Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

प्रधानमन्त्री पुष्पकमल दाहाल आज भारत भ्रमणमा जाँदै

काठमाडौं, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल १२५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आजदेखि गणतन्त्र भारतको राजकीय भ्रमण सुरु गर्दै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री दाहाल चारदिन लामो भारतको राजकीय भ्रमणमा निस्कन लागेका हुन् । भ्रमण दलमा प्रधानमन्त्री दाहालका धर्मपत्नी सीता दाहाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, सांसद नारायण चौधरी, लालबाबु रावत, योगेन्द्र चौधरी, टेकबहादुर बस्नेत र जङ्गीलाल राय सहभागी हुनेछन् । त्यसैगरी, भ्रमण दलमा ५० जना सरकारी सदस्यमध्येमा प्रधानमन्त्रीको ‘कोर टिम’ २६ जना, उहाँका सल्लाहकार छ जना, सुरक्षा टोलीमा तीन जना, सञ्चारकर्मीको टोलीमा सात जना र भारतस्थित राजदूतावासबाट आठ जना सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको कोर टिममा राजनीतिक दलका प्रतिनिधि, परराष्ट्र सचिव शङ्करदास बैरागी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चन्द्रकुमार घिमिरे, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङ, ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रासाद उपाध्याय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारी र सिँचाइ मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर रहेका छन् । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार चक्रपाणि खनाल, परराष्ट्र मामिला सल्लाहकार डा ऋषिराज अधिकारी, स्वकीय सचिवद्वय प्रकाश दाहाल र रमेश मल्ल, प्रेस सल्लाहकार गोविन्द आचार्य र निजी चिकित्सक डा युवराज शर्मा प्रतिनिधिमण्डलमा सहभागी हुनेछन् । त्यस्तै, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेलवासे र अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख बैकुण्ठ अर्याल सहभागी हुनेछन् । परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखाका प्रमुख भृगु ढुङ्गाना, शिष्टाचार महापाल दीपक अधिकारी र दक्षिण एसिया महाशाखाका उपसचिव हरिप्रसाद ओडारी, मन्त्रालयका उपसचिव प्रकाश अधिकारी, परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार एकराज पाठक र शिष्टाचार अधिकृत प्रथमा उप्रेती पनि प्रतिनिधिमण्डलमा छन् । त्यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल–भारत उद्योग वाणिज्य सङ्घ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनका प्रतिनिधि र अन्य व्यवसायी गरी ४१ जना पनि भ्रमण टोलीमा छन् । टोलीमा निजी क्षेत्रका ३४ जनाभन्दा बढी पत्रकार समावेश छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending