Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

रोल्पाबाट सातवटा स्थानीय तहको सिफारिस

\"Rolpa_district_location-263x156\"रोल्पा, २२ भदौ । रोल्पा स्थानीयतह पुनःसंरचना प्राविधिक सहयोग समिति, रोल्पाले सातवटा स्थानीय तहको पुनःसंरचनाको खाका तयार गरी मङ्गलबार आयोगमा पठाएको छ । जिल्लाका राजनीतिक दलबीच लामो समयसम्म आपसी सहमति हुन नसक्दा आयोगमा पठाउन समय लागेको हो । मङ्गलबारसम्ममा देशभर जम्मा २१ जिल्लाले मात्र प्रतिवेदन आयोगमा पठाएकाले अन्य जिल्लाको तुलनामा भने रोल्पा अग्रस्थानमा नै आएको छ । दलले आ–आफ्नो फरक खाका प्रस्तुत गर्दै भदौ १३ गते पाँचवटा स्थानीय तहका लागि सहमति गरेतापनि पछिल्लो समयमा त्यसैलाई लिएर जिल्लामा असन्तुष्टि आउँदा उपराष्ट्रपति, सभामुख र उपप्रधानमन्त्री बहाल रहिरहेको जिल्लामा उनीहरुकै पार्टीका जिल्ला संयोजकले एउटा बैठकको माइन्युट च्यात्दा राजनीतिक तरङ्ग पैदा भएको थियो । यसैबीच, सोमबार सर्वदलीय संयन्त्रसहितको बैठक बसी सातवटा स्थानीय तहको खाकामा सहमति भएपछि समितिले प्रतिवेदन पठाएको हो । यद्यपि राप्रपा नेपालले भने उक्त बैठकमा भाग लिए तापनि माइन्युटमा हस्ताक्षर नगरेको प्राविधिक सहयोग समितिका संयोजक स्थानीय विकास अधिकारी सुशील वैद्यले पत्रकारसँग बताउनुभयो । मङ्गलबार प्रतिवेदन पठाइसकेपछि स्थानीय विकास अधिकारीले जिविसमा पत्रकारसँग भेटघाटको आयोजना गरेका थिए । उनले राजनीतिक दलको सहमतिमा यस जिल्लामा स्थानीय तहको सातवटा सङ्ख्या कम भएकाले ११ वटा स्थानीय तह कायम गर्न आयोगमा सिफारिस गरी पठाउने, लिबाङमा कार्यविधि र कार्यसर्तले तोकेको भन्दा जनसङ्ख्या एक हजार ५३९ कम भएतापनि नगरपालिका सिफारिस गर्ने, गाम गाविस अत्यन्त विकट र ठूलो गाविस भएकाले दुईवटा वडा कायम गर्ने, थबाङ गाविसलाई विशेष क्षेत्रका रुपमा गाउँपालिका बनाउन सिफारिस गर्नेजस्ता निर्णय पनि पठाएको जानकारी दिए । समितिले आयोगमा सिफारिस गरी पठाएको लिबाङ नगरपालिकाको केन्द्र लिबाङ र जनसङ्ख्या ४२ हजार २९२, लुङ्ग्री गाउँपालिकाको केन्द्र सुलिचौर र जनसङ्ख्या ३८ हजार २६९, सुनछहरी गाउँपालिकाको केन्द्र पोबाङ र जनसङ्ख्या २६ हजार ८२०, जलजला गाउँपालिकाको केन्द्र पुतलाखेत वा कुरेली र जनसङ्ख्या २७ हजार ६८९, रुन्टीगढी गाउँपालिकाको केन्द्र होलेरी र जनसङ्ख्या २६ हजार ५७०, त्रिवेणी गाउँपालिकाको केन्द्र त्रिवेणी वा तिला र जनसङ्ख्या २२ हजार ९५७ साथै सुकीदह गाउँपालिकाको केन्द्र घर्तीगाउँ वा सुखाओडार तथा जनसङ्ख्या ३३ हजार ५८९ रहेको पत्रकार भेटघाटमा जानकारी गराइएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: