Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

एक पूर्वजनसेनाको बकपत्र : लडेर के गुमाएँ? नलडेर के पाएँ?

नाम विष्णु परियार । पार्टीमा शक्ति भन्छन् । पछि आमाले नि विष्णु भनिनन् । शक्ति भन्छिन् । आमालाई विष्णुप्रति लगाव छैन । बाले न विष्णु भन्छन्, न शक्ति !  माइलो भन्छन् ।  घर कालिकोट पर्छ । ५ जना दाजुभाइ छन् । म माइलो । दिदीबहिनी तीन’टी । २०५६ सालमा स्कुल पढ्दापढ्दै नेकपा (माओवादी) मा लागें । सुरुमा गाउँस्तरमा सामान्य कार्यकर्ता भएर काम गरें । पछि सांस्कृतिक टिममा कलाकार भएर काम गर्दै जनमिलिसिया भएँ । भूमिगतकालको करिव २ वर्ष यसरी नै जनतासँगै बिताएँ । पार्टीले जनमुक्ति सेनामा पठायो । त्यतिबेला लड्नु र मर्नुको खास अर्थ थियो । ठ्याक्कै ख्याल छैन, मलाई लाग्छ–३० भन्दा बढी मोर्चाहरुमा लडाइँ लडें हुँला । तीनवटा मोर्चामा घाइते भएँ । पार्टीले नै उपचार गर्‍यो । उतिबेलाका केही गोली र बमका छर्राहरु अहिले पनि बाँकी छन् । टाउकोमा छर्रा छ । उतिबेला निकाल्न मिलेन, अहिले–कसले निकालिदिने ? हातमा चोट छ । पेटको अप्रेसन गरिएको छ । शरीर धुजाधुजाजस्तो भा’को छ । पार्टीले शान्ति प्रक्रियामा भाग लियो । पार्टीका उच्च तहका सबै नेताहरु काठमाडौं आए । म पनि जनमुक्ति सेनाको हेडक्वार्टरमा उदयबहादुर चलाउने ‘दिपक’ को स्टाफका रुपमा काम गर्दागर्दै एकीकृत नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डको अंगरक्षकका रुपमा काठमाडौं आइपुगें ।
लाग्छ– लड्नेहरु र मोर्चामा सहिद भएका सहयोद्धाहरुका आफन्तहरुले के भन्लान् ?
त्यतिबेला प्रचण्डको वरिपरी सारा दुनियाँ थियो झैं लाग्थ्यो । करिब अढाई वर्ष उनको अंगरक्षकका रुपमा काम गरिसकेपछि राज्यतर्फको सुरक्षामा मात्रै उनलाई राखिने भयो । हाम्रो सुरक्षाटोली फिर्ता भयो । चितवनको शक्तिखोरस्थित तीन नम्बर डिभिजनमा स्थानान्तरण भएर गएँ । म कम्पनी सहायककमान्डर थिएँ । एक मन भन्छ– लाऊँलाऊँ–खाऊँखाऊँ भन्ने बेलाको त्यो समय अनि भीषण लडाइँबाट फर्किएको नाफाको यो जिन्दगी । यो त नाफाको जीवन हो– जसरी बिताए पनि हुन्छ । तर, यो मन मान्दैन । लाग्छ– लड्नेहरु र मोर्चामा सहिद भएका सहयोद्धाहरुका आफन्तहरुले के भन्लान् ? १८–२० वर्षको त्यो समयमा समाज रुपान्तरणका लागि भनेर खर्चिएँ । जीवनको एउटा महत्वपूर्ण समय युद्ध र आन्दोलनमा बिताएँ । तर मैले के पाएँ ? प्रश्नको उत्तर त्यति सजिलै छजस्तो लाग्दैन । सँगैका साथीभाइहरु कति रोजीरोटीका लागि विदेशिए । कति युद्धमै लागे । युद्धमा लागेकामध्ये कतिले शहादत प्राप्त गरे । रहेका कति साथीहरु पनि विदेशिएका छन् । सोच्छु– यी चित्रहरु झैं आँखामा घुमिरहन्छन्, म बाँचुन्जेल । युद्धकालमा शाही नेपाली सेनाले घरमा गएर आमा र बहिनीलाई चरम यातना दियो । घरपरिवार, आफन्त, नातागोता– सबैलाई म माओवादी भएकै कारण बसिखान दिइएन । तर, पनि अधिकार प्राप्तिका लागि भनेर लागिसकेपछि यस्तो पीडाले झनै त्यो बाटोबाट अगाडि बढ्ने आक्रोश सिर्जना गर्यो । लाग्छ– त्यत्रो युद्ध लडियो । घरपरिवार र आम मानिसहरुको जीवन अझै पनि फेरिएको छैन । रोजीरोटीको आधार पनि गुमाइयो । जीवन पूरै आधि भएको छ । पढाइ पनि बिगारियो । टोलछिमेकका दाजुभाइ परदेश गए, घरजम गरे । तर, म ती सबै चिजहरुबाट पनि टाढिएँ । फेरि लाग्छ– आखिर के गुम्यो त मेरो ? के गुमाएँ ? पढ्थें कि पढ्दैनथें ? विदेशिन्थें कि यतै हल्लिन्थेंहुँला म ! भीरबाट चिप्लिएर यही आधा जीवन पनि बच्थ्यो कि बच्दैनथ्यो ? सोच्छु– केही गुमेको  छैन । मनमा कुरा खेल्छन् । विदेश हानियौं नलागेको पनि होइन । त्यो युद्धबाट शान्ति प्रक्रियामा आइयो । के प्राप्त गरें मैले त्यत्रो योगदान गरेवापत ? र, के प्राप्त गर्यो यो राज्यले मेरो त्यो योगदानबाट ? गम्भीर हुन्छु । बरु जति पाइयो, तिनै उपलब्धिहरु पनि संस्थागत हुन सकेनन् ।
वास्तवमा कसको ‘इन्टेन्सन’ के थियो, त्यो के थाहा ? के नेताले हामीलाई झुक्याएका थिए ? होइन लाग्छ । उनीहरु पनि झुक्किएजस्तो लाग्छ ।
जे आशा देखाएर त्यत्रो रक्तपातपूर्ण युद्धको बाटोमा होमिइयो, सबै झुटजस्ता भएका छन् । वास्तवमा कसको ‘इन्टेन्सन’ के थियो, त्यो के थाहा ? के नेताले हामीलाई झुक्याएका थिए ? होइन लाग्छ । उनीहरु पनि झुक्किएजस्तो लाग्छ । हामीलाई थाहा थियो त केवल जनताको अधिकार जनतालाई नै दिलाउने । गरिबको चुलोमा आगो बाल्ने । नाङ्गाहरुको शरीरमा लुगाको व्यवस्था गर्ने ।
हिजो लडेर मेरो के गयो ? आज नलडेर मेरो के आयो ? आखिर मैले जीवन लडेरै बिताउनु रै’छ ।
अहिले न ती कुनै मागहरु पूरा भएका छन्, न हामी ती माग पूरा गराउन लागेका जनमुक्ति सेनाहरु सम्मानजनक अवस्थामा बाँच्न सक्ने स्थितिमा छौं । नमिठो लाग्छ– अधिकारका लागि जसको नेतृत्वमा लडियो, त्यो नै संसदीय व्यवस्था र यथास्थितिमा फसेपछि त्यत्रो मेहनत र पसिनालाई त्यत्तिकै छाड्ने कुरा कसरी हुन सक्दछ ? लाग्दैछ– हिजो लडेर मेरो के गयो ? आज नलडेर मेरो के आयो ? आखिर मैले जीवन लडेरै बिताउनु रै’छ । बाँच्नकै लागि पनि लड्नैपर्ने । हिजो लडेवापत फेरि मुद्धा खेपेर मुद्धा लड्नुपर्ने । न उनै हिजोका गरिब–पीडकहरुसँग फेरि लडेर समाजमा बाँच्नुपर्ने । एक मनले लाग्छ– हामीलाई लडाउनेहरु त्यस्ता हुन् । अर्को मनले सोच्छु– उनले पनि लडेकै हुन्, अब सकेनन् होला । गणतन्त्र हामीले लडेरै आएको हो । परिवर्तन हाम्रो रगत खर्चेर प्राप्त भएको हो । एकाएक उनै परिवर्तनविरोधीहरु आज फेरि परिवर्तनका नायक झैं भए । हामी नायकहरु खलनायक झैं हुनुपर्ने ! यो दिन किन आयो ? उनी को हुन्, हामी परिवर्तनकामीमाथि हैकम जमाउने ? जो हिजो हाम्रा टाउकाका मोल तोक्थे, उनै आज हामीले लडेर ल्याएको गणतन्त्रमा राज गरिरहेका छन् । यो सहने कसरी ? मजस्तै लड्नेहरु उनै शासकहरुका अघि झुक्नुपर्ने ! झुकिन्न । किन झुक्ने ? बरु फेरि लडिन्छ । बाँच्नै लड्नुको ममाथिको परिभाषा हो भने मैले फेरि किन नलड्ने ? फेरि बन्दुक किन नबोक्ने ? मैले फेरि अर्को युद्धको घोषणा किन नगर्ने ? र, यतै बसेको छु– विदेशिन राहदानी बनाएको, म एउटा पूर्वजनसेना !   प्रस्तुतीः दिपेश शाही
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending