Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

बङ्गलादेशमा इस्लामी पार्टीका प्रमुख आर्थिक सहयोगीलाई झुण्ड्याइयो

\"मिर ढाका, १९ भदौ । बङ्गलादेशमा सबैभन्दा ठूलो इस्लामी दलका प्रमुख आर्थिक सहयोगी तथा व्यापारीलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको छ भने मुसलमान बहुसङ्ख्यक जनता बसोबास गर्ने समस्याग्रस्त यस मुलुकमा यसबाट उक्त दललाई ठूलो धक्का पुगेको ठानिएको छ । सन् १९७१ मा पाकिस्तानबाट बङ्गलादेश स्वतन्त्र हुँदा भएका सङ्घर्षमा हत्या तथा अपहरण गरेको आरोपमा जमात–ए–इस्लामीका प्रमुख नेता मिर कसेम अलीलाई एक विवादास्पद अदालतले दोषी ठहर गरेपछि शनिबार मृत्युदण्ड दिइएको हो । कसेमलाई राजधानीबाट उत्तरमा पर्ने गाजिपुर कारागारमा उच्च सुरक्षा व्यवस्थासाथ झुण्ड्याइएको थियो । उनको शरीरलाई अन्त्येष्टि गर्न मणिकगञ्ज जिल्लास्थित उनकै पैत्रिक गाउँमा प्रहरीले लगेको थियो । स्थानीय प्रहरी प्रमुख नजरुल इस्लामले उनका परिवारका दर्जनौँ सदस्य अन्त्येष्टि प्रार्थनामा सहभागी भएको बताए । प्रधानमन्त्री शेख हसिना वाजेदको धर्मनिरपेक्ष सरकारले यो अदालत सन् २०१० मा गठन गरेको हो । यसपछि मृत्युदण्ड पाएका जमातका प्रमुख व्यक्तिमा अली पाँचौँ हुन् । यस अदालतले मुलुकलाई विभाजन गरेको छ र यसलाई जमात तथा प्रमुख प्रतिपक्षी बङ्गलादेश नेसनालिस्ट पार्टीले आफ्नो नेताको अन्त्य गर्ने छलको रूपमा लिएका छन् । गृहमन्त्री असादुजामान खानले इस्लामी समूहलाई गैरकानुनी क्रियाकलाप नगर्न चेतावनी दिएका छन् । रासस र एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending