Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

मातृका माओवादी र एमालेबीच झडप : दुईको मृत्यु

काठमाडौं, धनुषा जिल्लाको सबैला नगरपालिकामा सोमबार राति मातृका यादव नेतृत्वको नेकपा (माओवादी) र एमालेबीच झडप हुँदा दुईको मृत्यु भएको खबर छ । विद्यालय व्यवस्थापन समिति चयनको विषयमा छलफल चलिरहँदा एमालेको केपी ओली समूहका बैकल्पिक पोटिलब्युरो सदस्य योगनारायण यादवको नेतृत्वमा गएको करिब ४० जनाको समूहले बैठकमा आक्रमण गरेको स्थानीयवासी रामबली साहले सञ्चारकर्मीलाई बताएका छन् । साहका अनुसार हतियारसहित आएका एमाले कार्यकर्ताहरुले विद्यालय परिसरमै ३० वर्षीय रामसेवक राउतमाथि गोली प्रहार गरेएका थिए । मातृका यादव नेतृत्वको माओवादीका कार्यकर्ता राउतको उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु भएको धनुषा प्रहरीको भनाइ छ । राउतको मृत्यु भएपछि राति सवा १२ बजे एमाले कार्यकर्ता ४२ वर्षीय रामप्रकाश यादवमाथि पाँच राउन्ड गोली प्रहार भई उनको मृत्यु भएको बताइएको छ । मृतक यादवकी श्रीमतीले प्रहरीलाई खबर गरेअनुसार एमाले नेता योगनारायण यादवका भाई र कार्यकर्ताहरुले यादवलाई घरबाट करिब १२ बजेतिर बोलाएर लगेका थिए । बोलाएर लगिएको केही बेरमै विद्यालय परिसरमा यादवको शब भेटिएको थियो । साँझमै सुरु भएको झडप त्यसबेला साम्य भइसकेको थियो । धनुषाका डीएसपी कृष्ण प्रसाईंले सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार यादवको शरीरमा पाँच राउन्ड गोली हानिएको थियो । प्रसाईंका अनुसार व्यवस्थापन समितिको अध्यक्षको विवादमा गम्भीर घाइते रामसागर साहलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको छ भने केही गम्भीर घाइतेहरुलाई काठमाडौं पठाइएको छ । जनकपुरबाट प्राप्त समाचारमा उल्लेख भएअनुसार एमाले नेता योगनारायण यादव त्यस क्षेत्रका चर्चित ‘गुन्डा’ हुन् । स्थानीयवासी रामबली साहका अनुसार यादव र उनका भाइहरुले गुन्डागर्दी गरेरै राजनीति गर्दै आएका छन् । केही वर्षपहिले धनुषामै भएको विद्यालय व्यवस्थापन समितिको चुनावमा पनि गोली चलेको थियो । उक्त प्रकरणमा पनि एक जनाको मृत्यु भएको थियो । उक्त गोली काण्डका अभियुक्त एमाले युवा संघका स्थानीय नेता राजु गुप्ता हाल प्रहरीको सूचीमा ‘फरार’ छन् । गुप्ताको संरक्षण योगनारायण र केपी ओलीले गर्दै आएको बताइएको छ । स्थानीयवासीहरुका अनुसार सोमबार राति भएको गोलीकाण्डमा गुप्तासहितका एमालेका कार्यकर्ताहरुको सहभागिता थियो । घटनाबारे नेकपा (माओवादी) का केन्द्रीय संयोजक मातृका यादवसँग खबरडबलीले जिज्ञासा राख्दा आफू कार्यक्रममा व्यस्त रहेको बताउँदै यादवले घटना भएको र दुईको मृत्यु भएको कुरा साँचो भएको बताए । नेता यादवले घटनाको सत्यथत्य छानबिन हुुनुपर्ने माग गरेका छन् । स्मरण रहोस्, नेता यादवको घर पनि सबैलामै रहेको छ । योगनारायण यादवको घर पनि सबैलामै छ । योगनारायणले उक्त क्षेत्र (धनुषा–६) बाट दुई पटक चुनाव हारिसकेका छन् । चुनाव हार्दै आए पनि केपी ओली गुटबाट वैकल्पिक पोलिटब्युरो सदस्य बनेपछि त्यस क्षेत्रमा उनको प्रभाव बढ्दै गएको बताइएको छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies