Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

रारा सरसफाई अभियानका लागि व्यापक छलफल कार्यक्रम सम्पन्न

काठमाडाैं, २७ भदाै । रारा पर्यटन विकास समितिको आयोजनामा मिति २०७३। भाद्र २७ गतेका दिन प्रमुख जिल्ला अधिकारी केशव राज शर्माको प्रमुख अध्यक्षतामा रारा सरसफाई अभियानका लागी व्यापक छलफल कार्यक्रम सम्पन्न गरिएको छ । \"rara-750\"उक्त कार्यक्रममा सम्पुर्ण प्रमुख राजनिति दलका प्रतिनिधी, सरकारी कार्यलयका प्रमुख, विभिन्न गैर सरकारी संस्थाका प्रमुख, स्थानिय समाजसेवि, वुद्धिजिवि, व्यापारी र स्थानिय यूवाहरुको उल्लेखनिय सहभागिता थियो । छलफलमा रारा संरक्षण तथा सरसफाई अभियान असोज ८ गते औपचारीक रुपमा उदघाटन गरी प्रतेक महिनाको दोस्रो शनिवारमा रारा संरक्षण तथा सरसफाई अभियान संचालन गर्ने अभियानको नेतृत्व र व्यवस्थापन रारा पर्यटन विकास समितिले गर्ने निर्णय गरिएको छ । उक्त कार्यक्रमका लागी २० जोर पन्जा च्ऋम्ऋ मुगुले सहयोग गर्ने जनाएको छ । भने रारा पर्यटन विकास समितिले ५० टिसट, ५० क्याप, काठका डस्बिन, झाडु, हसिया, मास्क, लगाएत अन्य आवश्यक व्यवस्था गर्ने र प्रचार प्रसारको जिम्मेवारी रेडियो मुगुले लिने जनाएको छ । उक्त छलफल कार्यक्रलाई सम्बोधन गदै प्रमुख जिल्ला अधिकारीले राराको संरक्षण र सरसफाई गरी यो अभियान लाई निरन्तरता दिनु पर्ने बताए । हामिहरु सबै स्वस्फुर्तका साथमा लागी सवैले आ–आफ्नो तर्फबाट सकेजति आर्थिक भौतिक, नैतिक, रुपले सहयोग गर्नु पर्ने वताए । स्थानिय विकास अधिकारी देबि पाण्डेले यस अभियानलाई सहयोग गर्ने बताएका छन् । नेकपा एमालेका अध्यक्ष धर्म बहादुर शाहीले नेता मन्त्रि जो आए केही गरेनन् यो कामको थालनि रारा पर्यटन विकास समितिले गरेकोमा धन्यवाद व्यक्त गरे । रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मोहन चन्द्र बिश्वकर्माले यस्तो राम्रोकाम लाई रारा. रा.नि. नेपाली सेनाले सम्पूर्ण रुपले सहयोग गर्ने र यस अभियानलाई निरन्तर रुपमा संचालन गर्नु पर्ने बताए । आयोजक रारा पर्यटन विकास समितिका अध्यक्ष देबिकृष्ण रोकायाले रारा हाम्रो मात्र नभई नेपालकै गौरवताको प्रतिक भएकाले रारा तालको सौनदर्यता र पर्यावरण रक्षा गरी रारा अब फोहर होईन साँच्चै सफा र सुन्दर छ भन्ने बिम्व विश्व व्यापिरुपमा प्रचार गरी रारा लाई अन्तराष्ट्रिय पर्यटन केन्द्र वनाउनु पर्ने र यस अभियानलाई निरन्तरता दिनको लागी रारा सरसफाईमा एक दिन भनेर आई दिन र सानो–सानो भएपनि सहयोग गरिदन अनुरोध गरे । राराको संरक्षण, सरसफाई, र पर्यटन विकासमा समितिले कामकार्य गदै आएको र अबका दिनहरुमा पनि जस्तोसुकै भूमिका खेल्न तत्पर रहेको बताएका थिए । समितिका कोषध्यक्ष रत्न सिंह रोकायाले उक्त अभियानलाई सार्थक पार्नका लागी सम्पुर्ण मुगुवासी लगाएत सरोकारवाला सबै उपस्थिति भै दिन अनुरोध गर्नुका साथै यो अभियानलाई तपाईहरुले गरेको सहयोग सहि ढंगले सदुपयोग गर्ने प्रतिवद्धता जनाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending