Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

भूकम्पपछि चेलिबेटी बेचबिखन बढ्यो

\"women_trafficking\"काठमाडौँ १४ भदौ । विसं २०७२ वैशाखको भूकम्पपछि मानव बेचबिखन बढेको एक संस्थाको अध्ययनले देखाएको छ । चेलिबेटी बेचबिखनविरुद्धको राष्ट्रिय सञ्जाल ९एनएनएजिटी०का अनुसार भारतमा मात्र बर्सेनि १३ हजारभन्दा बढी महिला तथा बालबालिकाको बेचबिखन हुने गरेको छ । अहिले भारतमा कम्तीमा पनि दुई लाख नेपाली महिला तथा बालिका यौन व्यवसायमा संलग्न रहेको बताइएको छ । एनएनएजिटीका अध्यक्ष भारती सिलवाल गिरीले नयाँ दिल्ली, हङकङ, तिब्बतमा धेरै चेलिबेटीको बेचबिखन हुने गरेको बताउँदै भूकम्पको समयमा नेपालमा धेरै चेलिबेटी बेचबिखन भएको उल्लेख गरे । उनले भने– “भूकम्पपछि महिलालाई रोजगारीको प्रलोभनमा, सहज र राम्रो जीवनयापन हुने लोभ देखाएर बेचबिखनमा पार्ने गरेको देखियो । अहिले यौन व्यवसायका लागि मात्र नभई मानव अङ्ग तस्करीका लागि समेत महिला तथा बालबालिकाको प्रयोग गर्ने गरेको देखिन्छ ।” खुल्ला सिमानाका कारण भारतमा महिला, बालिका बेचबिखनमा बढी पर्ने गरेपनि माइती नेपाललगायतका विभिन्न संस्थाको सक्रियतामा केही कमी आएको उनले बताए । एनएनएजिटीको सोमबार सम्पन्न दुईदिने चौथो राष्ट्रिय सम्मेलनले सरकारले मानव बेचबिखनसम्बन्धी नयाँ कानुन बनाउनुपर्ने र भएका कानुनको कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिएको छ । यसैगरी, सम्मेलनले बेचबिखनमा परेका महिलाको उद्धार कार्यलाई प्रभावकारी बनाउनुपर्ने र पीडितलाई न्याय दिलाउनेतर्फ सरकारले छिटोभन्दा छिटो पहल गर्ने संयन्त्र गठन गर्नुपर्ने जनाएको छ । यस्तै, नेपालका कति महिला, बालबालिका बेचबिखनमा परेका छन् र कुन कुन मुलुकमा बढी बेचबिखनमा पर्ने गरेका छन् भन्ने यकिन तथ्याङ्क नभएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: