Khabar Dabali २३ पुष २०८२ बुधबार | 7th January, 2026 Wed
Investment bank

माओवादी सदस्य हुनुको मेरो जिम्मेवारी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेकोमा बधाइ नदिउँ भनेर उद्घोष गर्ने एक जना म पनि हुँ, अहिलेलाई शुुभकामना मात्र दिउँ, जब सरकारको कार्यकाल समाप्त हुन्छ, तब मात्र सरकारले गरेका असल र खराब कामको मुल्यांकन गरेर बधाई दिउँला । अहिलेलाई सबै कार्यकर्ता रचनात्मक प्रतिपक्ष बनेर उभिनुपर्ने समय हो, हामी भौतिकवादी, क्रान्तिकारी र साँचिकै परिवर्तनकामी शक्ति हौं भनेर प्रमाणित गर्ने अन्तिम अवसर हो यो । सरकारलाई गलत काम गर्ने छुट छँदैछैन । साना तिना टुक्रे मसिना काम र निर्णय गरिहाल्दैमा पनि उत्सव मनाउने, बढाइचढाइ गर्ने समय पनि होइन यो । हामी न त एमाले कार्यकर्ता जस्तो भजनमण्डली हौं न कुनै पार्टीद्वारा संचालित एनजीओका कारिन्दा हौ । हामी भनेका निस्वार्थ देश र जनताको सेवामा लागेका दस्ताको एउटा सदस्य हौं, एउटा गौरवशाली इतिहास बोकेका सिपाही हौं । हामी मुक्ति र मृत्युको बाटोमा लामबद्ध राता मान्छे हौं । यही यात्रा तय गर्नको लागि हजारौको त्याग र बलिदानीले देखाएको बाटोबाट बिचलित नहुने कसम खाएका समरका यात्री हौं । हामीले हजारौं सहयोद्धा गुमायौ होला, लाखौ पटक मृत्युसँग पौठेजोरी खेल्यौं होला तर पनि हामी ज्यान हत्केलामा राखेर आत्मसमर्पण नगरी आजको दिनसम्मको यात्रा तय गर्ने देशभक्त हौं । [caption id=\"attachment_88454\" align=\"alignleft\" width=\"194\"]\"जनक जनक बराल[/caption] आज देशमा जे उपलब्धी हासिल भएका छन्, थोरै नै सहि, जति उत्पीडित वर्गले अधिकार पाएको छ, देशमा जे जति परिवर्तन भएका छन्, ती सबै दस वर्षे जनयुद्ध र जनअन्दोलनको भरमा भएका हुन् र अन्ततः यो सबैको योजनाकार, संसार हल्लिने जनयुद्धको नेतृत्वकर्ता र आज देश जुन दिशामा अगाडि बढ्दै छ , त्यो सबै प्रचण्डको सफलता हो भन्ने कुरा सबैभन्दा पहिले पार्टी र कार्यकर्ता पंक्तिले बुझ्न जरुरी छ ।
ओली सरकारले ठूला सपना बाँडेर जनतामा ठूलै भ्रम सिर्जना गर्दै राष्ट्रवादी हुन सफल देखिएको छ भने प्रचण्डसँग बोल्नु भन्दा पनि गरेर देखाउनुको बिकल्प छैन ।
बिगतमा नेतृत्व तथा सम्पूर्ण पार्टी तथा कार्यकर्ताबाट पनि जान अन्जानमा धेरै गल्ती भएका छन् । सबैलाई जगजाहेर नै छ । युद्ध लड्न जस्तो सजिलो र छिटो शान्तिप्रकृयामा आइसकेपछि सामान्तहरु तथा संसदीय ब्यवस्थामा अभ्यस्त भइसकेका पुराना दलका अनेक चाल र तिकडमका बिरुद्ध लड्न सजिलो हँुदो रहेनछ । बिपक्षीका अनेक षड्यन्त्र र चाललाई छिचोल्दै अगाडि बढ््न निश्चय पनि सहज छैन, त्यो हामीलाई दुई वटा चुनावको अनुभवले सिकाइ सकेको छ । जनताका अपेक्षा धेरै छन्, शान्ति प्रकृयालाई टुङ्गोमा पुर्याउनेदेखि लिएर संविधान लागू गर्दै जनजीविकाका सवाललाई सम्बोधन गर्नुछ ।
यसपाली पनि केही उपलब्धीमुलक काम गर्न नसके हाम्रो पतन निश्चितप्रायः छ भने जनताका नजरमा अझै पनि एक पटक सच्चा कम्युनिष्ट भएको र नेपालको बिकास गर्ने शक्ति माओबादी मात्रै हो भन्ने प्रमाणित गर्ने अन्तिम अवसर पनि छ ।
देशमा दिगो शान्ति स्थापना गर्दै युद्धस्तरमा बिकास निर्माणलाई अगाडि बढाउनु छ, जनताका चाहना र समाएको माग यति धेरै छ कि जति गरे पनि कम नै हुन जान्छ । ओली सरकारले ठूला सपना बाँडेर जनतामा ठूलै भ्रम सिर्जना गर्दै राष्ट्रवादी हुन सफल देखिएको छ भने प्रचण्डसँग बोल्नु भन्दा पनि गरेर देखाउनुको बिकल्प छैन । समय कम छ, चुनौतिका पहाड हजार छन्, जनता र देशप्रतिको जिम्मेवारी एकातिर छ भने यसपाली पनि केही उपलब्धीमुलक काम गर्न नसके हाम्रो पतन निश्चितप्रायः छ भने जनताका नजरमा अझै पनि एक पटक सच्चा कम्युनिष्ट भएको र नेपालको बिकास गर्ने शक्ति माओबादी मात्रै हो भन्ने प्रमाणित गर्ने अन्तिम अवसर पनि छ । सम्पूर्ण पार्टी केन्द्रदेखि पार्टी सदस्यसम्म सबै फेरि एकपटक आफ्नै मनबाट शुुद्धिकरण हुन आवश्यक छ । सबैले आफ्नो ठाउँबाट आत्ममूल्याङ्कन र आत्माआलोचना गर्नु जरुरी छ किनकी कोही एक जनाको त्याग र बलिदानीले क्रान्ति आज यहाँसम्म आइपुगेको होइन । हजारौको बलिदानी कोहि कसैलाई लाभको पदमा पुर्याउँन, कसैलाई मन्त्री, प्रधानमन्त्री बनाउनका लागि पनि गरिएको होइन । अबको केही समय हामी सच्चा क्रान्तिकारी फेरि आफैप्रति निर्मम हुन आवश्यक छ । आफ्ना ब्यक्तिगत स्वार्थ कता पुग्लान्, म के बन्छु, मैले के पाउँछु भन्दा पनि सहिदले देखाएको बाटोमा हामी हिड्न सक्छौ कि सक्दैनौं, क्रान्तिका बाँकी कार्यभार हामी पूरा गर्न सक्छौ कि सक्दैनौं त्यतातिर फेरि एकपटक सबै होमिनु जरुरी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending