Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

रोल्पाबाट सातवटा स्थानीय तहको सिफारिस

\"Rolpa_district_location-263x156\"रोल्पा, २२ भदौ । रोल्पा स्थानीयतह पुनःसंरचना प्राविधिक सहयोग समिति, रोल्पाले सातवटा स्थानीय तहको पुनःसंरचनाको खाका तयार गरी मङ्गलबार आयोगमा पठाएको छ । जिल्लाका राजनीतिक दलबीच लामो समयसम्म आपसी सहमति हुन नसक्दा आयोगमा पठाउन समय लागेको हो । मङ्गलबारसम्ममा देशभर जम्मा २१ जिल्लाले मात्र प्रतिवेदन आयोगमा पठाएकाले अन्य जिल्लाको तुलनामा भने रोल्पा अग्रस्थानमा नै आएको छ । दलले आ–आफ्नो फरक खाका प्रस्तुत गर्दै भदौ १३ गते पाँचवटा स्थानीय तहका लागि सहमति गरेतापनि पछिल्लो समयमा त्यसैलाई लिएर जिल्लामा असन्तुष्टि आउँदा उपराष्ट्रपति, सभामुख र उपप्रधानमन्त्री बहाल रहिरहेको जिल्लामा उनीहरुकै पार्टीका जिल्ला संयोजकले एउटा बैठकको माइन्युट च्यात्दा राजनीतिक तरङ्ग पैदा भएको थियो । यसैबीच, सोमबार सर्वदलीय संयन्त्रसहितको बैठक बसी सातवटा स्थानीय तहको खाकामा सहमति भएपछि समितिले प्रतिवेदन पठाएको हो । यद्यपि राप्रपा नेपालले भने उक्त बैठकमा भाग लिए तापनि माइन्युटमा हस्ताक्षर नगरेको प्राविधिक सहयोग समितिका संयोजक स्थानीय विकास अधिकारी सुशील वैद्यले पत्रकारसँग बताउनुभयो । मङ्गलबार प्रतिवेदन पठाइसकेपछि स्थानीय विकास अधिकारीले जिविसमा पत्रकारसँग भेटघाटको आयोजना गरेका थिए । उनले राजनीतिक दलको सहमतिमा यस जिल्लामा स्थानीय तहको सातवटा सङ्ख्या कम भएकाले ११ वटा स्थानीय तह कायम गर्न आयोगमा सिफारिस गरी पठाउने, लिबाङमा कार्यविधि र कार्यसर्तले तोकेको भन्दा जनसङ्ख्या एक हजार ५३९ कम भएतापनि नगरपालिका सिफारिस गर्ने, गाम गाविस अत्यन्त विकट र ठूलो गाविस भएकाले दुईवटा वडा कायम गर्ने, थबाङ गाविसलाई विशेष क्षेत्रका रुपमा गाउँपालिका बनाउन सिफारिस गर्नेजस्ता निर्णय पनि पठाएको जानकारी दिए । समितिले आयोगमा सिफारिस गरी पठाएको लिबाङ नगरपालिकाको केन्द्र लिबाङ र जनसङ्ख्या ४२ हजार २९२, लुङ्ग्री गाउँपालिकाको केन्द्र सुलिचौर र जनसङ्ख्या ३८ हजार २६९, सुनछहरी गाउँपालिकाको केन्द्र पोबाङ र जनसङ्ख्या २६ हजार ८२०, जलजला गाउँपालिकाको केन्द्र पुतलाखेत वा कुरेली र जनसङ्ख्या २७ हजार ६८९, रुन्टीगढी गाउँपालिकाको केन्द्र होलेरी र जनसङ्ख्या २६ हजार ५७०, त्रिवेणी गाउँपालिकाको केन्द्र त्रिवेणी वा तिला र जनसङ्ख्या २२ हजार ९५७ साथै सुकीदह गाउँपालिकाको केन्द्र घर्तीगाउँ वा सुखाओडार तथा जनसङ्ख्या ३३ हजार ५८९ रहेको पत्रकार भेटघाटमा जानकारी गराइएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending