Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

एमाले नेता शंकर पोखरेलको ट्विटमाथि बहस :को के भन्छन् ?

काठमाडौं, २४ भदौ । नेकपा एमालेका स्थायी समितिका सदस्य शंकर पोखरेलले केही दिन अघि विवादास्पद ट्विट गरे –‘मधेसी जनता अधिकांश कालो वर्णका छन् । मधेसी मोर्चाले कालो दिवस भनेर त्याँहाको जनताको सम्मान गर्न खोजेको की अपमान ? बुझ्न गाह्रो भयो’ । उनको यस्तो धारणाको चौतर्फी विरोध मात्रै भएन । अहिले प्रहरीमा साइबर क्राइम भन्दै उजुरीसमेत परेको छ । उनको उक्त धारणामाथि के भन्छन् त अन्य राजनीतिककर्मी ? खबरडबलीका लागी लोकराज जैसीले लिएको धारणा– \"twite_pokhrel\" रंगभेदी धारणा मधेसकै अपमान लीलामणि पोखरेल, माओवादी केन्द्र \"lilamani-pokhrel\"नेकपा एमालेका नेता शंकर पोखरेलले मधेसी काला हुने र संविधानको विरोधमा कालोदिन मनाउन खोजेको कुरालाई जोडेर जसरी आफ्नो भनाइ सार्वजनिक गरे, त्यो कुरा जुनसुकै आशयले भनिए पनि त्यसले मधेसी जनताको भावनामा चोट पु¥याएको देखिन्छ । एउटा जिम्मेवार नेताले समुदायको शान्तिमा समेत खलल पुगाउने ढंगको धारणा सार्वजनिक गर्नु गलत हो । रंगभेदी त्यो उनको धारणा मधेसको अपमान हो । उनको अभिव्यक्तिले समाजमा मिलेर बसेका मधेसी र पहाडी सम्प्रदायबीच फाटो ल्याउने काम गरेको छ । मधेसका जनताको भावनामा आक्षेप लाग्ने गरी लेख्नु नहुने थियो । जसरी रंगभेदको कुरा गरिएको छ, त्यसले समाजमा कस्तो प्रभावको पार्छ भन्ने बारेमा सोच्नु पर्दथ्यो । नेता पोखरेलबाट जान अन्जानमा गल्ती भएको देखिन्छ । मधेसी युवाहरुले भनेको साइबर क्राइमको मुद्दा गर्ने कुराले पनि निकास नदिन सक्छ । तसर्थ एउटा जिम्मेवार नेताको हैसियतले आफ्नो लेखाइबाट मधेसी समुदायमा पर्न गएको असर महशुस गर्दै आमरुपमा माफी माग्नु उपयुक्त हुन्छ भन्ने लाग्छ । यो विषयलाई धेरै तन्काउनु भन्दा पनि निकास खोज्नु राम्रो हुन्छ । पार्टीको धारणा नभइ ब्यक्तिको धारणा हो प्रदिप ज्ञवाली, एमाले सचिव \"pradip\"खासगरी कालो रंगलाई हाम्रो समाजमा विरोधको रुपमा चित्रण गरिँदै आएको छ । परापूर्वकालदेखि सामन्ती राज्य व्यवस्थाले यसरी रंगको आधारमा विभाजन गर्ने गरिएको पाइन्छ, जुन अझै पनि हाम्रो समाजमा विद्यमान रहेको छ । कुनै पनि रंग सुन्दरता र विरोधको प्रतिक बन्नुहुँदैन भन्ने हाम्रो धारणा हो । नेपाल वहुभाषिक, वहुजातीय, वहुसांस्कृतिक इन्द्रेणी रंग भएको देश हो । सबै रंगको संयोजनले नेपालको सुन्दरता बनेको छ । हामी कोही काला, कोही गोरा जो जस्तो भएपनि समग्रमा आमनेपाली हौं । हामी जहाँ बसे पनि नेपालकै मायामा हुर्केका छाैं । शंकरजीको लेखाई व्यक्तिगत धारणा हो । यसमा पूरै पार्टीको नाम जोडिनु हँुदैन । उहाँले पनि समाजमा असर पु¥याउने कुरा अभिव्यक्त गरेको होइन, उहाँको भनाइको अर्थ फरक दृष्टिकोणबाट लगाउँदा गलत हुन गएको हो । सबैको भनाइसँग सबै सहमत नै हुनुपर्छ भन्ने हुदैन । नेकपा एमाले जहिले पनि मधेस हिमाल र पहाड सबै आम नेपाली हुन्, र सबैलाई समान रुपमा हेरिनु पर्दछ भन्ने मान्यता बोकेको पार्टी हो । यस घटनाबाट सिक्नुपर्ने मुख्य कुरा भनेको समाजको संवेदनशीलतालाई बुझेर, अन्य अर्थ पनि लाग्न सक्ने कुरालाई सार्वजनिक गरिनु हुँदैन भन्ने हो । बोल्दा यस्ता कुरामा हामीले ध्यान दिनु पर्दछ । पोखरेलले माफी माग्नुपर्छ महेन्द्र पासवान, नयाँ शक्ति नेपाल कार्यसमिति सदस्य \"mahendra-paswan-nayasakti\"एमाले नेता पोखरेलजीले दिएको अभिव्यक्ति आपत्तिजनक छ । तराइ–पहाड–हिमालका सबै कालागोरा मानिसहरु समुदायमा मिलेर बसेका छन् । उहाँले लेखेको कुराले शान्तिको अवस्था खलबल्याएको छ । उहाँले व्यक्त गरेको धारणा जुनसुकै भावले आएको भएपनि त्यसले मधेसी जनतालाई अपमानित गरेको हुनाले आफ्नो शब्द फिर्ता लिँदै माफी माग्नु राम्रो हुन्छ । अन्जानमा हुने गल्तीहरुको सुधारका लागि माफी पनि दिनु पर्दछ तर नियतवस बोलेको भएमा कार्बाहीको माग गर्नु पनि जायज हुन्छ भन्ने लाग्दछ । राष्ट्रिय रुपमा चिनिएको नेताले बोल्दा जनताको भावनामा चोटपर्ने कुराप्रति सजग हुनुपर्दथ्यो । यस्तो कुराले समाजलाई विद्रोही बनाउँछ । हामी यस्तो रंगभेदी कुराको घोर विरोध गर्छौ । नस्लवादी, रंगभेदी सोँचप्रति गम्भीर आपत्ति छ लालबावु राउत , संघीय समाजवादी फोरम, उपाध्यक्ष \"mahomad-lal-babu-rawot\"एमाले नेता शंकर पोखरेलको अभिव्यक्तिमा देखिएको नक्सलवादी, रंगभेदी सोँचको हामी घोर विरोध जनाउँछौ । जसको मनमा जे कुरा हुन्छ, त्यहि नै बोल्ने गर्दछ, तसर्थ उहाँले व्यक्त गरेको कुराले मधेसका जनतालाई गिज्याएको, तिरस्कृत गरेको र अपमान गरेको हामीलाई लागेको छ । उहाँमा सामन्ती शासकीय चिन्तन भएको स्पष्ट देखिएको छ, यो राज्यले उत्पीडित समुदाय वर्ग र लिंगमाथि राख्ने सोचको संकेत पनि हो । कानुनले उनीहरुलाई कारबाही गर्छ गर्दैन त्यो मलाई थाहा छैन, तर जनताले आफै तिनीहरुलाई कारबाही गर्न सक्छन् । त्यहि नै न्यायीक कारबाही पनि हो । उहाँले आमरुपमा माफी मागेर सच्चिनु राम्रो हुन्छ, नभए मधेसी जनताले उहाँलाई वहिष्कार गर्न पनि सक्छन् । साइबर क्राइम अन्तर्गत कारबाही गर्नुपर्छ लक्ष्मणलाल कर्ण, सद्भावना पार्टी सह अध्यक्ष \"laxman-lal-karna\"देशमा रंगभेदको लडाइ गराउने ढंगले आएको अभिव्यक्तिको हामी विरोध गर्छौ । उहाँले व्यक्त गर्नु भएको धारणाले समाजमा कस्तो असर पा¥यो त्यो बुझ्नु पर्ने हुन्छ । साइवर क्राइम नै हो त्यो, त्यसको आधारमा कारबाही गर्नुपर्दछ । मधेसी जनतालाई मान्छे नै नठान्ने, उनीहरुलाई जे भने पनि हुन्छ भन्ने सामन्ति सोचको भएकाहरुले मुलुकमा शान्ति नचाहेको हो कि भन्ने गम्भीर आशंका पैदा गराएको छ । आमरुपमा माफी नमागे मधेसीजनताले वहिष्कारको कारबाही आफै गर्छन्, उहाँले सच्चिनु सबै भन्दा राम्रो कुरा हो । जनताले आफै बहिष्कार गर्छन् रामजनम चौधरी, उपाध्यक्ष ,मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) \"ram-janam-chaudhari-foram-loktantrik\"कसैलाई पनि होच्याउने काम गलत हो । एमालेको जिम्मेवार नेताले यसरी मधेसी जनताको भावनामा चोट पु¥याउने र गिज्याउने खालको धारणा सार्वजनिक गर्नु कुनै पनि अर्थमा उचित होइन । उहाँले व्यक्त गर्नु भएको भाषा अत्यन्त गलत छ । कालो वर्णको कुरा राखेर त्यस्तो लेख्नु नहुने हो । अमेरीकामा पनि रंगभेदबारे आन्दोलन भएको थियो, हामीले त्यो इतिहास बुझ्नु जरुरी छ । उहाँले भविष्यमा त्यस्तो गल्ती नगर्ने प्रतिवद्धतासहित मधेसी जनतासँग आममाफी माग्नु नै समस्याको निकास हो । जनताको भावनालाई कुल्चेर गएमा जनताले उहाँलाई बहिष्कार गर्छन् । साम्प्रदायिकता खलल गर्ने योजनाप्रति सजग हुनुपर्दछ हरिभक्त कडेंल , नेकपा (क्रान्तिकारी माओवादी) प्रवक्ता \"haribhakta-kadel\"यो विषय संविधानमा जनताले अस्वीकार गरेको संविधान हो । देशमा कफ्र्यू लगाएर संविधान आएको सबैलाई थाहै भएको कुरा हो । सरकारले दमन गरेर संविधान घोषणा गरेपछि त्यसको विरोध गर्नु, संविधान च्यात्नु, जलाउनु जनताको लोकतान्त्रिक अधिकार हो । संविधान जनतालाई आवश्यक थियो तर सहमतिबाट ल्याउनु पर्दथ्यो, त्यसो नहुँदा त्यसको विरोधका कार्यक्रम सार्वजनिक हुनु कुनै अनौठो कुरा पनि होइन । संविधानको विरोध गर्ने कुरासँग जोडेर जसरी शंकर पोखरेलको रंगभेदी प्रकारको अभिव्यक्ति आएको छ, त्यो गलत हो । हाम्रो पनि त्यसमा विरोध रहन्छ । राष्ट्रवादी मधेसी जनताकोबारेमा एमालेको जिम्मेवार नेताले त्यस्तो अभिव्यक्ति नदिनुपर्ने हो । नेपालमा साम्प्रदायिक दंगा मच्चाएर राजनीतिक गर्ने काममा विभिन्न शक्ति केन्द्रहरु लागेका छन् । त्यसप्रति देशका ठूला भनाउन चाहने दलहरु जिम्मेवार हुनुको साटो आफैले त्यो काम गर्नु दुखद कुरा हो । बोल्दा, लेख्दा समाजमा पर्ने प्रभावको ख्याल गर्नु पर्दछ । उहाँको अभिब्यक्तिले जनताको भावनामा परेको असरलाई महशुसा गर्दै माफी माग्नु उचित होला । गल्ती सुधार गरेर मात्र जनताको प्यारो भइन्छ किरण यादव, नेपाली कांग्रेस नेतृ \"kiran_yadav-kangresh-ccm\"जिम्मेवार दलको नेताले त्यस्तो वाहियात कुरा नगर्नु पर्ने हो । कालो र गोरो जस्तो रंगको आधारमा मधेसी जनतालाई होच्याउने खालको अभिव्यक्ति दिनु गलत हो । देशमा सबै रंग र भाषा संस्कारमा समुदायहरु मिलेर बसेका छन्, यस्तो खालका अभिव्यक्तिले जनतामा विभाजन गर्दछ । समुदायलाई खलल् पुग्ने खालको धारणा उहाँले अभिव्यक्त लेख्नु हुँदैनथ्यो । गल्ति नै भएको खण्डमा त्यसलाई सच्याउनु पर्दथ्यो । जनताको भावना कुल्चेर हामीले कसको लागि राजनीति गर्ने ? यो घटनाले हामीलाई बोल्दा सोच विचार गरेर र त्यसले पार्ने प्रभावको विषयमा ध्यान दिएर मात्र बोल्नु पर्दछ भन्ने पाठ सिकाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending