हिरासतभित्रै ‘क्रान्ति’ गर्दैछन् विप्लव माओवादीका नेता !
चैत्र ९ गते, २०७१ सोमवार 23rd March, 2015 Mon१८:००:२८ मा प्रकाशित
काठमाडौं, हनुमानढोकास्थित प्रहरी हिरासतमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका नेता–कार्यकर्ताले प्रहरी हिरासतभित्रै ‘क्रान्तिको काम’ जारी राखिएको बताएका छन् ।
विभिन्न ‘अपराध’ वापत हिरासतमा रहेका बन्दीहरुसँग छलफल र अन्तर्क्रिया गर्ने, उनीहरुलाई माओवादी पार्टी र माओवादबारे बुझाउने, उनीहरुमाथि लागेका आरोप सही या गलत के छन् भनेर बुझ्ने र निर्दोषहरु फस्ने स्थिति देखिए पार्टीको पहलमा छुटाउन मद्धत गर्ने, आफैंसँग पक्राउ परेका पार्टी कार्यकर्तालाई थप प्रशिक्षित पार्ने र ‘क्रान्तिका लागि’ खार्नेजस्ता काममा उनीहरु हिरासतभित्रै क्रियाशील रहेको बताइएको छ ।
गतहप्ता राजधानीमा लगानी बोर्डका कार्यकारी निर्देशक राधेश पन्तको घर घेराउ गर्ने कार्यक्रमबाट पक्राउ परेका १७ नेता–कार्यकर्ता हनुमानढोकास्थित प्रहरी हिरासतमै छन् । उनीहरुको रिहाई गर्न माग गर्दै शनिबार साँझ राजधानीलगायत देशैभरका जिल्ला सदरमुकाम र मुख्य सहरहरुमा उक्त पार्टीले मशाल जुलुस निकाल्यो । मशाल जुलुसको क्रममा बागबजारबाट फेरि ७ माओवादी कार्यकर्ता पक्राउ परे ।
पक्राउ परेका सम्पूर्ण नेता–कार्यकर्ताहरुलाई तत्काल रिहाईको माग गर्दै उक्त पार्टीले आइतबार नेपाल बन्दसहितका विभिन्न कार्यक्रम घोषणा गरेको छ । सो पार्टीले हिरासतका नेता–कार्यकर्ता रिहाईको माग राख्दै सोमबारैदेखि देशभर विभिन्न कार्यक्रम गरेर चैत १८ गते नेपाल बन्द गर्ने घोषणा गरिसकेको छ ।
पार्टीका पोलिटब्युरो सदस्य एवम् नेवाः राज्य इन्चार्ज असारे काका तथा अर्का पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री पदम राई सहितका नेता–कार्यकर्ता भने हिरासतभित्रै सम्पूर्ण बन्दीहरुलाई आफ्नो पार्टीको विचार र पार्टीनीतिबारे ‘प्रशिक्षण’ दिन व्यस्त रहेको बताइएको छ ।
आइतबार असारे काकालगायतलाई भेट्न हनुमानढोका पुगेका रत्नराज्यलक्ष्मी क्याम्पसमा अध्ययनरत माओवादीसमर्थक एक विद्यार्थीले भने– ‘हामी गएर असारे काकालगायतलाई भेट्यौं र फलफूल दियौं । उहाँहरु त हिरासतभित्रै प्रशन्न मुद्रामा सक्रियतापूर्वक पार्टीकै काम पो गरिरहनुभएको रहेछ ।’
आफूहरुलाई भेटघाट गर्न र फलफूल तथा खानेकुरा दिन आउनेको ठूलै भीड रहेकाले त्यस्ता सामग्री धेरै ल्याउने ‘दुःख नगर्न’ असारे काकाले सम्झाएको ती विद्यार्थी नेताले बताए ।
उनीहरुको रिहाईको माग गर्दै नेकपा माओवादीले सोमबार देशैभरका सम्पूर्ण इलाका कमिटीहरु परिचालन गरेर इलाका–इलाका स्तरसम्म नै विरोध प्रदर्शनसहित ‘इलाकासभा’ गरिरहेको समाचार छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: