Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

प्रेस सेन्टर दाङमा तीन अक्षयकोषको स्थापना

दाङ, २३ भदौ । प्रेस सेन्टर नेपाल दाङ शाखामा तीनवटा पुरस्कार अक्षयकोषको स्थापना गरिएको छ । बिहीबार घोराहीमा बसेको सेन्टरको दोस्रो पूर्ण बैठकले एक लाख दश हजार रुपैयाँ राशीको कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कार अक्षयकोष, ५१ हजार राशीको लोककुमारी स्मृति पत्रकारिता पुरस्कार अक्षयकोष र ५१ हजार राशीकै पत्रकारिता प्रतिभा पुरस्कारको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो । त्यस्तै , आफ्नी आमा÷हजुरआमा त्रिपुर–१ नारायणपुरकी लोककुमारी रिजालको स्मृतिमा प्रेस सेन्टर दाङमा लोककुमारी स्मृति पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरेकोमा सेन्टरका केन्द्रीय कार्यालय सदस्य अजयदीप शर्मा, शुभेच्छुकहरु हरिप्रसाद रिजाल, गणेश रिजाल, अर्जुन रिजाल र राधा रिजाललाई धन्यवाद ज्ञापन गरेको छ । सेन्टरका अध्यक्ष डिल्ली मल्लको अध्यक्षता एवं केन्द्रीय कार्यलय सदस्य अजयदीप शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले तीनवटै पुरस्कारका अक्षयकोषहरु घोराहीस्थित नमस्ते वित्तीय संस्था लि.मा राख्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले प्रेस सेन्टर दाङको कार्यसमिति सदस्यमा दीपक घिमिरे र अनिता पोख्रेललाई मनोनित गरेको छ । साथै सेन्टरका कार्यसमिति सदस्य सुमन ओलीले दिनुभएको राजीनामा पनि स्वीकृत गरेको बैठकपछि सचिव पाण्डव शर्माले बताएका छन् । यही भदौ २९ गते नेपालगञ्जमा हुन गइरहेको सेन्टरको प्रथम प्रादेशिक अधिवेशनमा जिल्लाको तर्फबाट सक्रिय सहभागिता जनाउने निर्णय गरेको पनि सचिव शर्माले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending