Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

भारत–चीन दुवै मित्रराष्ट्र हुन् : प्रचण्ड

एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत र चीन दुवै मित्रराष्ट्र हुन् भन्दै यी दुई देशलाई एकापसमा छुट्याएर बुझ्नु नहुने बताएका छन् । सोमबार चीन प्रस्थान गर्ने क्रममा एयरपोर्टमा सञ्चारकर्मीहरुसित संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् । यो भ्रमणमा कुनै सरकारी भेटघाट र कुराकानी नहुने उल्लेख गर्दै प्रचण्डले पार्टीगत भेटघाट र कुराकानी मात्र हुने स्पष्ट पारेका छन् । संविधान निर्माणमा रहेको गत्यावरोधबारेको एक प्रश्नमा अध्यक्ष प्रचण्डले भने– ‘सहमति नगरी सुखै छैन, नेपाली कांग्रेस र एमालेले अझै एक पटक गम्भीर भएर सोचून् ।\' ‘म चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा ४ दिनका लागि चीनको कुन्मिनमा जाँदै छु । त्यहाँ सामान्यतः २ पार्टीको सम्बन्धको बारेमा, दुई देशको सम्बन्धको बारेमा वर्तमान परिस्थितिको बारेमा छलफल हुने छ’, उनले पत्रकार सम्मेलनमा भने– ‘यसले दुई पार्टीको सम्बन्धलाई अझ विकसित गर्न र दुई देशको सम्बन्धलाई अझ विकसित गर्न, अहिलेको नेपालको संक्रमणकालको बारेमा एक–अर्काको धारणा बुझ्ने र यसलाई सफल पार्ने एउटा वातावरण बनाउन पनि सहयोग पुग्छ भन्ने अपेक्षा छ ।’ अध्यक्ष प्रचण्डले भने– ‘त्यही अपेक्षाका साथ म र महासचिव कमरेड चीन जाँदै छौं । नेपाली राजनीतिको गाँठो चीनमा गएर फुक्ने होइन, नेपालीले नै फुकाउनुपर्छ । तर पनि हाम्रा दुबै छिमेकीको सम्बन्ध, सहकार्य र समग्र शान्ति प्रक्रिया तथा संविधान निर्माण प्रक्रियामा सहयोग अपेक्षित छ र त्यो सहयोग जुटाउनु हाम्रै दायित्व हो । अन्ततः नेपालको संक्रमणकालको, नेपालको राजनीतिका गाँठाहरु फुकाउने नेपाली पार्टीहरुले नै हो; नेपाली जनताले नै हो । खालि हामी छिमेकीहरुको सद्भाव, उनीहरुबाट हुन सक्ने सहयोगबारे सबैलाई स्पष्ट पार्न चाहन्छौं र यो हाम्रो कर्तव्यभित्रै पर्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies