Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

कुन–कुन नेताले पाउँदैछन् के–कस्तो जिम्मा ?

काठमाडौं, पदाधिकारीसहितका केन्द्रीय नेताहरुको तत्काल कार्यविभाजन गरेर जिम्मेवारी तोक्ने महाधिवेशनको आदेश नेकपा (एमाले) ले अझै पूरा गर्न सकिरहेको छैन । महाधिवेशन सकिएको लामो समयपछि पदाधिकारीसहितका केन्द्रीय नेताहरुको जिम्मेवारी तोक्न भन्दै बसेको सोमबारको स्थायी समितिको बैठकले पनि यो काम पूरा गर्ने छाँट देखिएको छैन । आइतबार बसेको एमाले स्थायी कमिटी बैठकमा असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाल अनुपस्थित भएपछि बैठक बिनानिष्कर्ष टुङ्गीएको थियो । सोमबार बिहान एमाले मुख्यालय बसेको सचिवालय बैठकमा नेताहरुको जिम्मेवारी तोक्ने सहमति भएको छ । यसै विषयमा ठोस निर्णय लिन अध्यक्ष खड्गप्रसाद ओलीको निवास बालकोटमा जारी एमाले स्थायी कमिटी बैठकले पनि यो कार्यलाई पूर्णता दिनसक्ने सम्भावना कम रहेको स्रोतले बतायो । खबरडबलीलाई प्राप्त जानकारीअनुसार महाकाली अञ्चल हेर्ने जिम्मा गणेश ठगुन्ना वा विक्रम शाही, कर्णाली– गोरख बोगटी वा हंसराज राई, राप्ती– भावत विश्वास नेपाली वा श्याममान, भेरी– यामलाल कँडेल वा गौरा प्रसाईं, धौलागिरी– गणेश तिमल्सिना वा भुपेन्द्र थापामध्ये एकलाई तोक्नेगरी छलफल हुने भएको छ । त्यसैगरी गण्डकी– जगत विश्वकर्मा वा मायानाथ अधिकारी, लुम्बिनी– रामनाथ ढकाल वा वैद्यनाथ उपाध्याय, नारायणी– काशीनाथ अधिकारी वा केदार न्यौपाने, राजधानी भानु श्रेष्ठ वा जीवनराम श्रेष्ठ, बागमती– शेरबादुर तामाङ र जनकपुर– योगनारयण यादव वा लक्ष्मण पौडेलमध्ये एकलाई तोक्नेगरी छलफल सुरु भएको छ । त्यस्तै, सरगमाथा– रामप्रीत पासवान वा जगन्नाथ खतिवडा, कोसी– हिम्मत कार्की वा डम्बर सम्बाहाम्फे, सम्पर्क– भानुभक्त ढकाल वा विजय गुरुङ, प्रवास– विन्दा पाण्डे, प्रचार विभाग– योगेश भट्टराई, आर्थिक विभाग– विष्णु रिमाल, संगठन विभाग– पृथ्वीसुब्बा गुरुङ, सचिवालय– युवराज ज्ञवाली, पूर्वाञ्चल– युवराज ज्ञवाली, मध्यमाञ्चल– विद्या भण्डारी, पश्चिमाञ्चल– अष्टलक्ष्मी शाक्य, मध्यपश्चिम, सूदुरपश्चीमाञ्चल– भीम रावल, विद्यार्थी– रविन्द्र अधिकारी, युवा– यमलाल कँडेल हुनेगरी छलफल चलेको छ । स्रोतले दिएको जानकारीअनुसार कार्यक्षेत्र र जिम्मेवारी तोक्ने यो काम अझै केही समय पूरा हुने लक्षण देखापरेको छैन । युवासंघभित्रको विवाद युवाहको नभई पार्टीकै शीर्ष नेताहरुको उक्साहटमा भएको प्रायोजित झगडा बताइरहेका एमालेजनहरु जिम्मेवारी बाँडफाँटमा त्यसको सोझै असर पर्ने बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending