Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

दक्षिण कोरियाको चेतावनीपछि उत्तर कोरिया अर्को परमाणु परीक्षणको तयारीमा

\"north-korea-bumb-2\" काठमाडौं, २७ भदौ । उत्तर कोरियाले अर्को एक परमाणु परीक्षणको तयारी गरिरहेको दक्षिण कोरियाको सरकारी स्रोतले बताएको छ । संयुक्त राष्ट्रसंघले परमाणु परीक्षण गर्न रोक लगाए पनि उत्तर कोरियाले अस्वीकार गर्दै आएको छ । राष्ट्रसंघको निर्देशन विपरीत उत्तर कोरियाले छैठौं पटक परमाणु परीक्षण गर्न लागेको हो । दुई दिनअघि मात्रै परमाणु बम परीक्षण गरेको उत्तर कोरियाले पुनः अर्को परीक्षण गर्न लागेको भन्दै दक्षिण कोरिया शशंकित भएको छ । पहाडी क्षेत्रमा उत्तर कोरियाको परीक्षण साइटको एरियल फोटोग्राफ लिएपछि दक्षिण कोरियाली सरकारी अधिकारीले फेरि अर्को परीक्षण गर्न लागेको दाबी गरेको हो । छैठौंपटक परमाणु परीक्षण गर्नका लागि उत्तर कोरिया पूर्णरुपमा तयारी अवस्थामा रहेको दक्षिण कोरियाको समाचार एजेन्सी योनहापले जनाएको छ । उत्तर कोरियाले आणविक परीक्षणका लागि तीन वटा सुरुङ निर्माण गरेकोमा दुई सुरुङको प्रयोग गरिसकेको छ भने एक सुरुङको प्रयोग हालसम्म नगरेको विश्लेषकहरुले निश्कर्ष निकालेका छन् । छैठौ परीक्षण सोही सुरुङमार्फत गर्ने उत्तर कोरियाले तयारी गरेको छ । \"north-korea-bumb-1\"उत्तर कोरियाले पछिल्लो पटक गत शुक्रबार परमाणु परीक्षण गरेको थियो, जुन चार परीक्षणको तुलनामा निकै शक्तिशाली रहेको थियो । उक्त परीक्षणका क्रममा ५.१ रेक्टर स्केलको भूकम्प नै गएको दाबी गरिएको छ । अमेरिका तथा उसका छिमेकी मुलुकहरुले उत्तर कोरियाले गरेको परमाणु परीक्षणको आलोचना गर्दै आएका छन् । पाँचौं परमाणु परीक्षणपछि संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले थप नाकाबन्दी लगाउने तयारी गरिसकेको छ भने अमेरिकाले उत्तर कोरियामाथि आक्रमण गर्ने बिषयमा गम्भीर छलफल भइरहेको जनाएको छ । कुनै पनि हमलाको परिस्थितिमा उत्तर कोरियामा ठूलो आक्रमण गर्ने चेतावनी अमेरिकाले दिएको थियो । उत्तर कोरियाले ताजा परमाणु परीक्षण गरेमा उसकाविरुद्ध एकतर्फी हमला गर्नेबारेमा छलफल भइरहेको उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधिले बताएका थिए । दक्षिण कोरियाले पनि उत्तरले कुनै पनि आणविक परमाणु परीक्षण गरे राजधानी प्योङयाङमा आक्रमण गर्ने चेतावनी दिएको थियो । -एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending