Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

जुँगाविनाका दुई नेतृबीच ‘जुँगाको लडाइँ’ !

संसार हल्लाउन सक्ने तागत युवा शक्तिमा हुन्छ । युवा शक्तिभित्र रहेको जोस, जाँगर, उत्साह तथा समय सापेक्ष परिस्थितिको समना गर्न सक्ने क्षमता भएकोले नै सबैको आकर्षको केन्द्र युवा हुन्छ । त्यसैले भनिन्छ युवा देशको शक्ति हो, खम्बा हो, आर्थिक विकास तथा समाज रुपान्तरणको भरपर्दो माध्यम हो । तर, कहिले काँही युवा गलत राजनीतिको शिकार भए भने त्यसले राजनीति, समाज तथा देशलाई नै प्रतिकुल असर पार्दछ । नयाँ भिजनसाथ उच्च मनोबल बोकेर अघि बढ्नु पर्ने युवा गलत नेतृत्वको चङ्गुलमा फस्दा कुनै एक व्यक्ति वा गुटको निरिह झुण्ड बन्दो रहेछ । यस्तै, अवस्थाको प्रतिनिधित्व गर्दै छ, संविधानसभाको दोस्रो ठूलो दल एमालेका युवा संगठन, युवा संघ नेपाल जेठमा युवा संघ नेपालले २५ औं बसन्त पार गर्दै छ ।  रजतजयन्तीको यस खुसियालीमा विगतको समिक्षा गर्दै नयाँ नेपालको खाका कोर्नुपर्ने अवस्थामा दुई भागमा विभाजन भएको छ । संघका तत्कालिन अध्यक्ष महेश बस्नेतले राजिनामा दिएपछि उत्पन्न भएको आन्तरीक विवाद छतछुल्ल भएको छ । एउटा गुटको नेतृत्व अध्यक्ष केपी ओलीपक्ष नेतृ नीरु पाल र अर्को गुटको नेतृत्व नेता माधब नेपालपक्ष नेतृ दिलु पन्तले गरेकी छिन् । बाहिर आवरणमा दुई नेतृबीचको लडाईं जस्तो देखिए पनि पर्दा पछाडि जुँगाको लडाईं कम रोचक छैन । यहि जुँगाको लडाईंले युवा संघ मात्र होइन, एमाले नेतृत्वबीच नै शित युद्ध सुरु भएको छ । दुई नेतृबीचको लडाई यति गहिरो र चोटिलो बन्दै गएको की दुवैपक्षले एकअर्काको अस्थित्व नस्वीकार्ने स्थितिमा पुगेका छन् । नीरु पालको नेतृत्वको हेटौंडा विस्तारीत बैठकले समानन्तर समिति बनाउने दिलु पन्तको समूहलाई कारबाहिको सिफारीस गरेको छ भने युव संघको अपमान गरेको आरोपमा नेता माधब नेपालाई सचेत पत्र काट्टे चेतावनी दिइसकेको छ । संस्थापनपक्षको नेतृ तथा अध्यक्ष पालले भनिन्–‘हाम्रो विरुद्धमा लाग्ने, अनर्गल प्रचार गर्ने, समानान्तर कमिटि बनाउने समूह तथा नेतालाई कारबाही हुन्छ’ भन्दै त्यस्ता व्यक्ति तथा समूह संगठनमा बस्नुको कुनै औचित्य नभएको जिकिर गरिन् । तर, असन्तुष्टपक्षका नेतृ दिलु पन्थले भनिन्–‘विधि र विधान विपरीत हिड्ने अराजक भिड् देखि हामी झुक्दैनौ, सक्छौ भने कारवाही गरेर देखाओस्, त्यस विरुद्ध लड्न तयार छौं ।’ यस्तै, आरोप र प्रत्यारोपमा विताएका दुई नेतृबीचको समानान्तर संगठनको गतिविधिले पार्टी नेतृत्वको टाउको खाएको छ । आफैले सिकाएको राजनीति संस्कारले आज आफै माथि जाइ लाग्दा बल्खुका बादशाहहरुको यति बेला युवालाई व्यबस्थापन गर्न नसक्दा ओठ तालु सुकेका छन् । बाध्य भएर पार्टी अनुशासन विभाग तथा पार्टी विभागको तर्फबाट अराजक गतिबिधि बन्द गर्न निर्देशन दिए पनि त्यसको दुवैपक्षले टेर पुच्छर लगाएन् । यसको उल्टो केन्द्रदेखिको विवाद गाउँ कमिटिसम्म पुर्‍यायाउन तल्लीन छन् । युवा संघको बुटवल अधिबेशनको म्याण्डेट एक बर्ष बाँकी छँदै ६ महिनाभित्र महाधिवेशन गर्ने निर्णयमा पुगेका छन् । विवादको चुरोलाई समात्दै पार्टी सचिव पृथ्वी सुब्बा गुरुङले भने–‘युवा संघको संयुक्त कार्यक्रममा ल्याप्चे लगाउने अनि अहिले बहुमतले पेले भन्न मिल्छ ।’ अब यस्ता अराजक झुण्डलाई पार्टीले कारबाही गछौं ।’ पार्टीको १५ बर्ष महासचिव चलाएको व्यक्ति सानो झुण्डको राजानीति गरेर युवाहरुको भविष्यमाथि खेलबाड नगर्न नेता गुरुङले नेपालाई चेतावनी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies