Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

शंकर पोखरेल विरुद्ध साइबर क्राइमको मुद्धा दर्ता गर्न प्रहरीले मानेन , अब अदालत जाने

\"shankar-pokhrel\"काठमाडौं, २२ भदौ । विवादास्पद ट्विट गरेर मधेसी समुदायको अपमान गरेको आरोप लगाउँदै नेकपा एमालेका वरिष्ठ नेता शंकर पोखरेल विरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्विकार गरेको छ । समाजवादी युवा फोरम नेपालका उपमहासचिव दुर्गामणि सुवेदीले बुधबार महानगरिय प्रहरी परिसर टेकुमा साइबर क्राइम अन्तर्गत एमाले नेता पोखरेल विरुद्ध दिएको जाहेरी प्रहरीले अस्वीकार गरेको हो । एमाले नेता पोखरेलविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार जाहेरी दर्ता गर्न सुवेदी नेतृत्वको टोली टेकु पुगेको थियो । तर प्रहरीले कमजोर मुद्धा भन्दै मुद्ध दर्ता गर्न अस्विकार गरेको थियो । ‘शंकर पोखरेल विरुद्धको जाहेरी दर्ता गर्न प्रहरीले सीधै अस्वीकार गर्यो’– जाहेरी दर्ता गर्न टेकु पुगेका युवा फोरमका उपमहासचिव सुवेदीले भने । उनले एमालेको प्रेसरमा प्रहरीले मुद्धा दर्ता गर्न नमानेको प्रतिक्रिया दिए । ‘रंगभेद विश्वबाट अन्त्य भइसक्दा पोखरेलले सिङ्गो मधेशी समुदायलाई कालो भन्दै सार्वजनिक ट्विट गर्दा पनि प्रहरीले जाहेरी दर्ता नगर्नु कानुनी राज्यको अपहेलना भएको बताए । \"shankar एमाले नेता शंकर पोखरेल विरुद्धको जाहेरी बुधबार प्रहरीले दर्ता गर्न नमानेपछि परमादेशका लागि अदालत जाने उजूरीकर्ता दुर्गामणि सुवेदीले बताएका छन् । ‘न्यायका लागि अदालतको ढोका जहिले नि खुल्ला हुन्छ, परमादेशका लागि अब हामी अदालत जान्छौं’– सुवेदीले भने । अदालतको परमादेशपछि जाहेरी दर्ता गर्न प्रहरी बाध्य हुने उनले बताए । संघीय समाजवादी फोरम नेपालको युवा संगठन युवा फोरमले पोखरेललाई पाँच वर्ष कैद सजायको मागसहित जाहेरी दिएको हो । एमाले नेता पोखरेलले मंगलबार ‘मधेसी जनता अधिकांश काला हुन्छन्, त्यसैले मधेसी मोर्चाले कालो दिवस मनाउँदै छ’, भनेर ट्विट गरेका थिए । चौतर्फी विरोध र आलोचना भएपछि पोखरेलले ट्विट डिलिट गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending