Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

उत्तर कोरियाद्वारा पुनः तीनवटा ब्यालिस्टिक मिसाइल प्रहार

\"misayal\"सोल, २१ भदौ । उत्तर कोरियाले आफ्नो पूर्वीसामुन्द्रिक तट बाहिर तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरी परीक्षण गरेको दक्षिण कोरियाले एक विज्ञप्ति प्रकाशन गरी जनाएको छ । मंगलबार उत्तर कोरियाको ह्वाङ्जु ग्रामीणक्षेत्रबाट ग्रीनविच समयानुसार बिहान ३ः०० बजे तिर जापानी सागर (सि अफ जापान)मा लगातार उक्त तीनवटै शक्तिशाली क्षेप्यास्त्र प्रहार गरी परीक्षण गरिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयका प्रवक्ताले बताएका छन् । दुई हप्ता जति अघि अर्थात् अगस्ट २४ का दिन उत्तर कोरियाले पनडुब्बी जहाजबाट प्रहार गर्न सकिने ५०० किलो मिटर प्रहार क्षमता दूरी भएको क्षेप्यास्त्र यसैगरी परीक्षण गरेको थियो । सो बखत पनि जापानको सामुद्रिक सीमारेखा भित्र पु्¥याई अन्तर्रा्ष्ट्रिय सामुन्द्रिक सीमारेखा आचारसंहिताको उल्लङ्घन गरेको पनि रक्षा मन्त्रालयका प्रवक्ताले सो विज्ञप्तिमार्फत् आज पुनः दोहो¥याए । यता, उत्तर कोरियाली सर्वोच्च नेता किमजोङ उनले अगस्ट २४ को परीक्षण बृहत्तर सफल रहेको र यस कदमले आवश्यक परेमा अमेरिकी मूलभूमिमाथि उत्तर कोरियाले जहिले पनि लक्षमा नबिराई प्रहार गर्न सकिने शृखला क्षेत्रभित्र पारेको छ भन्ने प्रमाणित गरिदिएको बताएका छन् । जी–२० राष्ट्रहरुको शिखर सम्मेलन जारी रहेकै बखत् आज बिहान फुर्सदको समयमा दक्षिण कोरियाली राष्ट्रपति पार्क गेयुन हाइ र चीनका राष्ट्रपति सि जिनपिङ्गका बीच भेटघाट र अनौपचारिक छलफल भएको केही घन्टामै उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्नुभनेको आफ्ना छिमेकी मुलुकलाई तर्साउन सकिन्छ कि भन्ने कुनियत प्रदर्शन गर्नु हो भनी रक्षा मन्त्रालयका प्रवक्ताले आशङ्का गरेका छन् । उत्तर कोरियाद्वारा आज बिहान परीक्षण गरिएको क्षेप्यास्त्र “रोडोङ” क्षेप्यास्त्र हुन सक्ने र यसको प्रहार क्षमता दूरी एक हजार किलो मिटर वा सोभन्दा बढ्तै पनि हुनसक्ने अनुमान गरिएको छ । जापानी सामुद्रिक तट इलाकानजिक प्रहार गरिएता पनि जापानलाई यसको कुनै जानकारी नदिइएको समेत दक्षिण कोरियाले आरोप लगाएको छ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को सङ्कल्प प्रस्तावलाई उत्तर कोरियाले बारम्बार ठाडै उल्लङघन गरिरहेको छ । हाल चीनको हाङ्झाउमा जी–२० राष्ट्रहरुको शिखर सम्मेलन भइरहेको मौका पारी आफ्नो आणविक एवम् क्षेप्यास्त्रजन्य सामरिक क्षमताको धाक लगाउने मनसायले उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको समेत रक्षा मन्त्रालयका प्रवक्ताको सो बिज्ञप्तिले दोषारोपण गरेको छ । रासस÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending