Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

बङ्गलादेशमा इस्लामी पार्टीका प्रमुख आर्थिक सहयोगीलाई झुण्ड्याइयो

\"मिर ढाका, १९ भदौ । बङ्गलादेशमा सबैभन्दा ठूलो इस्लामी दलका प्रमुख आर्थिक सहयोगी तथा व्यापारीलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको छ भने मुसलमान बहुसङ्ख्यक जनता बसोबास गर्ने समस्याग्रस्त यस मुलुकमा यसबाट उक्त दललाई ठूलो धक्का पुगेको ठानिएको छ । सन् १९७१ मा पाकिस्तानबाट बङ्गलादेश स्वतन्त्र हुँदा भएका सङ्घर्षमा हत्या तथा अपहरण गरेको आरोपमा जमात–ए–इस्लामीका प्रमुख नेता मिर कसेम अलीलाई एक विवादास्पद अदालतले दोषी ठहर गरेपछि शनिबार मृत्युदण्ड दिइएको हो । कसेमलाई राजधानीबाट उत्तरमा पर्ने गाजिपुर कारागारमा उच्च सुरक्षा व्यवस्थासाथ झुण्ड्याइएको थियो । उनको शरीरलाई अन्त्येष्टि गर्न मणिकगञ्ज जिल्लास्थित उनकै पैत्रिक गाउँमा प्रहरीले लगेको थियो । स्थानीय प्रहरी प्रमुख नजरुल इस्लामले उनका परिवारका दर्जनौँ सदस्य अन्त्येष्टि प्रार्थनामा सहभागी भएको बताए । प्रधानमन्त्री शेख हसिना वाजेदको धर्मनिरपेक्ष सरकारले यो अदालत सन् २०१० मा गठन गरेको हो । यसपछि मृत्युदण्ड पाएका जमातका प्रमुख व्यक्तिमा अली पाँचौँ हुन् । यस अदालतले मुलुकलाई विभाजन गरेको छ र यसलाई जमात तथा प्रमुख प्रतिपक्षी बङ्गलादेश नेसनालिस्ट पार्टीले आफ्नो नेताको अन्त्य गर्ने छलको रूपमा लिएका छन् । गृहमन्त्री असादुजामान खानले इस्लामी समूहलाई गैरकानुनी क्रियाकलाप नगर्न चेतावनी दिएका छन् । रासस र एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending