सहयोग रोक्ने दाताको घोषणा

काठमाडौँ, ३१ भदौ । जर्मन दाताले नेपालमा रहेको चिल्ड्रेन फ्युचर अर्गनाइजेसनलाई मासिक रुपमा दिँदै आइरहेको १२ लाख रुपैयाँ अब नदिने भएका छन् । संस्थामा भइरहेको अनियमितताको स्थानीय प्रशासन तथा सरकारद्वारा छानबिन तथा दोषीलाई कारबाही नगरेसम्म सो सहयोग रकम रोक्न लागिएको हो । बिहीबार आयोजित पत्रकारसम्मेलनमा दाताहरु फ्राउ पेट्र पाच्नर, हर हर्विग जान्ट्सिक एलेन र संस्थाकी संस्थापक डा ओल्गा लासोटाले संस्थाका अध्यक्ष रमेश धमलाले कर्मचारी तथा विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने पारिश्रमिक तथा छात्रवृत्तिमा अनियमितता गरेको आरोप लगाउँदै तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेका हुन् । उनीहरुले धमलाले राजीनामा दिएर नयाँ दक्ष तथा व्यावसायिक समूहलाई नेतृत्व हस्तान्तरण गरिएमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । दाताले अध्यक्ष धमलाले संस्थाको रकम दुरुपयोग गरी व्यक्तिगत प्रयोजनका लागि खर्चिएको आरोप लगाउँदै संस्थाको भवन र शिशु तालिम केन्द्र खोल्नका लागि आवश्यक रकम उपलब्ध गराएकोमा त्यसको हिनामिना भएकोमा पनि चिन्ता व्यक्त गरेका छन् । त्यसैगरी, सन् २०१३ मा सीपमूलक तालिमका लागि ३.५ रोपनी जग्गा खरिद गर्दा दाताले पठाएको रकममा धमलाले करिब ३० लाख रुपैयाँ हिनामिना गरेको दाताको आरोप छ । उनीहरूले प्रत्येक महिना १० हजार युरो संस्थालाई पठाएको जिकिर गरेका छन् । उनीहरुका अनुसार संस्थामा आबद्ध १०४ जना शिशुको शिक्षादीक्षाका लागि उक्त रकम पठाउने गरिएको हो । अर्गनाइजेसनका काठमाडौँ र धादिङमा कार्यालय भएपनि कार्यक्षेत्र धादिङ हो । संस्थाको स्थापनाकालदेखि नै धमला यसका अध्यक्षमा छन् । उनले आफ्ना नातागोता तथा परिवारको मान्छेलाई उक्त संस्थाको अन्य पदमा राखेका छन् । उक्त संस्था सन् २००३ मा स्थापना भएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: