Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

साउदी जेलमा रहेका नेपाली बन्दीको रिहाइका गर्न साउदी राजदुतलाई उपराष्ट्रपति पुनको आग्रह

\"PMD_1006-750\"काठमाडौं, १२ भदौ ।उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि साउदी अरबका राजदूत अहम जसिन अल हमारले भेटघाट गरेका छन् । आज (आईतबार) कान्तिपथ बहादुरभवनस्थित उपराष्ट्रपतिको कार्यालयमा राजदूत हमारले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन । भेटमा उपराष्ट्रपतिले साउदी अरब नेपालको असल मित्र भएको बताए । उनले नेपाल –साउदीबीच सद्भाव र विस्वसमा आधारित सम्बन्त्र रहेको बताउँदै आगामी दिनमा सम्बन्धलाई थप सुधार गर्नुपर्ने बताए । साउदी नेपालको ठूलो श्रम गन्तव्य भएको बताउँदै उपराष्ट्रपतिले यसबाट दुई देशबीचको सम्बन्ध जनस्तरसम्म विस्तार भएको बताए । भेटमा उपराष्ट्रपतिले साउदी अरबको विभिन्न कारागारमा झण्डै चार सय ५० जना नेपालीहरु बन्दी भएको र उनीहरुको रिहाईका लागि साउदी राजदूतको ध्यानाकर्षण गराएका थिए । कतिपय नेपालीहरुले कैद भुक्तानी गरिसकेपछि पनि जरिवाना बुझाउन नसक्दा कारागारमै बसिरहनुपरेको बताउँदै उनीहरुलाई सहयोग गर्न आग्रहसमेत गरे । उनले साउदीमा सयौँ नेपालीहरु अलपत्र परेको उल्लेख गर्दै अलपत्र परेका नेपाली कामदारहरुको समस्या समाधानका लागिसमेत ध्यानाकर्षण गराए । भेटमा उपराष्ट्रपतिले नेपाली हजयात्रीहरुको संख्या बढाउन समेत अनुरोध गरे ।   साउदी अरबका राजदूतले साउदी–नेपाल सम्बन्ध धेरै पूरानो र घनिष्ट रहेको बताए । उनले दुई देशबीच सम्बन्ध सुधारमा जोड दिए । राजदूतले नेपालले जलविद्युत, सिंचाईलगायतको क्षेत्रमा परियोजना बनाए साउदी अरब साउदी फण्डबाट सहयोग गर्न तयार रहेको बताए । उनले साउदीका विभिन्न कारागारमा रहेका नेपालीहरुको समस्या समाधानका लागि आफूले सक्दो पहल गर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: