Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

कर्फ्यू लगाएर ल्याएको संविधान मान्दैनौं, पहिले संशोधन अनि मात्र कार्यान्वयन हुन्छ : हृदयेश त्रिपाठी

कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाबीच गत श्रावण १९ गते भएको ३ बुँदें लिखित सहमति अनुसार उनीहरुले सरकार गठनमा माओवादी अध्यक्ष तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा सघाए, र नयाँ सरकार बनेको आधा महिना भइसकेको छ । सरकारले संविधानको कार्यान्वयन र तीन तहको निर्वाचन गराउने प्रमुख कार्यभार बताए पनि मधेसी मोर्चाले संविधान संशोधन नभइ कार्यान्वयन हुनै नसक्ने भन्दै आएकाले अन्यौलता देखिएको छ । तमलोपा वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीसँग खबरडबलीका लागि लोकराज जैसीले गरेको संवादको सारसंक्षेप -  \"hrideyas_tripathi_dabali\"

कांग्रेस–माओवादीसँग भएको तीन बुँदे सहमतिको कार्यान्वयन पक्ष कहाँ पुग्यो ?

सहमतिको तेस्रो बुँदाको कार्यान्वयन हाम्रो पक्षबाट पूर्णरुपमा भइसकेको छ । दुई नम्बर बुँदाका केही कुराहरु कार्यान्वयन प्रक्रियामा अगाडि बढेका छन् । सहिदहरुको घोषणा, घाइतेहरुको उपचारको प्रकृया अघि बढेको छ, आन्दोलनको क्रममा भएको मानवअधिकार उलंघनका घटनाबारे अध्ययन गर्नका लागि समिति गठन गरी संयोजक नियुक्त गर्ने काम भइसकेको छ । त्यसैगरी आन्दोलनकारी शक्तिमाथि लगाइएको मुद्दाहरु अहिले रोकिएका छन्, र कसमाथि कस्तो प्रवृत्ति मुद्दा लागेका छन् भन्ने संकलन गरिदैछ भने हामीसँग भएको सबै भन्दा महत्वपूर्ण सहमति पहिलो बुँदामा रहेको छ । पहिलो बुँदामा सीमाङ्ककन, नागरीकता, राष्ट्रियसभाको बनावट, भाषा, न्याय प्रणाली लगायत विषयमा संविधान संशोधन गर्ने कुरा उल्लेख भएको छ, यी कामहरु अहिले अगाडि बढाइएको छैन ।

सहमति कार्यान्वयनकै क्रममा छ पनि भन्नुहुन्छ, तराईमा स्थानीय तह पुनःसंरचनाको काम रोक्न पनि लगाइएको छ, किन ?

हामीले दुई वटा कुरा स्पष्ट भन्नै पर्दछ, अहिलेको नारा भनेको संविधानको कार्यान्वयन होइन, संविधानलाई कसरी सर्बस्वीकार्य बनाउने भन्ने प्रयत्न हो । सर्बस्वीकार्य भएपछि मात्र कार्यान्वयनको कुरा आउँछ । अर्को कुरा अहिलेको संविधानले तीन तहको सरकारको कल्पना गरेको छ, तर सबै केन्द्रीकृत शासन प्रणालीमै छन् । संघीयताको उपहांस गरीएको छ,तर स्थानीय निकायलाई विकेन्द्रीकरणको सिद्धान्त अनुसार नै अघि बढाउन खोजिएको छ । जसरी पूर्ववर्ती सरकारले पुनःर्संरचना आयोग गठन गरेको छ र त्यसले जिल्ला तहलाई गाउँपालिका र नगरपालिका बनाउन सीमा सर्तहरु दिएको छ, यसले समग्र देशमै परकम्पन्न ल्याएको छ । मधेसमा पहिले त्यसको प्रतिकार भयो, त्यसैले मधेसको कुरा बढी जोडिन्छ, तर पुनर्संरचना आयोगले दिएको मापदण्डमा कतैपनि जनताले स्वीकारेको स्थिति छैन, यो सत्य हो । कतिपय जिल्ला सदरमुकाममा गोष्ठीसम्म गराउने आँट सरकारले गर्न सकेको छैन । हाम्रो भनाई के हो भने कुनै पनि निकाय निर्माण गर्दा त्यसको मूल्य, मान्यता, सिद्धान्त र नीति बन्नु पर्दछ । संसारमा जति पनि निकायहरु बनेका छन्, ती प्रशासनिक, आर्थिक वा राजनीतिक नै हुन । हामीले कस्तो बनाउन खोजेको हो ? हामी पहिले त्यसमा स्पष्ट हुनु पर्दछ । मलाई लाग्छ, हामीले बनाउन लागेको राजनीतिक इकाइ नै हो, किनकी जहाँ सरकार जोडिन्छ त्यहाँ राजनीतिक इकाइ नै बन्दछ । राजनीतिक इकाइ बनाउने कुरामा सबै राजनीतिक दलहरुको सल्लाह अनुसार आयोगको काम कार्य अघि बढाउनु पर्दथ्यो, त्यसो नभएका कारणले जनताले विरोध गर्नु जायज हो ।

मधेसको चित्त बुझाउन पुनर्संरचना आयोगले दिएको स्थानीय तहको संख्या बढाउनु पर्छ कि घटाउनु पर्दछ ? अथवा कति बनाउनु पर्ने हो ?

हामीले संख्या घटाउने वा बढाउने कुरा गरेका छैनौं, नेताहरुले ‘उल्टो मति उल्टै गति’ गरेर जनताले आजसम्म दुःख पाइरहेका छन् । त्यसको एउटा मापदण्ड निर्धारण गर्नु पर्दछ अनि त्यसको आधारमा स्थानीय तहको संख्या निर्धारण हुनुपर्दछ भन्ने हाम्रो माग हो । स्थानीय तहको संख्या तोकेर मापदण्ड बनाउने होइन, मापदण्ड बनाएर संख्या तोकिनु पर्दथ्यो, जुन अहिले उल्टो भएको हामीले ठानेका छौं । आयोगलाई सीमित काम गर्नका लागि दिइन्छ, संविधानले त्यही व्यवस्था गरेको छ तर आयोगले यतिबेला सर्वशक्तिमान ठानेको छ भने त्यो उसको भूल हो । तसर्थ स्थानीय तहको संख्या र सीमाना निर्धारण जस्ता विषयमा पहिले राजनीतिकरुपमा सहमति हुनुपर्दछ त्यसपछि कार्यान्वयन आयोगले गरोस् भन्ने हाम्रो भनाइ हो ।

सरकारले तीन तहको निर्वाचन गराउने आफ्नो मुख्य कार्यभार हो भनिरहेको छ, तर तपाईँहरुले स्थानीय तहको पुनर्संरचना नै हुन नदिएमा कसरी तोेकिएको मितिमा चुनाव होला त ? तपाईँहरु निर्वाचनको विपक्षमा हो ?

बाहिर आएको जस्तो तीन तहको निर्वाचन गर्ने कुरा गरिरहँदा ती तहहरु राजनीतिक रुपमा प्रष्ट भएका छन् कि छैनन् भन्ने बुझ्न जरुरी हुन्छ । पहिले सबै राजनीतिक दलहरुबीच स्थानीय तहको संरचना के कस्तो हुने भन्ने विषयमा सहमति हुन पर्दछ, अनि कति तह बनाउने र कहिले चुनाव गर्ने भन्ने कुरा आउँछ । पहिलो तह राष्ट्रियसभाकै विषयमा अहिले सदनमा विवाद आएको छ, दोस्रो तह भनिएको प्रदेश सिमांकनकै विषयमा ठूलो विवाद रहेको छ भने तेस्रो तह बनेकै छैन भने निर्वाचन भनेर कसरी हुन्छ ? पहिले तहको विषयमा सबै प्रष्ट भएपछि निर्वाचन त्यसको कार्यान्वयनको माध्यम बन्न सक्छ र सबै चुनावी मैदानमा जाने वातावरण बन्छ ।

त्यसो भए तोकिएको समयमा निर्वाचन गर्नुहँुदैन भन्ने तपाईहरुको अडान हो ?

\"hridayas_tripathi-400\"म यो विषयमा जवाफ दिन किन चाहिरहेको छैन भने, यी सबै फाल्तु कुरा हुन् भन्ने हामीलाई लागेको छ । मुल विषय भनेको पहिले तीन तहलाई नै राजनीतिकरुपमा प्रष्ट गर्नुपर्दछ भन्ने हो, त्यसपछि निर्वाचनको कुरा स्वतः हुन्छ । निर्वाचन आयोगले पनि केहि दिन पहिले भद्र भाषामा ९ वटा विषयमा दुविधा रहेको बताएको छ, संविधानमै दुविधा भएकोले निर्वाचन गराउन कठिनाई हुने भनेको छ । त्यसको अर्थ विभिन्न तहको निर्वाचन गराउनका लागि पनि संविधानको संशोधन प्रकृयाद्वारा नमिलेका कुराहरुलाई पहिले मिलाउनु जरुरी हुने भन्ने नै हो । यो सबै कुरा निर्वाचन आयोगले नै भनिरहेकोबेला ठूला पार्टीका नेताहरु किन गाईजात्रे गीतमा बाँसुरी बजाएर नाँचिराखेका छन ? मैले यो बुझ्न सकेको छैन । कांग्रेस, एमाले र माओवादीका केही नेताले नेपाली जनतालाई कति मुर्ख बनाउन खोजिराखेका छन् ? संरचनाहरु निर्माण भइसकेका छैनन्, त्यसले राजनीतिकरुपमा पूर्णता पाएकै छैन, पूर्णता नभइकन निर्वाचन सम्भव छैन, त्यो त सबैलाई थाहा भएको कुरा हो । टाउको दुखेकोबेला नाइटोमा औषधी लगाएर हुँदैन, अहिले भइरहेको प्रयत्न यस्तै प्रकारको हो । हामीले टाउको कै पहिले उपचार गर्नुपर्दछ भनिराखेका छौ, तर उहाँहरु नाइटोमै सुई खोच्ने काम गर्न खोज्दै हुनुहुन्छ, जुन गलत छ, त्यसरी कुनै कुराको समाधान हुँदैन ।

त्यसको अर्थ तपाईहरुले यो संविधान नमान्ने भन्न खोजेको त हो ?

सहमति जुटाउन भन्दा पनि उहाँहरुलाई त्यतिबेला एक थान संविधान देखाउन कै लागि हतार भएको थियो । संविधान जारी गर्नेबेला पनि उहाँहरुले संविधान सबैको स्वीकार्य होस्, र यसको कार्यान्वयनमा सहजता होस् भन्ने सोच्नु भएन । उहाँहरु संविधान निर्माणपछि आउने पावर बाँडफाँडको लागि संघर्ष गर्दै हुनुहुन्थ्यो । त्यतिबेला उहाँहरु कस्को राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री, मन्त्री, राजदूत र प्रधानन्याधीश कसकसलाई बनाउने भन्ने कुरामा लाग्नु भएको थियो, त्यसैले आज संविधानको कार्यान्वयन पक्ष ओझेलमा परेको हो । त्रुटीपूर्ण संविधान बनेकाले त्यहाँ उल्लेख भएका विषयहरु ओझेलमा परेका हुन्, यदि त्यसको कार्यान्वयन गर्ने नै हो भने पहिले त्रुटीलाई सर्बस्वीकार्य रुपमा सच्याउन हिम्मत गर्नै पर्दछ कुरा यहि हो । मधेसको मुद्दालाई एक छिन छोड्नुस्, यो संविधानलाई कार्यान्वयन गर्न अरु जनजाती, थारु, महिला र वर्ग, क्षेत्रका मात्रै ८८ ठाउँमा त्रुटी भएको देखिन्छ । तसर्थ संविधानको संशोधन नभइकन यो कार्यान्वयनमा कसरी जान सक्छ ? संशोधन नहुने हो भने २०४७ सालको संविधानकै हविगत हुन्छ यसको, यो सत्य हो । यो संविधान जारी भएको दिन यो देशका केहि भू–भागमा कफ्र्यू लागेको थियो, केही मानिसको हत्या पनि गरियो । केही ठाउँमा दीपावली मनाइयो भने केही ठाउँमा कालो दिनको संज्ञा दिने काम पनि भयो र संविधान जलाइयो । त्यसलाई पनि बिर्सनु हुँदैन । यो कटु सत्य हो, तसर्थ लाखौं जनताको विरोध र असहमतिबीच जबर्जस्त ल्याइएको संविधान कार्यान्वयन गर्ने हो भने, संशोधन एक मात्र विकल्प हो । अन्यथा म सम्भव देख्दिन ।

सहमति कार्यान्वयनको नाममा तपाईँहरुले सहिदकै अपमान हुने गरी लामो लिष्ट सरकारलाई दिनु भयो भनिन्छ, नि ?

हेर्नुस...(अलि आक्रामक हुँदै) केहि लालभुलक्कड र मुक्ति आन्दोलनलाई नै अपमान गर्नेहरुले यस्तो आलोचना गरेका हुन् । आन्दोलनकै क्रममा मृत्यु भएकाहरुलाई हामीले सहिद भनेका छौं । विभेदकारी संविधान भएको मुलुकमा बाँच्नु भन्दा राज्य आतंकबिरुद्ध लडेर बहादुरी कमाउनु उचित ठानेर बीर भएकाहरुलाई सहिद नभनेर के भन्ने ? टाउको र छातीमा निसाना बनाएर गोली हानी हत्या गरिएका व्यक्तिहरुको नाम सहिदको लिस्टमा राखिनु हुँदैन भनेर कुन परिभाषाले भनेको छ र ? हामीले ती हत्याराहरुलाई कारबाहीको माग पनि गरिरहेका छौं ।

तर तपाईँहरुले त विदेशी नागरीकलाई पनि नेपाली सहिद बनाउन लगाउनु भएछ, नि ? यो पनि उचित छ र ?

..(.रिसाउदैं).. २०६२÷०६३ को जनआन्दोलनमा मारिएका राजधानी टेलर्सको मालिकलाई नेपाल सरकारले सहिद घोषणा गरेको कुरा साथीहरुले बिर्सेछन् । अरु आन्दोलनमा मारिएका विदेशी नागरीक सहिद हुने, तर पछिल्लो मधेस आन्दोलनमा साहदत हुने मानिससहित नहुने कुरा कसरी स्वीकार्य हुन्छ ? यस्तो कुरा गर्ने नेता भनाउँदाहरुलाई अलिकति लाज लाग्नुपर्ने हो । २००७ सालको क्रान्तिमा मारिएका कुलदिप झा पनि विदेशी थिए, तर उनलाई सम्मानकासाथ सहिद घोषणा गरियो । त्यसो भए कुन कुन आन्दोलनमा विदेशी मर्दा सहिद हुने र कुन आन्दोलनमा सहिद नहुने भनेर उहाँहरुले भनिदिनु प¥यो । हामी त्यो कुरामा वहस गर्न चाहन्छौं । वास्तवमा आन्दोलनमा मारिएका भारतीय नागरीक नेपालमा आफ्नो मामा घरमा भेटघाटको लागि आएका थिए, उ कुनै आन्दोलन गर्न आएको पनि थिएन, तर पुलिसको अन्धो गोलीले टाउकोमा हान्यो, उसको मृत्यु भयो, हामीले सहिद घोषणा गर्न माग ग¥यौं, यो जायज छ ।

सरकारले मधेसका माग सम्बोधन गर्छ भन्नेमा विश्वस्त हुनुहुन्छ कि आशावादी ?

हामीले ओली सरकार भन्दा अहिले बनेको प्रचण्ड नेतृत्वको सरकारलाई बढि विश्वास गरेको कुरा सत्य हो, किनकी उहाँहरु हाम्रो मागको विषयमा अलि बढि जिम्मेवार देखिनुभएको छ । अहिलेको सरकार गठबन्धनले के बुझेको छ भने, जब सम्म विवाद रहित संविधान हामी बनाउन सक्दैनौ, तबसम्म यसको कार्यान्वयन हुन सक्दैन । सरकारमा सहभागी भएकै पार्टीहरुले त्यतिबेला आफूखुशी संविधान जारी गरेको भएपनि अहिले उहाँहरुको बुझाइ ठीक ठाउँमा आएको हामीले पाएका छौ । हामीहरु विश्वस्त भएका छैनौं तर उहाँहरुप्रति आशावादी पक्कै भएका छौ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies