Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

यी हुन् बार्सिलोनाका उत्कृष्ट पाँच खेलाडी

इङलिस पत्रिका डेल मेलले बार्सिलोनाका अहिलेसम्मकै महान खेलाडीहरुको सूची निकालेको  छ । यस सूचीको शीर्ष पाँचमा को–को पर्न सफल भए ? डेल मेलले तयार पारेको बार्सिलोनाका सर्वकालीन पाँच महान खेलाडी १. लियोनल मेसी \"mesi-750\"क्याटलान एजेन्स जोसे मारियाले सन् २००० मा एक १३ वर्षीय फुच्चेलाई ट्रयलका लागि ल्याए र तान्कालीन बार्सिलोनाका प्राविधिक निर्देशक चार्ली रेक्चलाई भने, ‘यो अर्को म्याराडोना हो ।’ त्यतिबेला केही राम्रा खेलाडी भयो कि अर्को म्याराडोना भन्ने चलन व्यापक थियो । तर कोहीले ठ्याक्कै यस्तै सिद्ध गर्न सकेका थिएनन् । तर मेसीले खेलेको पहिलोपल्ट रेक्चले देखे, अहिले सम्झेर भन्छन्, ‘केही मिनेटमै मैले मेसीलाई चिनें ।’ त्यसको १६ वर्षपछि मेसी क्लबको इतिहासकै सबैभन्दा महान् खेलाडी सावित भएका छन् । अहिले क्लबका समर्थकका लागि मेसीले के कति जिते, त्यो महत्वपूर्ण रहेन खालि यति नै पर्याप्त छ, ‘मैले मेसीको खेल हेरेको छु ।’ २. ज्याभी हर्नान्डेज \"harnandej-750\"सन् २०१५ मा १७ सिजन खेलेर ज्याभी हर्नान्डेजले जतिबेला सन्यास लिए, उनले बार्सिलोनाका लागि ५९ हजार मिनेट खेलेका रहेछन् । अनि यसबीच बार्सिलोनाले २५ उपाधि जितेको रहेछ । उनले कीर्तिमान ७ सय ६७ खेल खेले र सम्भवतः यो कीर्तिमान तोडिने छैन । बार्सिलोनाले सफलता र मीठो कलात्मक फुटबलको शिखरमा चढ्दा ज्याभी त्यसका केन्द्र थिए । बार्सिलोना समर्थकलाई विश्वास छ, उनको योगदान कसैले कहिल्यै बिर्सने छैन । उनीहरु अहिले एउटै प्रतीक्षामा छन्, कहिले यी ज्याभी प्रशिक्ष्कका रुपमा क्लबमा फर्कनेछन् रु ३. रोनाल्डोनिन्हो \"ronaldinho-750\"यी ब्राजिली खेलाडी रोनाल्डोनिन्होले पाँच सिजन बार्सिलोनमा बिताए र उनी खुबै मनमौजी खालका थिए । अहिले पनि बार्सिलोनाका ट्याक्सी ड्राइभर रोनाल्डोनिन्होले बिताएका रंगीन रातबारे बताउने गर्छन् । तर मैदानमा भने उनी खुबै चमत्कारी खेलाडी थिए । उनको खेल बार्सिलोनाका समर्थकलाई खुसी दिने खालको थियो । सन् २००६ मा बार्सिलोनाले लिग र च्याम्पियन्स लिग दुवै जितेको थियो र यो डबल उपलब्धि बार्सिलोनाका खेलाडीका रुपमा सबैभन्दा ठूलो थियो । उनी वास्तवमै कति राम्रा खेलाडी थिए भने रियल म्याड्रिडको घर बर्नाबाउमा पनि उनको खेल हेरेर ताली बजाइन्थ्यो । ४. आन्द्रे इनिस्टा \"inista-750\"आन्दे्र इनिस्टाले चारपल्ट युरोपेली च्याम्पियन्स लिग जिते । त्यसमध्ये आर्सनलविरुद्ध सन् २००६ मा पेरिसमा प्राप्त जित गजब रह्यो । दोस्रो हाफमा मैदानमा छिरेर उनले खेलको मोड नै फेरे । सन् २००९ को रोम फाइनलसम्म पु¥याउने काम पनि उनकै थियो । सन् २०११ मा वेम्बली फाइनलमा पनि खेले । अनि सन् २०१५ मा बर्लिनमा जित्दा पनि उनकै पासले निर्णायक गोल भएको थियो । उनी बार्सिलोनाकै महान् खेलाडी रहे, अनि स्पेनका लागि पनि । ५. लाडिसलाओ कुबाला \"ladis-750\"लाडिसलाओ कुबालाको खेल निकै राम्रो हुने गथ्र्यो, त्यसैले उनको खेल हेर्न मात्र पनि दर्शकको घुइँचो लाग्ने गथ्र्यो । त्यसैले सन् १९५० तिर ६० हजार दर्शक क्षमताको क्याम्प डे लस कोर्टको स्थानमा अहिलेको ९३ हजार दर्शक क्षमताको नु क्याम्प बनाउनुपरेको थियो । लाडिसलाओले बार्सिलोनाका लागि १ सय ९४ गोल गरे र चारपल्ट लिग उपाधि जिते । साम्यवादी हंगेरीबाट रुसी सैनिकको भेषमा भागेका यी खेलाडीले धेरैपल्ट मृत्युको सामना गरे, तर प्रत्येकपल्ट बाँचे र बने, बार्सिलोनाकै एक महान खेलाडी । कान्तिपुरबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending