Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

टेलिफोन संवाद

ओले सोइन्का नाइजेरियाका विख्यात नाटककार हुन् । नाटककार जत्तिकै सशक्त छ उनको कवि परिचय । सन् १९८६ का यी नोवेल विजेताको पहिलो प्रकाशित कविता हो, ‘टेलिफोन कन्भर्सेसन’ । पहिचानवादी यो कवितामा रंगभेदी चिन्तन बोक्नेहरुविरुद्ध गजबको व्यङ्ग्य गरिएको छ । संवादको बाक्लो प्रयोग गरिएको यो कविताको वजनदार पक्ष हो, नाटकीयता र यसबाट उत्पन्न द्वन्द । दक्षिण भारतको मलायालम भाषामा ‘रेभन व्ल्याक’ शीर्षकमा लघुसिनेमा समेत बनेको छ यही कविताको जगमा उभिएर । ... घरभाडा त ठीकै लाग्यो, ठाउँ त जहाँ भए पनि केही छैन शहरभन्दा धेरै टाढा बस्छिन् यी घरवेटी अरु केही बाँकी त रहेन, मात्र एउटा स्वीकारोक्ति मैले धम्काएँ, ‘म्याडम, त्यहाँसम्म आएपछि निरर्थक फर्कन नपरोस् है तपाईँको जानकारीका लागि भन्छु, म अफ्रिकी हुँ ।’ मौनता.......असहज मौनता छायो केहीबेर जब आवाज आयो, कृत्रिम सुनको जलप लगाइएको चुरोटदानीको नलीजस्तो कृत्रिम भद्दा आवाज रिसिभरमा ठोकियो, ‘कति कालो?’ ...... मैले पक्कै गलत सुनेको थिइन ‘तिमी हल्का कालो छौ कि निख्खर कालो ?’ क, ख का महलमा वर्गिकृत गरियो मेरो आवरण । लाग्छ निर्लज्ज त्यी आवाजबाट आइरहेछ, उनकै सासको कुहीगन्ध रातो टेलिफोन बुथ, रातै खम्बा अनि रातै रङ्गको दुईतले बसले फालेको धुँवा सबै वास्तविक त थिए वरपरका दृश्यहरु कुटिल आशयको उनको मौनताले लज्जित बनायो मलाई चकित भएँं म, तर हार मान्न सकिन त्यसैले कुरो प्रष्ट पार्न आग्रह गरेँ उनी अबुझ थिइनन् कडा स्वरमा भनिन् ‘तिमी कालै छौ कि मिश्रित ? मतलव सपाट कालो वा दूधचकलेट रङ्गको ?’ उनको लवज निर्दयी थियो, अझ अमानवीय भन्दा हुन्छ तुरुन्तै कुरो बुझियो मैले भनें, ‘पश्चिम अफ्रिकी वर्णको’ र एकैछिन गम खाएर थपेँ ‘राहदानीको पुछारमा खुलाएको छ त मेरो वर्ण ।’ पक्कै केही कुटील सोचमा हराइन् जस्तो लाग्यो । केहीवेरको सन्नाटा........ अनि टेलिफोनको माउथपिसमा कर्कश आवाज गुन्जियो ‘त्यो भनेको कुन रङ्ग हो ?’ अनभिज्ञता प्रकट गर्दै थपिन्, ‘त्यो कस्तो रङ्ग हो मलाई थाहा छैन ’ ‘खैरो–खैरो हो’ मैले भने ‘निख्खर कालो पो भन्ठान्या त मैले’ उनी बोलिन् ‘विल्कुलै होइन, म्याडम मेरो मुखमण्डल त खैरो रङ्गको छ तर तपाईंले बाँकी अङ्ग पनि हेर्नुप¥योे नि, होइन ? हातको पन्जा, खुट्टाका कुुर्कुच्चा रसायन जस्तो खैरो रङ्गका छन् । लामो समय भूँईमा रगडिएर होला, म्याडम मेरो चाक त कागजस्तै कालो रङ्गको भइसकेको छ त । एकैछिन है’, गर्जिएको ध्वनी सुन्न उनको रिसिभर व्यग्र रहेको महशुस गर्छन् मेरा कानले मैले थपेँ, ‘म्याडम, बरु तपाईं आफै पो हेर्नुहुन्छ कि मेरो चाक ?’ [caption id=\"attachment_91801\" align=\"alignleft\" width=\"336\"]\"अनुवादः अनुवादः गणेश खनिया[/caption]  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending