Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

एमाले नेता शंकर पोखरेलको ट्विटमाथि बहस :को के भन्छन् ?

काठमाडौं, २४ भदौ । नेकपा एमालेका स्थायी समितिका सदस्य शंकर पोखरेलले केही दिन अघि विवादास्पद ट्विट गरे –‘मधेसी जनता अधिकांश कालो वर्णका छन् । मधेसी मोर्चाले कालो दिवस भनेर त्याँहाको जनताको सम्मान गर्न खोजेको की अपमान ? बुझ्न गाह्रो भयो’ । उनको यस्तो धारणाको चौतर्फी विरोध मात्रै भएन । अहिले प्रहरीमा साइबर क्राइम भन्दै उजुरीसमेत परेको छ । उनको उक्त धारणामाथि के भन्छन् त अन्य राजनीतिककर्मी ? खबरडबलीका लागी लोकराज जैसीले लिएको धारणा– \"twite_pokhrel\" रंगभेदी धारणा मधेसकै अपमान लीलामणि पोखरेल, माओवादी केन्द्र \"lilamani-pokhrel\"नेकपा एमालेका नेता शंकर पोखरेलले मधेसी काला हुने र संविधानको विरोधमा कालोदिन मनाउन खोजेको कुरालाई जोडेर जसरी आफ्नो भनाइ सार्वजनिक गरे, त्यो कुरा जुनसुकै आशयले भनिए पनि त्यसले मधेसी जनताको भावनामा चोट पु¥याएको देखिन्छ । एउटा जिम्मेवार नेताले समुदायको शान्तिमा समेत खलल पुगाउने ढंगको धारणा सार्वजनिक गर्नु गलत हो । रंगभेदी त्यो उनको धारणा मधेसको अपमान हो । उनको अभिव्यक्तिले समाजमा मिलेर बसेका मधेसी र पहाडी सम्प्रदायबीच फाटो ल्याउने काम गरेको छ । मधेसका जनताको भावनामा आक्षेप लाग्ने गरी लेख्नु नहुने थियो । जसरी रंगभेदको कुरा गरिएको छ, त्यसले समाजमा कस्तो प्रभावको पार्छ भन्ने बारेमा सोच्नु पर्दथ्यो । नेता पोखरेलबाट जान अन्जानमा गल्ती भएको देखिन्छ । मधेसी युवाहरुले भनेको साइबर क्राइमको मुद्दा गर्ने कुराले पनि निकास नदिन सक्छ । तसर्थ एउटा जिम्मेवार नेताको हैसियतले आफ्नो लेखाइबाट मधेसी समुदायमा पर्न गएको असर महशुस गर्दै आमरुपमा माफी माग्नु उपयुक्त हुन्छ भन्ने लाग्छ । यो विषयलाई धेरै तन्काउनु भन्दा पनि निकास खोज्नु राम्रो हुन्छ । पार्टीको धारणा नभइ ब्यक्तिको धारणा हो प्रदिप ज्ञवाली, एमाले सचिव \"pradip\"खासगरी कालो रंगलाई हाम्रो समाजमा विरोधको रुपमा चित्रण गरिँदै आएको छ । परापूर्वकालदेखि सामन्ती राज्य व्यवस्थाले यसरी रंगको आधारमा विभाजन गर्ने गरिएको पाइन्छ, जुन अझै पनि हाम्रो समाजमा विद्यमान रहेको छ । कुनै पनि रंग सुन्दरता र विरोधको प्रतिक बन्नुहुँदैन भन्ने हाम्रो धारणा हो । नेपाल वहुभाषिक, वहुजातीय, वहुसांस्कृतिक इन्द्रेणी रंग भएको देश हो । सबै रंगको संयोजनले नेपालको सुन्दरता बनेको छ । हामी कोही काला, कोही गोरा जो जस्तो भएपनि समग्रमा आमनेपाली हौं । हामी जहाँ बसे पनि नेपालकै मायामा हुर्केका छाैं । शंकरजीको लेखाई व्यक्तिगत धारणा हो । यसमा पूरै पार्टीको नाम जोडिनु हँुदैन । उहाँले पनि समाजमा असर पु¥याउने कुरा अभिव्यक्त गरेको होइन, उहाँको भनाइको अर्थ फरक दृष्टिकोणबाट लगाउँदा गलत हुन गएको हो । सबैको भनाइसँग सबै सहमत नै हुनुपर्छ भन्ने हुदैन । नेकपा एमाले जहिले पनि मधेस हिमाल र पहाड सबै आम नेपाली हुन्, र सबैलाई समान रुपमा हेरिनु पर्दछ भन्ने मान्यता बोकेको पार्टी हो । यस घटनाबाट सिक्नुपर्ने मुख्य कुरा भनेको समाजको संवेदनशीलतालाई बुझेर, अन्य अर्थ पनि लाग्न सक्ने कुरालाई सार्वजनिक गरिनु हुँदैन भन्ने हो । बोल्दा यस्ता कुरामा हामीले ध्यान दिनु पर्दछ । पोखरेलले माफी माग्नुपर्छ महेन्द्र पासवान, नयाँ शक्ति नेपाल कार्यसमिति सदस्य \"mahendra-paswan-nayasakti\"एमाले नेता पोखरेलजीले दिएको अभिव्यक्ति आपत्तिजनक छ । तराइ–पहाड–हिमालका सबै कालागोरा मानिसहरु समुदायमा मिलेर बसेका छन् । उहाँले लेखेको कुराले शान्तिको अवस्था खलबल्याएको छ । उहाँले व्यक्त गरेको धारणा जुनसुकै भावले आएको भएपनि त्यसले मधेसी जनतालाई अपमानित गरेको हुनाले आफ्नो शब्द फिर्ता लिँदै माफी माग्नु राम्रो हुन्छ । अन्जानमा हुने गल्तीहरुको सुधारका लागि माफी पनि दिनु पर्दछ तर नियतवस बोलेको भएमा कार्बाहीको माग गर्नु पनि जायज हुन्छ भन्ने लाग्दछ । राष्ट्रिय रुपमा चिनिएको नेताले बोल्दा जनताको भावनामा चोटपर्ने कुराप्रति सजग हुनुपर्दथ्यो । यस्तो कुराले समाजलाई विद्रोही बनाउँछ । हामी यस्तो रंगभेदी कुराको घोर विरोध गर्छौ । नस्लवादी, रंगभेदी सोँचप्रति गम्भीर आपत्ति छ लालबावु राउत , संघीय समाजवादी फोरम, उपाध्यक्ष \"mahomad-lal-babu-rawot\"एमाले नेता शंकर पोखरेलको अभिव्यक्तिमा देखिएको नक्सलवादी, रंगभेदी सोँचको हामी घोर विरोध जनाउँछौ । जसको मनमा जे कुरा हुन्छ, त्यहि नै बोल्ने गर्दछ, तसर्थ उहाँले व्यक्त गरेको कुराले मधेसका जनतालाई गिज्याएको, तिरस्कृत गरेको र अपमान गरेको हामीलाई लागेको छ । उहाँमा सामन्ती शासकीय चिन्तन भएको स्पष्ट देखिएको छ, यो राज्यले उत्पीडित समुदाय वर्ग र लिंगमाथि राख्ने सोचको संकेत पनि हो । कानुनले उनीहरुलाई कारबाही गर्छ गर्दैन त्यो मलाई थाहा छैन, तर जनताले आफै तिनीहरुलाई कारबाही गर्न सक्छन् । त्यहि नै न्यायीक कारबाही पनि हो । उहाँले आमरुपमा माफी मागेर सच्चिनु राम्रो हुन्छ, नभए मधेसी जनताले उहाँलाई वहिष्कार गर्न पनि सक्छन् । साइबर क्राइम अन्तर्गत कारबाही गर्नुपर्छ लक्ष्मणलाल कर्ण, सद्भावना पार्टी सह अध्यक्ष \"laxman-lal-karna\"देशमा रंगभेदको लडाइ गराउने ढंगले आएको अभिव्यक्तिको हामी विरोध गर्छौ । उहाँले व्यक्त गर्नु भएको धारणाले समाजमा कस्तो असर पा¥यो त्यो बुझ्नु पर्ने हुन्छ । साइवर क्राइम नै हो त्यो, त्यसको आधारमा कारबाही गर्नुपर्दछ । मधेसी जनतालाई मान्छे नै नठान्ने, उनीहरुलाई जे भने पनि हुन्छ भन्ने सामन्ति सोचको भएकाहरुले मुलुकमा शान्ति नचाहेको हो कि भन्ने गम्भीर आशंका पैदा गराएको छ । आमरुपमा माफी नमागे मधेसीजनताले वहिष्कारको कारबाही आफै गर्छन्, उहाँले सच्चिनु सबै भन्दा राम्रो कुरा हो । जनताले आफै बहिष्कार गर्छन् रामजनम चौधरी, उपाध्यक्ष ,मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) \"ram-janam-chaudhari-foram-loktantrik\"कसैलाई पनि होच्याउने काम गलत हो । एमालेको जिम्मेवार नेताले यसरी मधेसी जनताको भावनामा चोट पु¥याउने र गिज्याउने खालको धारणा सार्वजनिक गर्नु कुनै पनि अर्थमा उचित होइन । उहाँले व्यक्त गर्नु भएको भाषा अत्यन्त गलत छ । कालो वर्णको कुरा राखेर त्यस्तो लेख्नु नहुने हो । अमेरीकामा पनि रंगभेदबारे आन्दोलन भएको थियो, हामीले त्यो इतिहास बुझ्नु जरुरी छ । उहाँले भविष्यमा त्यस्तो गल्ती नगर्ने प्रतिवद्धतासहित मधेसी जनतासँग आममाफी माग्नु नै समस्याको निकास हो । जनताको भावनालाई कुल्चेर गएमा जनताले उहाँलाई बहिष्कार गर्छन् । साम्प्रदायिकता खलल गर्ने योजनाप्रति सजग हुनुपर्दछ हरिभक्त कडेंल , नेकपा (क्रान्तिकारी माओवादी) प्रवक्ता \"haribhakta-kadel\"यो विषय संविधानमा जनताले अस्वीकार गरेको संविधान हो । देशमा कफ्र्यू लगाएर संविधान आएको सबैलाई थाहै भएको कुरा हो । सरकारले दमन गरेर संविधान घोषणा गरेपछि त्यसको विरोध गर्नु, संविधान च्यात्नु, जलाउनु जनताको लोकतान्त्रिक अधिकार हो । संविधान जनतालाई आवश्यक थियो तर सहमतिबाट ल्याउनु पर्दथ्यो, त्यसो नहुँदा त्यसको विरोधका कार्यक्रम सार्वजनिक हुनु कुनै अनौठो कुरा पनि होइन । संविधानको विरोध गर्ने कुरासँग जोडेर जसरी शंकर पोखरेलको रंगभेदी प्रकारको अभिव्यक्ति आएको छ, त्यो गलत हो । हाम्रो पनि त्यसमा विरोध रहन्छ । राष्ट्रवादी मधेसी जनताकोबारेमा एमालेको जिम्मेवार नेताले त्यस्तो अभिव्यक्ति नदिनुपर्ने हो । नेपालमा साम्प्रदायिक दंगा मच्चाएर राजनीतिक गर्ने काममा विभिन्न शक्ति केन्द्रहरु लागेका छन् । त्यसप्रति देशका ठूला भनाउन चाहने दलहरु जिम्मेवार हुनुको साटो आफैले त्यो काम गर्नु दुखद कुरा हो । बोल्दा, लेख्दा समाजमा पर्ने प्रभावको ख्याल गर्नु पर्दछ । उहाँको अभिब्यक्तिले जनताको भावनामा परेको असरलाई महशुसा गर्दै माफी माग्नु उचित होला । गल्ती सुधार गरेर मात्र जनताको प्यारो भइन्छ किरण यादव, नेपाली कांग्रेस नेतृ \"kiran_yadav-kangresh-ccm\"जिम्मेवार दलको नेताले त्यस्तो वाहियात कुरा नगर्नु पर्ने हो । कालो र गोरो जस्तो रंगको आधारमा मधेसी जनतालाई होच्याउने खालको अभिव्यक्ति दिनु गलत हो । देशमा सबै रंग र भाषा संस्कारमा समुदायहरु मिलेर बसेका छन्, यस्तो खालका अभिव्यक्तिले जनतामा विभाजन गर्दछ । समुदायलाई खलल् पुग्ने खालको धारणा उहाँले अभिव्यक्त लेख्नु हुँदैनथ्यो । गल्ति नै भएको खण्डमा त्यसलाई सच्याउनु पर्दथ्यो । जनताको भावना कुल्चेर हामीले कसको लागि राजनीति गर्ने ? यो घटनाले हामीलाई बोल्दा सोच विचार गरेर र त्यसले पार्ने प्रभावको विषयमा ध्यान दिएर मात्र बोल्नु पर्दछ भन्ने पाठ सिकाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: