Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू नभए सञ्चारगृह केन्द्रित आन्दोलन : बिष्ट

\"14256628_1048582505238434_443934020_n\"भक्तपुर, २३ भदौ । नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिक बिषयमा सञ्चार गृहहरुले तत्कालै कार्यान्वयन नगरे महासंघले सञ्चार गृह केन्द्रित चरणबद्ध आन्दोलन गर्ने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै बिष्टले लामो समय देखि सञ्चार जगत्मा चर्चाको बिषय बनेको श्रमजीवि पत्रकारको न्यनूतम पारिश्रमिकको बिषय तर्फ सञ्चार गृहहरुले कार्यान्वयन तर्फ ध्यान नदिएको भन्दै अब सञ्चार गृह केन्द्रित आन्दोलन गर्ने बताएका हुन् । बिष्टले पत्रकारका बिषयमा गरिएको बिमालाई अझ फराकिलो बनाउँदै लैजाने र सरकारले स्वास्थ्य क्षेत्रमा दिने भनेको ५० प्रतिशत छुटका बिषयमा समेत सम्बोधन नभएकाले यसको कार्यान्वयन तर्फ सरकारले तत्कालै कदम चाल्नु पर्नेमा जोड दिए । देश संघियतामा प्रवेश भईसकेकोले पत्रकार महासंघमा समेत ब्यापक परिवर्तन गर्नु पर्ने भएकाले बिधान संशोधनको तयारी भएको र यसको मूर्त स्वरुप छिटै देखा पर्ने भन्दै संबिधानको सफल कार्यान्वयनमा सञ्चार जग्तको भूमिकालाई ब्यापक पार्नु पर्ने बताए । नेपाल प्रेस काउन्सिलका अध्यक्ष बोर्ण बहादुर कार्कीले नेपालमा औंलामा गन्न मिल्ने सञ्चार माध्यम बाहेक अन्य मिडियाहरु आर्थिक संकटमा रहेको भन्दै मिडियालाई आर्थिक सवल पार्न नसके समस्या जस्ताको तस्तै रहने उनले बताए । सञ्चार क्षेत्रमा आउने क्रम जति बढेको छ त्यतिनै पाँच ६ बर्ष काम गरेको पछि आफ्नो भबिष्य नदेखेर बिलिन हुने क्रम समेत बढेको उनले बताए । यसरी नेपालको मिडियामा काम गरि जीवन जोह गर्न सक्ने अवस्था हाल सम्म पनि देखा पर्न नसकेको उनको भनाई छ । दूई प्रकारका सञ्चार गृह रहेको र एक सक्षम भएर पनि श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिक उपलब्ध नगराउने र अर्को आर्थिक रुपमै असक्षम भएकाले न्यूनतम पारिश्रमिक उपलब्ध गराउन नसकेको अवस्था देखिएको उनले बताए । उनले केही ठूला सञ्चार गृहल फाइदामा रहेको र फाइदा भएको रकम सञ्चार क्षेत्र र सञ्चारकर्मीको बिकासमा भन्दा पनि अन्य ब्यवसायमा लागू गर्दा समस्या माथि समस्या थपिँदै गएको बताए । उनले सबै भन्दा कान्छो मिडिया भनेको अनलाईन सञ्चार माध्यम भएता पनि यो बाँदरको हातमा नरिवल बनेको भन्दै समाचारको राम्रो माध्यम भएता पनि यसलाई ब्यवस्थित गर्न नसक्दा यसको अपार भबिष्य संकटमा पर्न सक्ने अवस्था देखिएको उनको भनाई छ । कमिकम्जोरीलाई नियन्त्रण गर्दै यसको प्रर्वद्धनमा लागेको र कानुनी मान्यता दिलाउँदै पत्रकारीताको सामान्य नियम अनुसार नै सञ्चालन गर्नु पर्नेमा काउन्सिलको मान्यता रहेको उनले बताए । नयाँ आचार संहिताको लागूसँगै सञ्चार क्षेत्रलाई कमाई खाने र सञ्चार कर्मीको खोल आडेकालाई कारवाहीकोे दायरामा ल्याउने समेत तयारी रहेको उनले बताए । सञ्चार कर्मीको अभिलेखिकरण र नयाँ आउने सञ्चार कर्मीका लागि परिक्षाको ब्यवस्था गर्दै सञ्चार क्षेत्रलाई सबल पार्दै अगाडी बढ्न लागेको समेत उनले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending